सुजुकी एस्प्रेस्सो : यस्ता छन् विशेषता (भिडियोसहित)

  • बुधबार, २५ मङि्सर २०७६ गते मा प्रकाशित
सुजुकी एस्प्रेस्सो : यस्ता छन् विशेषता (भिडियोसहित)

काठमाडौँ । १० भन्दा बढी सुरक्षा फिचरसाथ सार्वजनिक गरेको मारुती सुजुकी एस–प्रेस्सो सार्वजनिक गरेको छ । यसको डिजाइन निकै बोल्ड र आकर्षक लुक्स छ । यसलाई अपराइड ए–पिलर र ब्याक डोर डिजाइनले एसयुभी स्वरूपलाई पूर्ण बनाएको छ । 

विशेषतः युवा लक्षित  एस–प्रेस्सोको अगाडि अंकित ब्राण्ड लोगो निकै मनमोहक लाग्छ । यसमा प्रयोग गरिएको अर्पेचर हेडल्याम्प र ग्रील ग्राफिक्सले कारलाई बोल्डनेस प्रदान गर्दछ । यसको सि–सिग्नेचर टेल ल्याम्पलाई थोरै माथि सारेर केही फरक लुक्स दिने प्रयास गरिएको छ । यसलाई सडकको अवस्थाका बारेमा सजिलै थाहा पाउन सकिने बनाइएको छ । साथै मोर्डन ग्लास र बडीको अनुपातलाई सावधानीपूर्वक डिजाइन गरिएको छ । जसले यसलाई अन्य प्रतिस्पर्धी मोडलभन्दा बिल्कुलै फरक देखाउँछ । सुजुकीले एस–प्रेस्सोमा बेस्ट इन क्लास फिचर पनि समावेश गरेको छ । सुजुकी एस्प्रेस्साको आधिकारिक बिक्रेता सिजी मोटोकर्पका सेल्स मेनेजर प्रभात रायमाझी भन्छन् –‘अल्टो वा सो भन्दा माथिको खोज्नेका लागि यो बेस्ट टेस्ट दिनका लागि सुजुकीले मिनी एसयुबी लन्च गरेको हो । नेपालजस्तो मुलुक र बाटोका लागि यो बेस्ट प्रोडक्ट हो ।’ 



उनका अनुसार सुजुकीले १००० सिसीको गाडी चढौँ भन्ने सोच राख्ने र २० देखि २५ लाख बजेट भएका प्रयोगकर्ताका लागि यो उपर्युक्त माध्यम हो । ‘मिड सेगमेन्टका कस्टुमर जो कम्प्याक्ट कार धेरै हेरिरहनुभएको छ भने उहाँहरुका लागि यो उपर्युक्त हुन्छ ।’ एस–प्रेसोमा १४ इन्चकोटायर दिएको छ । टायरमा जडित ह्विल आर्कले गाडीलाई आकर्षक बनाउन थप साथ दिएको छ । साथै गाडीमा १ सय ८० एमएमको उच्च ग्राउण्ड क्लेरेन्स दिएको छ । नेपाल जस्तो खाल्डाखुल्डी भएका सडक तथा कच्ची सडकमा उपयुक्त ग्राउन्ड क्लेरेन्स भएको रायमाझीले जानकारी दिए । उनका अनुसार सुजुकी एस–प्रेस्सोको इन्टेरियर डिजाइन युनिक र एक्साइटिङ छ । ड्यास बोडको केन्द्र भागमा डाइनामिक कन्सोल रहेकाले यो टफ स्पोर्ट वाचबाट प्रभावित छ । उनी भन्छन् –‘यसमा एमाइडी डिस्प्ले दिइएको जसमा डिजिटल स्पिडोमिटर, फ्यूलको अवस्थालगायत देख्न सकिन्छ । यो सबै स्टेयरिङको लेफ्ट साइडमा रहेको छ । यसको बाहिरी गोलाकार भागलाई फरक कलर दिइएको छ ।’

उनी भन्छन् –‘गज्जबको कुरा त के भने, यसको टच रेस्पोन्स सान्दार छ, भिजिबिलिटी क्लियर छ र ग्राफिक्स पनि निकै सुन्दर छ । यो एन्ड्रोइड अटो, एप्पल कार प्ले वा अन्य प्ले स्टुडियो सपोर्ट छ ।’
 
