समाचार राजनीति

बाबुराम भट्टराई भन्छन्– रवीन्द्र मिश्र गोवर भए म सक्खर हुँ, उस्तै होईन

बाबुराम भट्टराई भन्छन्– रवीन्द्र मिश्र गोवर भए म सक्खर हुँ, उस्तै होईन

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रवीन्द्र मिश्र गोवर भए आफु सक्खर (गुड) भएको भन्दै आफनै तुलना गरेका छन्। राजनीतिक विचलन र पार्टी परिवर्तनका हिसावले दुवैको क्वालिटी एकै भएको भन्दै टिप्पणी हुन थालेपछि उनले यसरी तुलना गरेका हुन।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा बाबुराम र रविन्द्र मिश्र उस्तै रहेछन् भन्ने कुरा उठिरहेको उल्लेख गर्दै पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गरे।

राजावादी र अग्रगमनकारी शक्तिलाई एकै ठाउँमा दाँज्नु, गुड र गोबर उस्तै हो भने जस्तै भएको उनको जिकिर छ। ‘हाम्रो नाम परिवर्तन भए पनि सार एउटै छ। अहिले पार्टीको नाम मात्रै फेरिएको छ, दिशा र विचार एउटै छ। समुन्नत र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने लक्ष्य हो’ उनले भने–‘आज सामाजिक सञ्जालमा देखेँ, आखिर वैकल्पिक भन्नेहरूको पनि स्पष्टता थिएन, रवीन्द्र मिश्र राजावादीतिर जाँदैछ, बाबुराम पनि पछि फर्कियो भन्नेछ। अब यो त गुड र गोबर हेर्दा त उस्तै उस्तै हुन्छ, तर कति गहिराइमा गएर हिँडेको छ भन्ने कुरा हो, त्यसको आधारभूत कुरा त केही मिल्दैन।’

उनले आफ्नो पार्टीको लक्ष्य समुन्नत र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने रहेको भन्दै आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिनिधि संसदमा पठाउने गरी तयारी गर्न पनि नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए। 

बाबुराम भट्टराई रवीन्द्र मिश्र

विशेष