समाचार अर्थ बैंकिङ

अर्थतन्त्रमा संकटः विज्ञ जती बुर्जुवा, जेटिएलाई अर्थमन्त्री !

अर्थतन्त्रमा संकटः विज्ञ जती बुर्जुवा, जेटिएलाई अर्थमन्त्री !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित भएर पाँच दलिय गठवन्धनको सरकार बन्दा माओवादीका तर्फबाट जनार्दन शर्मा अर्थमन्त्री बने। शर्मा अर्थमन्त्री बन्दै गर्दा आम नागरिकमा उनी प्रति सकारात्मक र नकारात्मक दुवै खाले धारणा थियो। 

उर्जामन्त्री हुँदा लोडसेडिङ हटाउन भूमिका खेलेका कारण चर्चा कमाएका शर्माले अर्थमन्त्रालयमा पनि त्यस्तै काम गर्लान र नेपालको अर्थतन्त्र सुधार्लान भन्ने अपेक्षा एकथरीको थियो भने अर्कोथरीले भने सम्वन्धित क्षेत्रको ज्ञान नभएका ब्यक्तिलाई अर्थमन्त्रालयको जिम्मेवारी दिईएको भन्दै असन्तुष्टि जनाएका थिए । असन्तुष्टिका खास दुई कारण थिए । पहिलो– लडाकुको शिविर ब्यवस्थापनमा अनियमितता, दोस्रो– ऊर्जा मन्त्रालयको नेतृत्व गर्दा शर्माले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी सीजीजीसीलाई दिने सम्बन्धमा गरेको सम्झौता।

माओवादी लडाकुका शिविरमा भएको ठूलो आर्थिक घोटालामा शर्माको संलग्नताको विषयमा प्रश्न उठ्ने गरेको छ। माओवादी लडाकुको शिविर व्यवस्थापन, भत्ता, भरणपोषण खर्चमा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरे पनि राजनीतिक स्वार्थका कारण यसलाई टुंगोमा पु-याउन सकेको छैन।

यसैगरी, ऊर्जा मन्त्रालयको नेतृत्व गर्दा शर्माले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी सीजीजीसीलाई दिने सम्बन्धमा गरेको सम्झौता पनि विवादित छ।

यति हुँदा हुँदै पनि अर्थ मन्त्रालयको जिम्मेवारीमा पुगेका मन्त्री शर्माले स्वेतपत्र जारी गरे। स्वेत पत्रमा देशको आर्थिक अवस्था धारासायी भएको भन्दै निवर्तमान ओली सरकारको स्वच्छाचारी गतिविधिका कारण अर्थतन्त्र झनै विग्रिएको चित्रण गरिएको थियो ।

तर, उनको कार्यकालमा पनि अर्थतन्त्रले सकारात्मक बाटो लिन सकेन। मन्त्री शर्माले देशले अर्थतन्त्र झन गम्भिर मोडमा पु-याएको भन्दै यतिवेला आलोचना भईरहेको छ। उनले देशलाई श्रीलंकाको अवस्थामा पुर्याएको भन्दै तिव्र असन्तुष्टि छ। 

कुनै बेला दक्षिण एशियाको एउटा आशलाग्दो अर्थतन्त्र भएको श्रीलङ्काबाट अचेल पेट्रोल आपूर्तिमा सेना खटाउनुपरेको, औषधि खरिद गर्न विश्वब्याङ्कको सहयोग माग्नु परेको अनि खाद्य सहयोगका निम्ति अरू देशहरूसँग हात पसार्नु परेको अवस्था छ। दक्षिण एशियाको छेउको देश श्रीलङ्कामा अहिले चरम आर्थिक सङ्कटमा परेको छ।

विदेशी मुद्रा सञ्चिती रित्तिन थालेसँगै सुरु भएको उसको सङ्कटले अहिले त्यहाँ आम मानिसको जीवन नै कष्टकर बनिसकेको छ। यसै क्षेत्रमा रहेको नेपालमा पनि खासगरी यो आर्थिक वर्ष सुरु भएदेखि नै अर्थतन्त्रका महत्वपूर्ण सूचकहरू खस्कन थालेका छन्। यो अवस्था आउनुमा अर्थमन्त्री शर्मा नै दोसी रहेको कतिपयको आरोप छ।