त्यसो त कारको अगाडि र पछाडि युटिलिटी स्पेस रहेको छ । अगाडि ओपन ट्रे, कप होल्डर डोर कन्सोल पकेट रहेका छन् । जसमा पानीका बोतल राख्न सकिन्छ । स्टेयरिङको पनि डिजाइन राम्रो छ । उनी भन्छन् –‘यो कार सेग्मेन्टमै पहिलोपटक स्टेयरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोलको सुविधा दिइएको छ । इन्फोटेन्टमेन्टका च्यानल परिवर्तन भ्वाइस कमाण्ड गर्ने र फोन उठाउने सुविधा यहीँबाट दिइएको छ ।’ यसमा ड्राइभर साइट एयरब्याग, एबिएस प्लस एबिडी, ब्याक सेन्सर जडान गरिएको छ । यसै पनि यो एस–प्रेस्सो सुजुकी हार्टटेक प्लेटफर्मको पाँचौँ पुस्ताको गाडी हो । यो गाडी भारतको पछिल्लो सुरक्षा मापदण्डअनुसार तयार पारिएको हो । ड्राइभर सिट बेल्ट रिमाइन्डर रियर पार्किङ असिस्टेन्ट सिस्टमलगायत सुरक्षा फिचर जडान गरिएको छ ।

बजारमा प्रमाणित र स्थापित १ लिटरको बिएस ६ मापदण्डमा आधारित एल्टो के–१० को इन्जिन यसमा रहेको छ । यसले ६७ बिएचपीमा ५ हजार पाँच सय आरपिएम र ९० एनएमको ब्रिक टर्बो ३५०० आरपिम इनर्जी प्रदान गर्दछ । यो इन्जिनमा एएमटी अप्सनका साथमा ५ स्पिड गेयर बक्स जडान गरिएको छ । यसले पफर्मेन्समा कुनै सम्झौता नगरी अद्वितीय र आरामदायी यात्राको अनुभव गराउँछ । यसबाट सहजै ट्रपिल डिजिटमा दिनभर गाडी चलाउन सकिन्छ । रायमाझी भन्छन् – ‘पछाडि बस्नेलाई पनि निकै आनन्द लाग्छ । ’

सुुजुकी एस्प्रेस्सोका चार भेरियन्टका कार नेपाली बजारमा भित्रिएका छन् जसको मूल्य भेरियन्टअनुसार फरक पर्छ । स्ट्यान्डर्ड, एलएक्सआई, भिएएक्सआई, भिएक्सआई प्लस गरी चार भेरियन्टमा गाडी उपलब्ध छन् । सोलिड सिजल ओरेन्ज, पर्ल स्टेरी ब्लु, सुपेरियर ह्वाइट, सोलिङ फायर रेड, मेटालिक ग्रेनाइट ग्रे, मेटालिक सिल्क सिल्भर कलरमा यी गाडी उपलब्ध छन् । एस्प्रेस्सोका मुख्य विशेषता निम्नानुसार छ:


टायर

एस–प्रेसोमा १४ इन्चकोटायर दिएको छ । टायरमा जडित ह्विल आर्कले गाडीलाई आकर्षक बनाउन थप साथ दिएको छ । साथै गाडीमा १ सय ८० एमएमको उच्च ग्राउण्ड क्लेरेन्स दिएको छ । नेपाल जस्तो खाल्डाखुल्डी भएका सडक तथा कच्ची सडकमा उपयुक्त ग्राउन्ड क्लेरेन्स हो ।


इन्टरियर डिजाइन

सुजुकी एस–प्रेस्सोको इन्टेरियर डिजाइन युनिक र एक्साइटिङ देखिन्छ । ड्यास बोडको केन्द्र भागमा डाइनामिक कन्सोल रहेको छ, जुन टफ स्पोर्ट वाचबाट प्रभावित देखिन्छ । यसमा एमाइडी डिस्प्ले दिइएको जसमा डिजिटल स्पिडोमिटर, फ्यूलको अवस्थालगायत देख्न सकिन्छ । यो सबै स्टेयरिङको लेफ्ट साइडमा रहेको छ । यसको बाहिरी गोलाकार भागलाई फरक कलर दिइएको छ । जुन स्पोर्ट वाचबाट प्रभावित भएको देखिन्छ ।

यसभन्दा केही तल इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । जहाँ स्मुथ टच स्क्रिन रहेको छ । यसको अझ गज्जबको कुरा त के भने, यसको टच रेस्पोन्स सान्दार छ, भिजिबिलिटी क्लियर छ र ग्राफिक्स पनि निकै सुन्दर छ । यो एन्ड्रोइड अटो, एप्पल कार प्ले वा अन्य प्ले स्टुडियो सपोर्ट छ ।
 
