समाचार विदेश

नेपालका लागि भारतीय राजदूत क्वात्रा विदेश सचिव नियुक्त

नेपालका लागि भारतीय राजदूत क्वात्रा विदेश सचिव नियुक्त

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतका विदेश सचिव नियुक्त भएका छन्। भारतीय मन्त्रिपरिषद अन्तर्गतको नियुक्ती समितीले क्वात्रालाई विदेश सचिव नियुक्त गरेको हो।

क्वात्रा सन् १९८८ मा भारतीय विदेश सेवामा प्रवेश गरेका क्वात्रा जनवरी ३०, २०२० मा नेपालका लागि भारतीय राजदूत नियुक्त भएका थिए।

उनले हालका विदेश सचिव हर्ष श्रृंगलालाई प्रतिस्थापन गर्नेछन्। श्रृंगलाले अप्रिल ३० देखि भारतीय विदेश सेवाबाट अनिवार्य अवकाश पाउँदैछन्।
 

विनयमोहन क्वात्रा

विशेष