समाचार

जनार्दन शर्मा प्रकरणः सीसीटीभी फुटेज नभेटे के के छन समितिसँग अन्य विकल्प ? 

जनार्दन शर्मा प्रकरणः सीसीटीभी फुटेज नभेटे के के छन समितिसँग अन्य विकल्प ? 

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समिति अहिलेसम्म अन्यौलमा छ। अहिलेसम्मको छानविन र बयानबाट समितिले ‘यसै भएको हो’ भन्ने विषयमा सुराक समेत भेटेको छैन।

अहिलेसम्म भएको छानबिनमा अर्थमन्त्रीविरुद्ध कुनै प्रमाण नभेटिएपछि समितिले सीसीटीभी फुटेजलाई अन्तिम विकल्पको रुपमा पर्खेर वसेको अनुभव हुन थालेको छ। सीसीटीभी फुटेजको हार्डडिक्स फरेन्सिक ल्याब पठाउने निर्णय समितिले गरिसकेको छ।

यदि यसबाट फुटेज रिकभर भयो भने समितिका लागि त्यही नै निर्णायक प्रमाण हुने छ । यदि रिकभर भएन भने समितिको हातमा फेरी पनि ‘हाता लागि सून्य’ को अवस्था आउन सक्छ। त्यसमा पनि सरकारका मन्त्रीमाथिको छानबिन सरकार मातहतकै प्रहरीबाट गर्दा अनुसन्धानको निष्पक्षतामा प्रश्न उठ्न सक्ने कतिपयको ठम्याई छ।

‘सरकारले यो छानबिनलाई शङ्काको घेरामा नराख्ने हो भने हार्ड डिस्क रिकभरको काम तेस्रो पक्षलाई दिँदा विश्वसनीयता बढ्छ’ नेपाल प्रहरीका भूतपूर्व नायब महानिरीक्षक राजीव सुब्बाले भने। 

उसो त समितिसँग अन्य विकल्प हुँदै नभएका होईनन्। तर समितिले अन्य विकल्पतर्फ काम गरेको देखिएको छैन। सीसीटीभी फुटेज रिकभर हुन नसकेमात्रै अन्य विकल्प खोज्ने समितिका एक सदस्यले वताए ।

जानकारहरुका अनुसार समितिले अर्थमन्त्रालय मात्र होईन, सिंह दरवारभित्र राखिएका अन्य सीसीटीभी फुटेज मार्फत पनि आरोपित ब्यक्ति त्यहाँ गए/नगएको पत्ता लगाउन सक्छ। ‘सिंहदरबारभित्र त्यति धेरै सीसीटीभी क्यामराहरू राखिएका छन्। गेटबाट सुरु गरेर वरपरका सबै सीसीटीभीको भिडिओ हेर्दा पनि केही त पत्ता लाग्ला नि’– सुब्बा भन्छन्।

त्यसैलाई अन्तिम प्रमाण मान्न नसकिएपनि ति ब्यक्ति प्रवेश गरे/नगेको विषयमा प्रारम्भिक जानकारी प्राप्त गर्न सकिने उनको भनाई छ। 

यसैगरी, सुरक्षाकर्मी र मर्यादापालकहरू मार्फत पनि बाहिरी मान्छे पसे÷नपसेको विषयमा जानकारी लिन सकिन्छ। निवर्तमान अर्थमन्त्री शर्माले पनि सुरक्षाकर्मी र मर्यादापालक हुँदाहुँदै वाहिरी ब्यक्ति मन्त्रालयमा प्रवेश गर्न असम्भव रहेको र पसिहाले उनीहरूलाई थाहा हुने तर्क समिति समक्ष गरेका छन् ।

त्यसैले सुरक्षाकर्मी र मर्यादा पालकसँग वयान लिएर पनि केही विषय जानकारी लिन सकिने समितिसँग एउटा विकल्प बाँकी नै छ। यस्तै, पहिलो पटक प्रकाशित समाचार अनुसार अर्थमन्त्री शर्माले फोन गरेर वाहिरी ब्यक्तिलाई भित्र वोलाएको जनाईएको छ। त्यसैले आरोपित ब्यक्तिको मोवाईल लोकेसन हेरेर पनि ति ब्यक्ति उक्त समयमा त्यहाँ भए नभएको विषयमा थाहा पाउन सकिने जानकारहरु वताउँछन् ।

आरोपित ब्यक्तिसँग अर्थमन्त्रालयका पूर्व नायव सुब्बा रघुनाथ घिमिरेसँग वयान लिँदा पनि कतिपय कुरा खुल्न सक्ने उनीहरुको तर्क छ। आरोपित व्यक्ति र बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका सचिवहरूको ‘पोलीग्राफ परीक्षण’ पनि गर्ने उपाय अपनाउन सक्ने बताईएको छ।

यो पनि,

जनार्दन शर्मा संसदीय समिति

विशेष