समाचार प्रदेश १

पाँचथरमा पहिरोमा वेपत्ता भएका तीन मध्ये दुई जनाको शव फेला

पाँचथरमा पहिरोमा वेपत्ता भएका तीन मध्ये दुई जनाको शव फेला

पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनका  ७१ वर्षीय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा वेपत्ता भएका तीन मध्ये दुई जनाको शव फेला परेको छ। शुक्रबार राति करिब १० बजेतिर पहिरो जाँदा घर बगाएको थियो।

अविरल वर्षासँगैको पहिरोमा परेर दलप्रसादका छोरा ४२ वर्षीय रुपलाल मगर, रुपलालकी श्रीमती ३८ वर्षीया गोमा मगर र १९ वर्षीया एलिसा मगर बेपत्ता भएका थिए। पहिरोमा बेपत्ता भएकामध्ये दलप्रसादका छोरा ४२ वर्षीय रुपलाल र अर्का १ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी राकेश थापाले जानकारी दिए।

पहिरोले घर बगाउँदा ७१ वर्षीय दलप्रसाद मगरको भने सकुशल उद्वार गरिएको थियो। उद्वारका लागि स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। 

पहिरोले घरसँगै रहेको गोठ समेत बगाँउदा पशु–चौपाया पनि मरेका छन्। स्थानीय र प्रहरीको टोलीले पहिरोमा परेकाहरुको शुक्रबार रातिदेखि नै खोजी सुरु गरेको थियो। 

यो पनि,

पहिरोले घर पुरिँदा एकै परिवारका ३ जना वेपत्ता
 

ADVERTISEMENT