सम्वन्धित क्षेत्रको ज्ञान नभएका ब्यक्तिलाई अर्थतन्त्रालयको तालाचावी जिम्मा लगाएर संकट निम्त्याउने काम मात्रै भएको उनीहरु बताउँछन्। अर्थविद् डा. विश्वम्भर प्याकु-यालले भनेका छन्–‘अर्थतन्त्रका मुद्दामा राजनीतिक नेतृत्व गम्भीर नहुने हो भने हामी पनि श्रीलङ्काकै हालतमा पुग्ने प्रस्ट देखिन्छ।’

अर्का अर्थविद् तथा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले पनि पर्याप्त ध्यान नपु-याए श्रीलङ्काको जस्तै आर्थिक सङ्कट नेपालमा आइपर्नसक्ने भन्दै सजग रहन आह्वान गरेका छन्।

यस कारण उठ्यो ज्ञानको कुरा
मन्त्री शर्माले उर्जा मन्त्रालयमा जसरी काम गरे, त्यसरी अर्थ मन्त्रालयमा काम गर्न नसकेको धेरैको वुझाई छ। अर्थमा उनी सफलन हुन नसक्नुका पछाडि दुईटा कारणले काम गरेको जानकारहरु वताउँछन्। पहिलो– अर्थतन्त्र सम्वन्धि ज्ञान नहुनु, दोस्रो– गभर्नरको असहयोग।


मन्त्री शर्मा खासगरी कृषी क्षेत्रका जानकार हुन । उनले शिक्षा शास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका छन्। शर्माले २०३८ सालमा त्रिभूवन जनता माध्यामिक विद्यालयबाट एसएलसी पास गरेका हुन । कृषि वैज्ञानिक मदन राई भन्छन्–‘एसएलसीमा उनले चार सय पूर्णांङ्कको कृषि पढेका हुन, उनको कापी मैले ने चेक गरेको हुँ।’ 

एसएलसीपछि उनले गाउँमै जेटिए (जुनिएर एग्रिकल्चर टेक्निसियन) को जागिर खाए । पछि लोकसेवा उत्तिर्ण गरेर त्यो जागिर उनले करिव ४ वर्ष ९ महिना खाए। जागिर खाने इच्छा नभए पनि घरको बाध्यता र प्रशासनिक निगरानीबाट बच्न उनले जेटिएमा काम गरेका थिए । ०४३ मा उनी जेटिएबाट राजीनामा दिएर राजनीतिमा होमिए। यस विचमा उनले त्रिभूवन विश्वविद्यालयबाट शिक्षा सास्त्रमा स्नातक गरेको वताईन्छ।

त्यसैले उनी अर्थको नभई कृषि क्षेत्रको जानकार हुन भन्ने गरिएको छ। शर्मालाई अर्थको सट्टा कृषि मन्त्रालयको जिम्मा दिएर फाईदा लिन सकिने कतिपयले वताउँने गरेका छन। उनको कापी काटेका मास्टर मदन राई जेटिएबाट अर्थतन्त्र चलाउन खोज्नु नै गलत भएको वताउँछन्। ‘उर्जामा हुँदा कुलमान घिसिङ जस्ता अनुभवी र ज्ञान भएका मान्छे थिए र उनी सफल भए। तर, अर्थमा उनले त्यस्ता मान्छे पाएनन्’ राई भन्छन्–‘रामेश्वर खनाल जस्ता मान्छेलाई वुर्जुवा भन्दै पाखा लगाए, अरु त्यस्ता मान्छे हात लिन सकेनन्। खासमा अर्थ सम्वन्धि काम गर्ने ज्ञान र त्यो अनुसार सहयोग गर्ने मान्छे नभएर अहिलेको अवस्था आएको हो।’

अर्कोतर्फ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्वन गर्ने सरकारको निर्णयपछि मन्त्री शर्मा अझै आलोचनाको सिकार भएका छन् । अर्थमन्त्री शर्मासँग विभिन्न विषयमा मतभेद रहेका अधिकारीलाई सरकारी सूचना चुहाएका सहितका आरोप लगाउँदै निलम्वन गरिएको छ।

