समाचार मनोरञ्जन मोडेल वाच

जेलमा रहेका पल शाहलाई लिएर फिल्म बन्ने, घोषणा भयो नाम

जेलमा रहेका पल शाहलाई लिएर फिल्म बन्ने, घोषणा भयो नाम

तनहुँको जेलमा रहेका पल शाहलाई लिएर फिल्म निर्माणको घोषणा भएको छ। पललाई लिएर ‘ओ सजन’ नामको फिल्मको घोषणा भएको हो। 

एघार महिनादेखि कारागारमा रहेका पलसँग यो फिल्ममा कविता राय पनि रहनेछिन्। कविता एकताका पलसँग नाम जोडिएकी मोडलसमेत हुन्। 

यो फिल्म कविता रायले नै निर्माण गर्न लागेकी हुन्। कविताले फिल्मका लागि पलसँग कानुनी झमेला पर्नुअगाडि नै सम्झौता भएको बताएकी छन्। 

फिल्म शिवम् अधिकारीले निर्देशन गर्नेछन्। कविता र पलललाई लिएर निर्माण गरिने यो फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ। पल जेलबाट छुट्नासाथ यो फिल्ममा काम गर्ने अधिकारीको दाबी छ। 

पल शाहलाई साढे २ वर्षको कैद सजाय भएको छ। पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालय गरी दुई ठाउँमा नाबालिग बलात्कार अभियोगमा मुद्दा परेको थियो। जसमध्ये नवलपुर जिल्ला अदालतले पल शाहलाई जबर्जस्ती करणी मुद्दामा सफाइ दिँदै बाल यौन दुरूपयोग कसुरमा साढे २ वर्ष कैद सजायको फैसला गरेको छ। 
 

विशेष