समाचार मनोरञ्जन मोडेल वाच

समिक्षापछि दुर्गेश थापामाथि आक्रमण, स्टेजमा ढुङ्गा हानियो

समिक्षापछि दुर्गेश थापामाथि आक्रमण, स्टेजमा ढुङ्गा हानियो

कलाकार दुर्गेश थापामाथि शनिवार राती आक्रमण भएको छ। कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवमा सहभागि भएका उनीमाथि ढुङ्गा प्रहार भएको छ।

मञ्चमा प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्रहार भएपछि उनको प्रस्तुति रोकिएको थियो। आक्रमण भएपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

थापालाई पल शाहका समर्थकहरूले ढुङ्गा प्रहार गरेको अनुमान छ। पल शाहलाई फसाउन सहयोग गरेको भन्दै थापा विवादमा थिए।

शनिवारका दिन दर्शकको अत्यधिक भीड रहेकाले कसले ढुङ्गा प्रहार गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ।

यस अघि गायिका समिक्षा अधिकारीमाथि पनि ढुङ्गामुढा भएको थियो। कार्तिक १८ गते संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–६ पाङ्ठा बजारमा गीत गाउन स्टेजमा चढेलगत्तै उनीमाथि ढुङ्गा प्रहार भएको हो।

समिक्षाले आफनो प्रस्तुति दिइरहँदा होहल्ला भएको र त्यसैविचमा ढुङ्गा प्रहार भएको थियो। यो घट्नाले कार्यक्रमस्थलमा तनाव भएको थियो। ढुंगा हानिएपछि समीक्षाले स्टेजबाटै त्यस्तो नगरिदिन भनेकी थिइन्। उनले भनेकी थिईन– ‘तपाईंको घरमा पनि दिदी बहिनी होलान्, राम्रो, नराम्रो भन्ने त जसको पनि भइहाल्छ नि!’
 

विशेष