समाचार कभर स्टोरी

भ्रस्टाचारी विरुद्ध लड्छु भन्दै गाउँपालिका अध्यक्ष पुत्रले घोषणा गरे उपाध्यक्ष उम्मेदवारी

भ्रस्टाचारी विरुद्ध लड्छु भन्दै गाउँपालिका अध्यक्ष पुत्रले घोषणा गरे उपाध्यक्ष उम्मेदवारी

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बझाङको छविस पाथिभेरा गाउँपालिका उपाध्यक्ष पदमा विशाल धामीले उम्मेदवारी घोषणा गरेकाछन् । धामीले भ्रस्टाचारी, दलाल, तस्करहरुका विरुद्ध लड्ने भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत उम्मेदवारी घोषणा गरेकाछन् । उनी वर्तमान गाउँपालिका अध्यक्ष अक्कल धामीका पुत्र हुन् । 


ताज्जुबको कुरा त के भने- धामीले उपाध्यक्ष दावी गरेको गाउँपालिका उनकै बुवाको कार्यकालमा भ्रस्टाचारका उजुरी पर्ने गाउँपालिका मध्ये दोस्रो स्थानमा परेको थियो ।  गत फागुनमा जिल्ला सदरमुकाम चैनपुरमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका विषयक अन्तर्क्रियाको  क्रममा चालु आर्थिक वर्षमा मात्र बझाङमा ११९ वटा उजुरी परेकाछन् । ११९ वटा उजुरीमध्य स्थानीय तह विरुद्ध ५४ वटा उजुरी परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा बझाङबाट सबैभन्दा बढी २२ वटा उजुरी बुङ्गल नगरपालिका विरुद्ध परेकाछन् । ६ वटा उजुरीसहित छविसपाथिभेरा गाउँपालिका दोस्रो स्थानमा परेको छ । 

छविसपाथिभेरा गाउँपालिकामा नेपाली काँगे्रस, नेकपा (माओवादी) केन्द्र र एकिकृत समाजवादीले चुनावी गठबन्धन गरेको छ । माओवादी केन्द्रका बसन्त चलाउने गठबन्धनको साँझा उम्मेदवार बनेकाछन भने उपाध्यक्ष एकिकृत समाजवादीले पाएको छ । उपाध्यक्षको लागि एकिकृत समाजवादीबादीबाट धेरैजना आकांक्षी देखिएकाले अझैसम्म उम्मेदवारको सहमति हुनसकेको छैन । समाजवादीबाट झलक धामी, विशाल धामी, लोकेन्द्र ठगुन्ना आकांक्षि रहेकाछन् । 

फेसबुकमा लामो स्टाटस लेख्दै धामीले लेखेकाछन्, 'जनताको चाहानाले मलाई स्विाकार गरेनन् भने अझ बढी उत्पातकासाथ डटेर जनसेवामा लागिन्छ । तर, दलाल, तस्कर, अहंकार, दम्भ, धमन्डले भरिएका अराजक र धिक्कारसंग लडि रहनेछु । जनताको चाहाना अनुसार लागिन्छ र लाग्ने धोषणा यहि सामाजिक सञ्जाल मार्फत जानकारि गर्दछु ।' 

चुनावको बेला नेताहरुले एकले अर्काेलाई दलाल, भ्रस्टाचारी, तस्कर घोषणा गर्ने, विकासका गफ लगाउने तथा आर्दशका कुरा गर्ने नेपाली राजनितिको पुरानै प्रवृती हो । वहालवाला अध्यक्षका पुत्रपनि यो प्रवृतीबाट मुक्त रहन सकेका छैनन् । बुवाको कार्यकालमा जनताले भ्रस्टाचारका उजुरी अख्तियारमा थुपार्दै औँला उठाउनु र पुत्रले भ्रस्टाचारीको विरुद्ध लड्छु भनेर गफ हाक्नु हास्यास्पद भएको जानकारहरु बताउँछन् । 

प्रतिपक्षलाई भ्रस्टाचारी दलाल, तस्कर, अहंकारी करार गर्ने धामी आफै कत्तिको नैतिकवान छन्? सरोकारवालाहरुले प्रश्न गरिरहेकाछन् ।

छविसपाथिभेरा गाउँपालिका उपाध्यक्षको उम्मेदवारी 

विशेष