समाचार

ललितपुरको मत परिणामले गठवन्धनमा तरंग, माओवादीले भोटै पाएन

ललितपुरको मत परिणामले गठवन्धनमा तरंग, माओवादीले भोटै पाएन

स्थानीय तह निर्वाचनमा ललितपुरमा आएको मत परिणामले सत्ता गठवन्धनमा तरंग उत्पन्न भएको छ। मेयरको तुलनामा गठवन्धनकातर्फबाट कांग्रेसका उम्मेदवारलाई भोट नआएपछि कांग्रेसले धोका दिएको अभिब्यक्ति आउन थालेका छन् ।

ललितपुर महानगरपालिकामा काँग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर पाएको छ । जसमा चिरीबाबु महर्जनले मेयरमा २७२४२ मत पाउँदा उपमेयरमा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १०८३४ मत मात्रै पाएका छन् ।

उपमेयरमा एमालेका उम्मेदवार मन्जली शाक्यले बज्राचार्यलाई जितेकी छन् । उनले १५५९२  मत पाएकी छन् । मेयरमा भने एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १६१४५ मत पाउँदा चिरिबाबुले ११ हजार बढीको मतान्तरका साथ अग्रता बनाइरहेका हुन् ।

ललितपुरमा ५० हजार बढी मतगणना भइसकेको छ । 
 

विशेष