अन्तरवार्ता

काठमाडौँको कलेजका प्राध्यापक बुङ्गलमा मेयरका उम्मेदवार, के छन् प्रतिवद्धता? (अन्तर्वार्ता) 

काठमाडौँको कलेजका प्राध्यापक बुङ्गलमा मेयरका उम्मेदवार, के छन् प्रतिवद्धता? (अन्तर्वार्ता) 

बुङ्गल नगरपालिका भौगोलिक हिसाबले बिकट भएपनि निकै सम्भावना बोकेको ठाउँ हो । बुङ्गलको पुर्वमा सुर्मा गाउँपालिका र केदारस्यु गाउँपालिका, पश्चिममा बैतडी जिल्लाको पुर्चौडी नगापालिका, उत्तरमा दार्चुला जिल्लाको मार्मा गाउपालिका तथा दक्षिणमा बित्थडचिर गाउँपालिका पर्दछन् । सेती नदीको सबैभन्दा ठुलो सहायक नदीको रुपमा रहेको कालङ्गा नदी बुङ्गमा उत्पन्न भएर बग्छ । कालङ्गाको किनारमा धान खेती हुन्छ ।

अन्य भुभागमा गहुँ, कोदो, मकै, जौँ, फापर तथा तरकारी फल्छ । उत्तरमा हिमाली भु-भाग भएकाले यो क्षेत्रमा प्रशस्त मात्रामा जडिबुटी पाइन्छन् । यार्सागुम्बा, बनलसुन, कटुकी लगायतका बहुमुल्य जडिबुटीको भण्डार नै मानिन्छ बुङ्ल क्षेत्र । बड्डी ज्यावन पवित्र धार्मिक स्थल हो । बझाङ्को उत्तर पुर्वी भागमा बसोबास गर्ने ज्यावनी समुदायको धार्मिक तथा साँस्कृतिक धरोहरका रुपमा रहेको बड्डी ज्यावन विभिन्न दृष्टिकोणले महत्वपुर्ण छ । ११ वटा वडा रहेको बुङ्गल नगरपालिका जनसंख्याको हिसाबले नगर घोषणा भएपनि भौतिक पुर्वाधारको अभाव छ । स्थानीय तहको निर्वाचनमा बझाङको बुङ्गल नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट जयबहादुर धामी उम्मेदवार बनेका छन् । मेयरका प्रत्यासी धामीसँग नेपाल आजकर्मी सुनिल धामीले तयार पारेको सवांदको सम्पादित अन्तर्वार्ता:


तपाईको बाल्यकाल के-कसरी वित्यो? 
म मध्यम स्तरिय परिवारमा जन्मेको हुँ । बुङ्गल नगरपालिकाको गिरौँमा मेरो जन्म भएको हो । मैले कक्षा सातसम्म गाउँकै चन्द्र माध्यामिक विद्यालयमा अध्ययन गरे । त्यसपछि विजगडाको सरस्वती उच्च माविबाट एसएलसी गरे । त्यसपछि काठमाडौँ गएर त्रिचन्द्र कलेमा विएस्सीसम्म अध्ययन गरे । त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी सकेपछि अध्ययनसँगै काठमाडौँका विभिन्न कलेजमा अध्यापन पनि गरेको छु ।


बझाङमा शैक्षिक गुणस्तर राम्रो छैन । गाउँकै सामुदायिक विद्यालयमा अध्ययन गरेर एमएस्सीसम्मको अध्ययन कसरी सम्भव भयो?
मलाई सबैभन्दा ठुलो कुरा इच्छाशक्ति हो भन्ने लाग्छ । इच्छाशक्तिकै कारण त्यो कुरा सम्भव भएको हो । सानैदेखि मैले पढ्नु पर्छ भन्ने सोच राख्थे । कक्षा एकदेखी सातसम्म सधैँ पहिलो स्थान हासिल गरको हुँ । कक्षा आठदेखि दशसम्म कहिले प्रथम कहिले दोस्रो स्थानमा आउने गर्थे । हामी पढ्ने बेला यातायातको सुविधा थिएन । कक्षा आठमा पढ्दै गर्दादेखिनै विजगडामा डेरा गरेर बसेर पढियो । दुःख गरेर पढेको हुनालेनै मेरो अध्ययन सम्भव भएको हो । 

