गज्जबको हुन्डाइ भेन्यू

  • बुधबार, १८ भदौ २०७६ गते मा प्रकाशित
गज्जबको हुन्डाइ भेन्यू

काठमाडौं : हुन्डाइ अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाइको भेन्यू नेपाली बजारमा उपलब्ध गराएको छ। नेपाली बजारमा बलियो उपस्थिति जनाउने विश्वासका साथ कम्पनीले विभिन्न ३ वटा इन्जिन अप्सनमा भेन्यू भित्र्याएको हो।

क्षमता

विभिन्न मोडलमध्ये १.२ पेट्रोल इन्जिजिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजीमा उपलब्ध छ। जसको पावर ८.३ पीएस र ६००० आरपीएम पावर छ ।

त्यस्तै, १.४ लिटर डिजल इन्जिन यू २ सीआरडीआईको पावर ९० पीएस र ४००० आरपीएम छ। त्यस्तै १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजीको पावर भने १२० पीएस र ६००० आरपीएममा उपलब्ध छ ।

बत्तीको आकर्षण

बजारमा उपलब्ध अरू गाडीको तुलनामा हुन्डाई भेन्यूले बजारमा आफ्नो दह्रो उपस्थिति जनाउने निश्चित छ। हुन्डाइ भेन्यू स्मार्ट इलेक्ट्रिक सन रुफ, आकर्षक व्रोमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेलले सू-सज्जित छ। यसको आर१६ डायमण्ड कट एलोइ पांग्रा तथा हिल एसिष्ट कन्ट्रोलले नौलौ र उत्साहजनक सवारी अनुभव दिनेछ।

भेन्यूमा बत्तीहरूको जडान पनि अत्यान्तै सुन्दर तथा आधुनिक तरिकाले गरिएको छ। जसअन्तर्गत कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइट तथा व्रिष्टल इफेकटसहितको लेड लाइट विशेष छन्।

नवीनतम विशेषताहरू

उत्कृष्ट यात्राको अनुभव गराउन हुन्डाई भेन्यूमा नवीनतम विशेषताहरू रहेका छन्। जस्तै : रियोस्टयाटसहितको एड्भान्स सुपरभिजन क्लसटर, ड्राईभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल।

हुन्डाई भेन्यू एउटा सुरक्षित यात्राको सहयात्री पनि हुन सक्छ। भेन्यूका थप विशेषताहरूमा वाइरलेस फोन चार्जर, व्रुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एचडी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर एसि भेन्ट रहेको छ। हुन्डाई भेन्यूले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान कायम गरी सफलतापूर्वक ग्राहकको मन जित्नेमा कम्पनी विश्वस्त रहेको छ।

सुरक्षा

हुन्डाइले गम्भीरताका साथ यात्रुको सुरक्षा फिचरका बारेमा सोचेको छ। सुरक्षित र सान्दार यात्राका लागि विश्वस्त पार्दै तनावमुक्त यात्राका लागि  भेन्यू उत्कृष्ट ठहरिने कम्पनीको दाबी छ।

कम्पनीले सम्भावित दुर्घटनाको क्षति र जोखिम कम गर्नका लागि भेन्यूमा ६ वटा एयर ब्याग समावेश गरेको छ। अकस्मात ब्रेक मार्दा हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै भन्यूमा भ्याहिकल स्टाबिलिटी म्यानेम्यान्ट सिस्टम प्रयोग गरिएको छ।

त्यस्तै उकालोमा गाडी चिप्लिएर पछाडि नजाओस भनेर हिल स्टार्ट असिस्टेन्ट कन्टोल (एचएसी) सिस्टम पनि समावेश छ। यो प्रविधिले पहाडी क्षेत्रमा गाडी चलाउँदा चिप्लिने र पछाडि सर्किने खतराबाट मुक्त गराउँदै सुरक्षित तरिकाले भ्यूनको यात्रा अनुभव लिन सकिन्छ।

कति छ मूल्य ?

भेन्यूको नयाँ मोडलका लागि कम्पनीले नेपाली बजारका लागि ३४ लाख ९६ हजार रुपैयाँदेखि ५६ लाख ९६ हजार रुपैयाँसम्म मूल्य तोकेको छ। साथै कम्पनीले दशैंको अवसरमा १ लाख ३० हजार रुपैयाँसम्मको छुट दिनेसमेत बताएको छ। साथै अन्य आकर्षक उपहारको समेत व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ।

फेस्टिभ डिलाइट

हुन्डाइ फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको हो। दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित उक्त योजना ल्याइएको हो। उक्त योजना भदौ २ गतेदेखि कार्त्तिक १६ गतेसम्म लागू हुनेछ।

यस योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुट र १ वर्ष निःशुल्क बीमा पाउनेछन्। साथै स्क्रयाच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट, लक्‍की ड्रमार्फत १० जोडीलाई ४ रात ५ दिनको दुबई भ्रमण तथा बम्पर उपहारको व्यवस्था गरेको छ।

बम्पर उपहारअन्तर्गत लक्‍की ड्रमार्फत हुन्डाइ स्यान्ट्रो एक थान र हुन्डाइ भेन्यु एक थान जित्न सक्नेछन्। उक्त योजनाअन्तर्गत सबै हुन्डाइ गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्री सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी उपलब्ध छन्।

करोडौं ग्राहकको मन जित्न सफल

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १३ शोरुमहरू तथा १७ सर्भिस सेन्टरहरूमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। हुण्डाइ मोटर कम्पनी विश्वकै ५ ठूला अटोमाबाइल उत्पादक मध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरि करोडौँ ग्राहकको मन तथा विश्वास जित्न सफल भएको दावी कम्पनीको  छ।