सुजुकीका स्मार्ट हाइब्रिड कार नेपाली बजारमा

  • शुक्रबार, ०६ भदौ २०७६ गते मा प्रकाशित
सुजुकीका स्मार्ट हाइब्रिड कार नेपाली बजारमा

पछिल्लो समय उपभोक्ताको ध्यान वातावरणमैत्री कारतर्फ जान थालेको छ । उपभोक्ताले वातावरणमैत्रीका साथै विकसित प्रविधियुक्त सवारी साधन खरिद गर्ने इच्छा देखाइरहेका छन् । वातावरणमैत्री अत्याधुनिक प्रविधिको कार खोजिरहेका यस्ता उपभोक्ताका लागि उपयुक्त छनोट नयाँ प्रविधि ‘स्मार्ट हाइब्रिड टेक्नोलोजी’ हुन सक्छ ।

स्मार्ट आइब्रिड एउटा अत्याधुनिक प्रविधि हो, जसमा मिड आइब्रिड टेक्नोलोजीसँग आइएसजी (इन्टरग्रेटेड स्मार्ट जेनेरेटर) मार्फत जोडिएर अन्याधुनिक दोहोर ब्याट्री प्रविधिमा काम गर्छ । उच्च क्षमतायुक्त ब्याट्रीमा प्रत्येक पटक ब्रेक लगाउँदा ऊर्जा संकलन गरिन्छ । जुन ऊर्जाले कार रोक्दा र स्टार्ट गर्दा इन्जिनको कार्य क्षमता बढाउँछ भने कमभन्दा कम प्रदूषण उत्सर्जन गर्छ । यसले इन्धन मात्रै ‘सेभ’ गर्दैन इन्जिनलाई उच्च क्षमतामा काम गर्नका लागि उपयुक्त वातावरण सिर्जना गर्दछ ।

यस्तै प्रविधि जडान भएको सुजुकीका कारका नयाँ नेपालमा भित्रिएका छन् । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता सिजी मोटकपले यी कार नेपाली बजारमा भित्र्याएको हो । नेपालमा पनि कमभन्दा कम वातावरण प्रदूषणमा उच्च सुविधायुक्त कारहरू प्रयोग गर्न सकियोस भन्ने उद्देश्यसाथ यी कारहरू भित्र्याएको कम्पनीले जनाएको छ ।

कम्पनीले यो प्रविधि जडान गरिएका तीन भेरियन्टका कार नेपाल भित्र्याएको छ । कम्पनीले सुजुकीका वातावरणमैत्री उच्च प्रविधियक्त इर्टिगा, सियाज र एसक्रस कार नेपालका उपभोक्तालाई उपलब्ध गराएको हो । कम इन्धन खपत गरेर चल्ने यी कारबाट ध्वनि र वायुप्रदूषण कम गर्न सहयोग पुग्ने कम्पनीले अपेक्षा लिएको छ ।

वास्तवमै स्मार्ट

यसको सबैभन्दा राम्रो पक्ष भनेको गाडीको इन्जिन क्षणिक रूपममा बन्द हुँदा पनि एयर कन्डिसन चल्नुका साथै अन्य लक्जरियस सिस्टमहरू पनि यथावतरूपमा सञ्जालित हुनु हो । यस्तो सम्भव डुअल ब्याट्री सिस्टमका माध्यमबाट सम्भव भएको हो । स्मार्ट हाइब्रिड सिस्टमले मिलिसेकन्डमा काम गर्छ ।

नेपालमा प्रायः जाममा परिरहने समस्या भोग्दै आएका उपभोक्ताका लागि झन्झटिलो काम हुन्छ, कार बन्द गर्ने र स्टार्ट गर्ने । यो गर्दा इन्धन पनि बढी खपत हुने गर्दछ । यस्तो अवस्थामा स्मार्ट हाइब्रिड कार उपयुक्त विकल्प हुनसक्छ ।

सामान्य क्लज प्रेस गर्दा आइएसजीका माध्यमबाट गाडी अन्यन्तै छिटो र प्रभावकारी ढंगबाट स्टार्ट हुन्छ । यसले इन्धनलाई पनि बचाउन मद्दत गर्छ । यसले इन्धन कम खपत गरेर पैसा बचाउने मात्र नभई प्रदूषण कम गराई भूमण्डलीय उष्मीकरण (ग्लोबल वार्मिङ) हुनबाट बचाउँछ ।

के हो स्मार्ट हाइब्रिड?