राजनितिमा कहिले आउनु भयो?
२०४९ सालदेखिनै म विद्यार्थी राजनितिमा सहभागि भएको हुँ । चद्र माविको नेपाल विद्यार्थी संघको अध्यक्ष हुँ । ५४ सालमा सरस्वती उच्च माविको सहसचिव हुँ । काठमाडौँ गएपछि पनि म पार्टीका क्रियाकलापमा सहभागि हुदैँ आएको छु । म नेपाली काँगेसको युवा दस्ता तरुण दलको केन्द्रिय सदस्य पनि हुँ । 


तपाई मेयरको रुपमा चुनावी मैदानमा हुनुहुन्छ । के छन् तपाईका एजेण्डा? 
म आफै शिक्षा क्षेत्रमा लामो समयसम्म काम गरेको हुनाले यहाँको शिक्षामा धेरै परिवर्तन गर्नुपर्ने देखेको छु । मेरो पहिलो प्राथमिकता शिक्षामा परिवर्तन ल्याउनु हुनेछ । गुणस्तरिय शिक्षाको खाँचो छ । एउटा प्राविधक शिक्षालयको स्थापना गर्नुपर्ने देखिन्छ । स्वास्थको अवस्था पनि नाजुक छ । जनसंख्या बढी छ । तर, अस्पताल छैन । सामान्य स्वास्थ चौकी बाहेक कुनै पनि अस्पताल छैन त्यसैले स्वास्थ क्षेत्रमा प्राथमिकता दिनेछु । कृषिमा आधुनिकिकरण गर्नुपर्ने छ । आधुनिक कृषि प्रणालीको बारेमा ज्ञान दिनुपर्ने देखिन्छ । यो ठाउँ पर्यटकिय दृष्टिकोणबाट पनि महत्वपुर्ण ठाउँ हो । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रलाई नै मैले प्राथमिकता दिनेछु । 


गठबन्धनका दलहरुले तपाईलाई साथ दिनेकुरामा कत्तिको विश्वस्त हुनुहुन्छ?
अहिलेको वातावरण अुनसार गठबन्धनका सबै साथिहरु इमान्दारिका साथ हाम्रो अभियानमा लागि राख्नु भएको छ । गठबन्धनका साथिहरुमाथि कुनै शंका छैन । 


तपाईले जित्ने आधार के के हुन्?
बझाङको बुङ्गल आफैमा पनि नेपाली काँग्रेसको बलियो गढ हो । विगतको स्थानीय चुनावमा पनि यहाँ काँग्रेसले नेतृत्व गरेको थियो । पार्टीको पनि पुर्ण समर्थन छ । साथै गठबन्धनका साथिहरु पनि निकै मिहेनत गरेर लागि राख्नु भएको छ । अर्काे कुरा भनेको हाम्रो वडादेखि नगरसम्मको उम्मेदवारको जुन प्यानल छ त्यो एकदमै परिपक्व र हरेक दृष्टिकोणले योग्य भएको हुनाले हामीलाई जित्न सहज हुने छ । 


गठबन्धन बाहिर रहेको पार्टी नेकपा एमाले हो? उहाँहरुको अवस्था के हो बुङगलमा? तपाई कति मतले अगाडि हुने आकलन छ? 
चुनाव हो । ठ्याकक्कै यति मतले अगाडि हुने भन्ने त केही छैन । तर, हामी धेरै मतले अगाडि हुन्छौ । 


तपाई निर्वाचित भएपछि तत्काल गर्नुेपर्ने काम केके अनुभव गर्नु भएको छ?
नगरपालिकामा सिस्टममा छैन । कर्मचारीलाई कसरी सिस्टममा लगेर सेवा प्रवाह गर्ने सुधार गर्नुे देखिन्छ । त्यसपछि विगतका जनप्रतिनिधिहरुले थुप्रै राम्रा कामहरु गर्नु भएको छ । कति कामहरु सम्पन्न भएकाछन् कति बाकी छन् । अधुरा काामहरुलाई निरन्तरता दिनुपर्ने देखिन्छ । 


 

बुङ्गल नगरपालिका उम्मेदवार जयबहादुर धामी