अर्थमन्त्री र गभर्नरको कुरा नमिल्नु पनि अर्थतन्त्र धारासायी हुनेको प्रमुख कारण भएको वताईन्छ। पूर्ववर्ती केपी ओली सरकारले नियुक्त गरेका गभर्नर अधिकारीले ‘वर्तमान सरकारलाई असहयोगी’ व्यवहार गरेका कारण अहिलेको अवस्था आएको वुझाई पनि छ। तर, कतिपयले भने देशलाई समस्यामा पारेर उनले इगो साँधेको आरोप लगाईरहेका छन्। 

अर्थमन्त्रीले जानेनन् की सकेनन् ?
प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्र सुधारका काम गर्न नसकेको र संकटकालीन अर्थतन्त्र माथि उठाउन कुनै चिन्ता नलिएको भन्दै फागुनअघि नै अर्थमन्त्री परिवर्तन गर्न खोजेका थिए।

विवादमा परिरहने, विज्ञ कर्मचारीलाई वेवास्ता गर्ने, जुनियर कर्मचारीको सरुवा समेतमा चासो राख्ने, सेयर बजारका विषयमा अनेक अभिव्यक्ति दिने गरेपछि देउवा मन्त्री शर्मासँग आजित थिए । अर्थमन्त्रालयको ज्ञान नभएको र जानेका व्यक्तिसँग परामर्श गरेर अघि बढ्न पनि नसकेको भन्दै देउवाले अर्थमन्त्री फेर्ने तयारी गरे।

अर्थमन्त्रालयमा ज्ञान भएकै व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह पनि गरे। तर, देउवाको कुरामा माओवादी अध्यक्ष दाहालले वास्ता नगरेपछि अर्थमन्त्री परिवर्तन गर्ने कुरा कुरामै सिमित भयो।

हुन त सवै मन्त्री सम्वन्धित क्षेत्रको विज्ञ हुँदैनन्। तर, विज्ञहरुको सल्लाह लिएर अघि वढ्न नसकेको आरोप शर्मा माथि छ। उनको विद्रोही स्वभावले सवैलाई चित्त वुझाएर हिड्न नसकेको वताईन्छ। प्रधानमन्त्री देउवाले ‘जानेका व्यक्तिसँग परामर्श गरेर अघि बढ्न नसकेको’ भन्नुले पनि उनको यही स्भावलाई पुष्टि गर्छ।

कृषि वैज्ञानिक मदन राई पनि उनलाई विद्रोही भनेरै चिन्छन्। जेटिए हुँदा जनार्दन रुकुमको एक तरकारी फारममा काम गर्थे। उनका हाकिम थिए लक्ष्मण पुन । त्यहाँ उनलाई धेरैले छुच्चो पनि भन्थे । कुरा चित्त बुझेन कि ठोकी हाल्ने स्वभाव थियो, शर्माको।

के भन्छन् अर्थसचिव ?
नेपालको अर्थतन्त्र खस्कदै गएपछि अहिले सर्वत्र चिन्ता छ। विदेशी मुद्राको सञ्चिती निरन्तर घटिरहेको छ भने रेमिट्यान्सबाट हुने आम्दानीको हालत पनि उस्तै छ। माघ मसान्तसम्मको तथ्यांक हेर्दा विदेशी मुद्राको सञ्चितीले पुगनपुग सात महिनाको आयातमात्र धान्न सक्ने देखिन्छ।

यी आँकडामाझ कतै नेपालको अवस्था समेत श्रीलङ्काकै जस्तो हुने त होइन भनेर अर्थविद्हरूले चिन्ता व्यक्त गरिरहेका छन्। तर, अर्थ मन्त्रालयका सचिव मधु मरासिनी भने चिन्ता गरिहाल्नु पर्ने अवस्था नरहेको वताउँछन्। उनी भन्छन्–‘विज्ञ विश्लेषकहरूभन्दा हामी दोबर चिन्तामा छौँ, तर त्यस्तो निराश हुनुपर्ने अवस्था हाम्रो छैन।’

उनले श्रीलङ्काको विदेशी ऋण र राजस्वको अवस्थासँग नेपालको विदेशी ऋण र राजस्वको अवस्था दाँज्दा कुनै त्यस्ता प्रमाण नभेटिने बताए। अहिले नेपाललाई आन्तरिकभन्दा पनि बाह्य कारणले चाप परिरहेको उनको भनाई छ। 

जनार्दन शर्मा