समाचार राजनीति

भरतपुरमा फेरी रेणु र देवी आमने– सामने, धोकाधडीको बदला लिने ज्ञवालीको तयारी

भरतपुरमा फेरी रेणु र देवी आमने– सामने, धोकाधडीको बदला लिने ज्ञवालीको तयारी

स्थानीयत तह निर्वाचन मिति नजिकिएसँग देशका कुल ६ महानगरपालिका मध्ये चितवनको भरतपुर महानगरपालिकामा पनि उम्मेदवारको चर्चा सुरु भएको छ। भरतपुरमा मेयरका लागि पुरानै उम्मेदवार एक पटक फेरी आमनेसामने हुने देखिएका छन्।

माओवादी केन्द्रकी नेता तथा वर्तमान मेयर रेणु दाहाल र एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीबीच फेरि टक्कर हुने संकेत देखिएका छन् । ०७४ को स्थानीय चुनावमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट दाहाल र एमालेका ज्ञवालीवीच कडा प्रतिस्पर्धा भएको थियो ।

१५ जेठ ०७४ मा भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भइरहँदा मध्यरातमा मतगणनास्थलमै दाहाल पक्षले ९१ वटा मतपत्र च्यातेका थिए । उक्त घटनापछि पुनः मतदान गरेर दाहालले २ सय ३ मत बढी ल्याएर ज्ञवालीलाई पराजित गरेकी थिइन् । एमालेका कार्यकर्ताले धाँधली गरेर चुनाव जितेको आरोप लगाउँदै आएका छन् ।

अघिल्लो पटक धोखाधडी गरेर हराइएको बदला लिन पनि यसपटक एमालेले ज्ञवालीलाई भरतपुरको मेयरमा उठाउने सम्भावना बलियो छ । ज्ञवालीले पनि मेयरमा उठ्ने इच्छा ब्यक्त गरेका छन् । एमालेले भरतपुरमा कसलाई मेयरको उम्मेदवार बनाउने भन्ने निर्णय चाही गरिसकेको छैन ।

एमालेभित्र उपमहानगर र महानगरका उम्मेदवार तोक्ने जिम्मा केन्द्रीय कमिटीलाई दिइएको छ । 

माओवादीले रणुलाई उम्मेदवार वनाउने संकेत प्रचण्डले गरिसकेका छन् । उनले कांग्रेस र भनेसत्तारुढ गठबन्धन माओवादी केन्द्रकी हालकी मेयर रेणु दाहाल भरतपुरको मेयरमा बलियो दाबेदार हुन् । प्रचण्डले तालमेल गरेर छोरीलाई उम्मेदवार वनाउने संकेत गरेपछि  माओवादी र कांग्रेसबीच मेयर पदमा तालमेलबारे टुंगो भने लागेको छैन। 

तर, चितवनका कांग्रेसीहरूले भने केन्द्रबाट लादिने तालमेल अस्वीकार गर्ने निर्णय गरेका छन् । गत निर्वाचनमा रेणुलाई जिताएको र  संघीय निर्वाचनमा पनि चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसले राप्रपा प्रजातान्त्रिकलाई मैदान छाडेको थियो ।

यसपटक भने केन्द्रले लादेको तालमेल अस्वीकार गर्ने निर्णय चितवनका कांग्रेस नेताहरूले गरेका छन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, पूर्व जिल्ला सभापतिसहित चितवन कांग्रेसले केही समयअघि गरेको बैठकले तालमेलको नाममा भरतपुर महानगरपालिकाको मेयर कुनै पनि हालतमा नछाड्ने निर्णय समेत गरेको छ ।

भरतपुरमा के भएको थियो अघिल्लो निर्वाचनमा  ?
अघिल्लो निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल विजयी भएकी थिइन्। वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा जेठ १४ गते मतपत्र च्यातिएपछि शुक्रबार वडा नम्बर १९ मा पुनः भएको मतदान भएको थियो ।

१९ र २० वडाको मतगणना बाँकी हुँदा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली सात सय ८४ मतले अगाडि थिए। १९ र २० वडाको मतगणनाका क्रममा ज्ञवालीसँगको मतान्तर घटाउँदै अन्तिम समयमा दाहाल विजयी भएकी हुन्। दाहाल दुई सय ३ मत अन्तरले विजयी भएकी हुन् । दाहालले ४३ हजार १ सय २७ मत ल्याएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरेका छन् । 

राप्रपाका मेयर उम्मेदवार बद्री तिमल्सिनाले ६ हजार आठ सय ४२ मत प्राप्त गरेका छन् । उपमेयरमा समेत कांग्रेस–माओवादी गठबन्धनकै पार्वती शाह निर्वाचित भएकी छिन्। साह ४७ हजार १ सय ९७ मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उपमेयर उम्मेदवार दिव्या शर्मा आचार्यले ३९ हजार ५ सय २५ मत ल्याएकी छिन् । राप्रपाकी उपमेयर उम्मेदवार रिना गुरुङले ७ हजार २ सय ५२ मत प्राप्त गरेकी छिन्। 

सर्वाधिक चर्चा र बहसमा रहेको भरतपुर महानगरपालिकाको भरतपुर महानगरका २९ वडामध्ये १४ वडामा एमाले, १२ वडामा कांग्रेस र तीन वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । 

को हुन् रेणु दाहाल?
०३३ असार २२ गते चितवन शिवनगरको भीमसेन नगरमा जन्मेकी रेणु दाहाल पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सीता दाहालकी माहिली छोरी हुन् । ०५१ सालमा पार्टी प्रवेश गरेकी दाहाल ०५२ सालको माओवादी सशस्त्र द्वन्द्वकालमा भूमिगत भएकी थिइन्।

प्रवासमा अखिल महिला समाजकी केन्द्रीय समिति अध्यक्ष, सशस्त्र द्वन्द्वकालमा रोल्पामा सहइन्चार्ज, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव रहेकी दाहाल काठमाण्डौंकी जिल्ला सचिव हुँदै हाल पोलिटब्युरो सदस्य छिन। उनले एसएलसीसम्मको अध्ययन पुरा गरेकी छिन्।

रेणु पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् भएकी थिइन् भने दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका नेता प्रकाशमान सिहसँग पराजित भएकी थिइन्।

यो पनि
काठमाण्डौमा ‘बाहुबली’ होईन ‘बजरंगवली’ मेयरको खोजी

रेणु दाहाल देवी ज्ञवाली भरतपुर महानगरपालिका

विशेष