यसको ठीक छेउमा ड्राइभर साइड ग्लास एक्जेस्ट गर्न बटन छ भने यसको ठीक तल एसी कन्ट्रोल दिएको छ । यसबाट म्यानुयल एसी कन्ट्रोल गर्न सकिन्छ । साथै यसमा पावरफूल एसी जडान गरिएको छ ।

कारको अगाडि र पछाडि युटिलिटी स्पेस रहेको छ । अगाडि ओपन ट्रे, कप होल्डर डोर कन्सोल पकेट रहेका छन् । जसमा पानीका बोतल राख्न सकिन्छ । 

स्टेयरिङको कुरा गर्दा यसको डिजाइन पनि राम्रो छ । यो कार सेग्मेन्टमै पहिलोपटक स्टेयरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोलको सुविधा दिइएको छ । इन्फोटेन्टमेन्टका च्यानल परिवर्तन भ्वाइस कमाण्ड गर्ने र फोन उठाउने सुविधा यहीँबाट दिइएको छ ।

सुजुकी एस–प्रेस्सोमा एउटा इन्ट्री लेबलको कारका लागि उपयुक्त सिटिङ लेआउट छ । सिट केही उच्चा छन् र पर्याप्त लेगरुम रहेको छ । सिट निकै आरामदाय छन् । गजबको उचाइ भएका कार भएकाले यसको हेड रुम पनि पर्याप्त नै छ ।


बुट स्पेस 

यसमा २७० लिटरको बुट स्पेस छ । एउटा सानो कारका लागि २७० लिटर बुटस्पेस धेरै हो । तीन चारवटा ब्याग सजिलै अटाउन सक्छ ।


सुरक्षा फिचर

मारुती सुजुकी एस–प्रेस्सोको सुरक्षा फिचरको कुरा गर्दा यसमा ड्राइभर साइट एयरब्याग, एबिएस प्लस एबिडी, ब्याक सेन्सर जडान गरिएको छ । यसै पनि यो एस–प्रेस्सो सुजुकी हार्टटेक प्लेटफर्मको पाँचौँ पुस्ताको गाडी हो । यो गाडी भारतको पछिल्लो सुरक्षा मापदण्डअनुसार तयार पारिएको हो । ड्राइभर सिट बेल्ट रिमाइन्डर रियर पार्किङ असिस्टेन्ट सिस्टमलगायत सुरक्षा फिचर जडान गरिएको छ ।


इन्जिन

इन्जिनको कुरा गर्दा यो एस–प्रेस्सोमा बजारमा प्रमाणित र स्थापित १ लिटरको बिएस ६ मापदण्डमा आधारित एल्टो के–१० को इन्जिन रहेको छ । यसले ६७ बिएचपीमा ५ हजार पाँच सय आरपिएम र ९० एनएमको ब्रिक टर्बो ३५०० आरपिम इनर्जी प्रदान गर्दछ । यो इन्जिनमा एएमटी अप्सनका साथमा ५ स्पिड गेयर बक्स जडान गरिएको छ । यसले पफर्मेन्समा कुनै सम्झौता नगरी अद्वितीय र आरामदायी यात्राको अनुभव गराउँछ । यसबाट सहजै ट्रपिल डिजिटमा दिनभर गाडी चलाउन सकिन्छ ।


भेरियन्टअनुसार मूल्य

यसका विभिन्न चार भेरियन्टका कार नेपाली बजारमा भित्रिएका छन् जसको मूल्य भेरियन्टअनुसार फरक पर्न जान्छ । स्ट्यान्डर्ड, एलएक्सआई, भिएएक्सआई, भिएक्सआई प्लस गरी चार भेरियन्टमा यो गाडी नेपाली बजारमा सिजी मोटोकर्पले भित्र्याएको छ । सोलिड सिजल ओरेन्ज, पर्ल स्टेरी ब्लु, सुपेरियर ह्वाइट, सोलिङ फायर रेड, मेटालिक ग्रेनाइट ग्रे, मेटालिक सिल्क सिल्भर कलरमा यी गाडी उपलब्ध छन् ।

एस्प्रेस्सोको टेस्ट ड्राइभ गर्नका लागि सुजुकी मोटोकर्पको नम्बर ९८०१२००७४० वा नजिकको सुजुकी मोटोकर्पका आधिकारिक बिक्रेताकहाँ सम्पर्क गर्न सकिन्छ ।