समाचार अर्थ बैंकिङ कर्पोरेट

चरम कालोबजारी गर्ने कम्पनीले यसरी चोर्यो राष्ट्र बैंकको गोप्य सुचना

चरम कालोबजारी गर्ने कम्पनीले यसरी चोर्यो राष्ट्र बैंकको गोप्य सुचना

अर्थमन्त्री जनार्दन शर्माको सिफारिसमा सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्यो। शंकास्पद ढंगबाट सूचना बाहिरिएको दावी गर्दै चैत २३ गतेको निर्णयबाट निलम्वनमा परेका अधिकारी सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशबाट काममा फर्किएका छन् ।

तर, यही बेला राष्ट्र बैंकबाट सूचना चुहिँएको पुष्टि हुने गरी कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले ठूलो संख्यामा बिलासी गाडीको आयातका लागि प्रतीतपत्र खोलेको खुलासा भएको छ । एलसी रोकिनुभन्दा ठीक ४ दिनअघि उक्त कम्पनीले एकैपटक ७० करोड रुपैयाँभन्दा बढीको गाडी आयातको अनुमति पाएको छ। २८० थान सेल्टेस गाडीको आयातका लागि ०७८ चैत ११ गते एलसी स्वीकृत भएको छ भने ३८० थान सोनेट कारका लागि चैत १७ मा एलसी स्वीकृत भएको छ ।

नबिल बैंकले सेल्टेस गाडीको लागि एलसी नम्बर ‘२२ डीसी ०१ आईएनएफम’बाट २३ करोड ४९ लाख ५२ हजार ५९५ भारतीय रुपैयाँमा र सोनेट कारका लागि एलसी नम्बर ‘२२ डीसीडी १ आईएनएफ’बाट २० करोड ३१ लाख एक हजार ७ सय भारतीय रुपैयाँको एलसी जारी गरेको देखिन्छ ।

राष्ट्र बैंकले आयातमा प्रतिबन्ध लगाउने वस्तुको सूची तयार पारेर अर्थ मन्त्रालयलाई बुझाउनुअघि नै सुचना चुहिएपछि कोरियन कम्पनी किया मोटर्सको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले ६३० वटा बिलासी कार आयातका लागि नबिल बैंकमार्फत एलसी खोलेको पाईएको छ। कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका सञ्चालक सुहृद घिमिरे र पुरुषोत्तम पौड्याल हुन।

घिमिरे र पौड्याल दुवै विवादास्पद छवीका व्यापारी हुन् । उनीहरुलाई कालोबजारीयाको नाईके भनेर चिन्ने गरिएको छ।  कानुनी ब्यवस्था अनुसार २० प्रतिशत भन्दाबढी नाफा खाएर कुनै पनि समान बेच्न प्रतिबन्ध छ। कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ ले समान्य अवस्थामा सयकडा २० प्रतिशतभन्दा बढी नाफा लिनु गैरकानुनी हो।

ऐनको दफा ३ मा लेखिएको छ, ‘दफा २ अन्तर्गत मोल निर्धारण भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तु व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुशार सामान्यत सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाइ सो माल वस्तुको अनुचित नाफा लिइ बिक्री गरेमा निजलाई पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्नेछ ।’ यो ऐनको व्यवस्था हेर्ने हो भने भन्सार तिरेपछि कायम हुने मूल्यमा अधिकतम २० प्रतिशत नाफा राख्न पाइन्छ । 

तर, कियाको सेल्टोस र सोनेट गाडी बिक्रिमा कम्पनीले ४० देखि ८० प्रतिशतसम्म नाफा राखेर उपोभोक्ता विक्रि गर्ने गरेको स्रोतको दावी छ। नेपाली बजारमा सेल्टेस गाडी ४८ देखि ८० लाख रुपैयाँसम्मा बिक्री हुन्छ भने किया सोनेटको मूल्य ३५ लाखबाट सुरु भएर ६० लाख रुपैयाँसम्म पर्छ ।

किन्दै महंगो मुल्यमा किनिएका यस्ता गाडीको पार्ट्स पनि महँगो पर्ने र चाहिएको बेला उपलब्ध  पनि नहुने समस्या छ। अरु भारतीय गाडीको तुलनमा यी गाडीको पार्ट्स अत्याधिक महंगो पर्ने गरेको उपभोक्ताहरु नै वताउँछन् ।

कम्पनीले गाडी विक्रि गर्ने समयमा विभिन्न प्रलोभन देखाउने गरेपनि खरिद गरिसकेपछि वेवास्ता गर्ने गरेको छ। यी गाडी मर्मत गर्न नेपालमा आवश्यक्ता अनुसारका पर्याप्त सर्भिस सेन्टर समेत छैनन्। भएका सर्भिस सेन्टरमा पनि मर्मत गर्ने प्रर्याप्त टेक्निसियनको अभाव छ। प्रयोगकर्ताहरुका अनुसार यी गाडी नेपालको रोड र उपभोक्ता सहुँदो नभएपनि विभिन्न किसिमका भ्रम सृजना गरेर विक्रि गर्ने गरिएको छ। 

सूचना चोर्न खप्पिस
घिमिरे र पौड्याल सरकारी सुचना चोर्न माहिर खेलाडीका रुपमा चिनिन्छन्। एलसी बन्द हुँदै गरेको सूचना पनि उनीहरुले नेपाल रास्ट्र बैंकको ‘विदेशी मुद्रा व्यवस्थापन विभाग’ बाट चुहाएको आशंका छ। उक्त विभागमा रामु पौडेल कार्यकारी निर्देशक छन् । अर्कोतर्फ सूचना चुहाउन अर्थमन्त्री जनार्दन शर्मा स्वयम लागेको आशंका समेत कतिपयले गर्न थालेका छन् । राष्ट्र बैंकका दोश्रो श्रेणीका कर्मचारी तथा उनका सल्लाहकार मार्फत अर्थमन्त्री शर्माले नै सुचना चुहाएर कमिशन वटुलेको अर्थमन्त्रालय श्रोतको दावी छ।

घिमिरे र पौड्यालले कर्मचारीदेखि राजनीतिक दलका नेता र मन्त्रीसम्मलाई मोटो आर्थिक प्रलोभन देखाएर बैंक तथा भन्सारमा सेटिङ्ग गर्ने अनि कालोवजारी गर्ने गरेको आरोप छ। भन्सारका प्रमुखले उनीहरुको कारिन्दा÷कार्यालय सहयोगी झै काम गर्ने गरेको कतिपय कर्मचारीहरु नै वताउँछन् ।

यति मात्रै होईन, घिमिरे र पौड्याल बालुवाटार जग्गा प्रकरणमा समेत आरोपित छन् । अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र आईसीआईजेले सार्वजनिक गरेको ‘प्यान्डोरा पेपर्स’मा घिमिरे र पौड्यालको ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्याण्डमा कम्पनी दर्ता रहेको पाइएको थियो ।

यस विषयमा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरेले भने एलसी बन्द हुनुभन्दा अघि एलसी खुल्नु र गाडी खरिद हुनु संयोग मात्रै भएको बताएका छन् ।
 

राष्ट्र बैंक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि सुहृद घिमिरे पुरुषोत्तम पौड्याल महाप्रसाद अधिकारी गभर्नर