समाचार मनोरञ्जन कला साहित्य

रेकर्ड भएको ३५ बर्षपछि आयो नारायण गोपालको गीत ‘केही मीठो बात गर’ को भिडियो 

रेकर्ड भएको ३५ बर्षपछि आयो नारायण गोपालको गीत ‘केही मीठो बात गर’ को भिडियो 

स्वरसम्राट नारायण गोपाल कालजयी गीत ‘केही मिठो बात गर’ को म्युजिक भिडियो तयार भएको छ। गीतकार कालीप्रसाद रिजालको शब्द तथा नारायण गोपाल गुरुवाचार्यको स्वर र संगीत रहेको यो गीत रेकर्ड भएको ३५ वर्षपछि भिडियो तयार भएको हो।

बिहिवार जमलस्थित एउटा सिनेमा हलमा भिडियो सार्वजनिक गरिएको छ । यो गीत ०४५ सालमा म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको थियो। नारायणगोपाल संगीत कोषसँगको सहकार्यमा म्युजिक नेपालले भिडियो निर्माण गरेको हो।

गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र दीपक भट्टको अभिनय छ । भिडियोमा चालिसको दशकको नेपालको परिवेशलाई  समेटिएको छ । सुव्रत आचार्यलेको निर्देशन रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन, कलर तथा  भिएफएक्स  र उत्सव दाहालको सिनेमाटोग्राफी रहेको छ ।

नारायण गोपाल

विशेष