इन्टरग्रेटेड स्मार्ट जनेरेटर (आइएसजी)ले परम्परागतभन्दा फरक तरिकाले ऊर्जा संकलन गरी स्मार्ट तरिकाले कारलाई छिटो र प्रभाकारी ढंगबाट स्टार्ट गरी ईन्जिनमा शक्ति प्रदान गर्न मद्दत गर्छ । यो प्रविधिमा प्रत्येक पटक ब्रेक प्रेस गर्दा अटोम्याटिक ब्याट्री जार्ज गर्छ । जसले गर्दा ब्याट्री चार्जका लागि अतिरिक्त पावरको आवश्यकता पर्दैन ।

ब्याट्री सेटअप

स्मार्ट हाइब्रिड टेक्नोलोजी फरक किसिमको प्रविधि हो । यो प्रविधिमा दुईवटा ब्याट्री प्रयोग गरेर इन्जिनलाई क्षमतालाई बढाइन्छ। लिड एसिड ब्याट्री र लिथियम इओन ब्याट्री प्रयोग गरिएको हुन्छ, जसले इन्जिनको क्षमतालाई स्मार्ट हाइब्रिड टेक्नोलोजीमा बढाइदिन्छ ।

मुख्य विशेषता

आइएसजीको मोटर फङसनमार्फत कार चलिरहेकै अवस्थामा डुअल ब्याट्री सिस्टममा ऊर्जा संकलन गर्दछ । यसको ब्याट्री कहाँ चार्ज गर्ने भन्ने चिन्ता हुँदैन । डुअल ब्याट्री सिस्टममा जम्माको ऊर्जालाई इन्जिनको क्षमता बढाउनका लागि प्रयोग गरिन्छ ।

 

यो सिस्टमले इन्जिनमा हुने अनावश्यक दबाबलाई पनि उत्कृष्ट रिजल्ट दिन सघाउँछ । साथै यसले बढी पिकअपका बेला इन्धनलाई कम खपत गरी प्रभावकारी ढंगबाट गाडी स्टार्ट र प्रदूषणलाई कम गर्न मद्दत गर्छ।

स्वचालित स्टार्ट/स्टप

स्मार्ट हाइब्रिड प्रविधि जडान भएको कार स्वाचालित रूपमा स्टार्ट र स्टप हुन्छ । ट्राफिक जाममा परेको बेला गाडी बारबार बन्द गर्ने र स्टार्ट गर्दा इन्धनको खपत पनि बढी हुने समस्या हुन्छ । तर, यो प्रविधिले यो झन्झटबाट मुक्ति दिएको छ । अटोमेटिक बन्द भएको कारलाई विस्तारै कल्ज थिच्दा तुरुन्तै स्टार्ट हुन्छ ।

कार पुनः रिस्टार्ट हुनका लागि डुअल ब्याट्री सिस्टममा जम्मा भएको ऊर्जालाई प्रयोग गर्छ । यो सिस्टमले कम इन्धन खपत गरी कार चलाउन मात्रै नभइ आवाज कम गराउन र गाडी रोकिएका बेला स्टार्ट बन्द गराएर इन्धन बचत गराउन मद्दत गर्छ ।

ऊर्जा पुनः उत्पन्न

आइएसजी जडित कारमा दुईवटा ब्याट्री सेट जडान गरिएको हुन्छ । यद्यपि ती ब्याट्री कहाँ चार्ज गर्ने भन्ने चिन्ता कति पनि लिनु पर्दैन । किनभने प्रत्येक पटक थिचिने ब्रेकले ब्याट्री चार्ज गर्न मद्दत गर्छ र त्यहाँ पुनः ऊर्जा उत्पन्न भएर ब्याट्री चार्ज हुन्छ । पुनः उत्पन्न गरिएको ऊर्जाले कारको इन्जिन स्टार्ट गर्न, अतिरिक्त सिस्टमहरूलाई सञ्चालित गरिहन र इन्जिनको क्षमता बढाइ गतिलाई तीव्रता प्रदान गर्न सहयोग गर्छ ।

स्मार्ट हाइब्रिड टेक्टोलोजीका फाइदा

हाइब्रिड प्रविधि कारले बढी पिकअप लिँदा खपत हुने इन्धनलाई कम गर्छ । जसले गर्दा लामो समयसम्म थोरै इन्धनबाट सवारी साधन सञ्चालन गर्न सकिन्छ । यसबाट इन्धनमा खर्च हुने रकममा पनि कमी आउँछ । साथै धेरै धुँवा र आवाज निस्किने समस्या पनि हट्छ । जसका कारण सुविधायुक्त यात्राको अनुभव गर्न सकिन्छ ।

एसएचभीएसमा उपलब्ध मोडल

Ciaz- starting at 3599000.00

Ertiga- starting at 3749000.00

Scross- starting at 4299000.oo

Ertiga and S-Cross