समाचार शेयर

शेयर लगानीकर्ताको आन्दोलनमा किन पुगे बालेन्द्र ?

शेयर लगानीकर्ताको आन्दोलनमा किन पुगे बालेन्द्र ?

स्थानीय तह निर्वाचनको घोषणा भएदेखि नै आकर्षणको केन्द्र बनेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह मेयरमा निर्वाचित भएपछि सवैको आशाको केन्द्र भएका छन्। उनले हालसम्म आफनो क्षमताले भ्याएसम्म कसैलाई पनि निरास पारेका छैनन्।

बुधवार उनी आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको विषयवस्तु नेपाल धितोपत्र बोर्डको कार्यालय परिसरमा पनि पुगेर आफनो उपस्थिती जनाए । त्यहाँ सेयर बजारमा तीव्र गिरावट आएपछि लगानीकर्ता तिलक कोइराला ८ दिनदेखि आमरण अनसन वसेका छन् ।

सेयर बजार क्षेत्राधिकारभित्र पर्दैन । तर उनी कोईरालालाई भेट्न बोर्डको कार्यालयमै पुगेका छन् । उनी मानवीय हिसाबले त्यहाँ पुगेको जनाईएको छ। सेयर लगानीकर्ताहरूसँग १० मिनेटभन्दा वढि वसेका साहले सेयर लगानीकर्ताको गुनासो पनि सुने। लगानीकर्ताहरुले आफना तर्फबाट अर्थ मन्त्रालयमा पहल गरिदिन पनि साहलाई आग्रह गरे।

जवाफमा साहले राष्ट्र बैंक र अर्थ मन्त्रालयले वार्तामा बसेर निकास दिनुपर्ने बताए । शेयर लगानीकर्तालाई सम्वोधन गर्दै उनले भने, ‘नेप्से बढ्यो वा घट्यो भन्दा पनि लगानीकर्ताले किन आत्तिएर सेयर बेचे भन्ने महत्वपूर्ण हो । लगानीकर्ताको समस्यामा म गम्भीर छु ।’

सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्ने गरिएकोमा उनले असहमति जनाए । ‘यो उत्पादनशील क्षेत्र नै हो । सबैले अहिले घरमै बसेर विभिन्न प्रोजेक्टका लागि लगानी गर्न पाएका छन्’ उनले भने–‘स्थानीय सरकारले पनि सबै आयोजनाका लागि एक्लै पैसा व्यहोर्न सक्दैन । केही प्रतिशत आफूले राखेर केही पब्लिकबाट आह्वान गर्नुपर्छ ।’

उनले लगानीकर्ताको मागमा आफुहरुको पनि समर्थन रहेको वताउँदै उनले आफनोतर्फबाट के गर्न सकिन्छ त्यसमा लाग्ने प्रतिवद्धता जनाए ।

बालेन्द्र साह शेयर लगानीकर्ता