समाचार विचार विदेश

रुस-युक्रेन युद्धको प्रभावले विश्वव्यापी अर्थतन्त्रलाई ठूलो नोक्सान पुर्‍याउँछ 

रुस-युक्रेन युद्धको प्रभावले विश्वव्यापी अर्थतन्त्रलाई ठूलो नोक्सान पुर्‍याउँछ 

 

रुस–युक्रेन युद्ध तेस्रो हप्तामा प्रवेश गरेसँगै यसको अन्त्य हुने कुनै संकेत देखिँदैन । रुसी र युक्रेनी प्रतिनिधिमण्डलबीच तीनवटा बैठक भए पनि रक्तपात र मानव विस्थापन जारी रहेको छ्। सो बैठकहरूबाट कुनै ठोस उपलब्धि हासिल हुन सकेको छैन। युद्धको प्रभावले विश्वव्यापी रूपमा महङ्गी बढ्दो छ। विशेष गरी कच्चा तेल, गहुँ र अन्य उपभोग्य बस्तुको मुल्य आकाशिएको छ। युक्रेनबाट करिब २० लाख मानिसको विस्थापन हुँदा त्यसले निम्त्याउने मानव संकटले छिमेकी देशहरूमा समेत दबाब बढेको छ। 

सबैभन्दा ठूलो लोकतन्त्र भारत रुस-युक्रेन युद्धका कारण विश्व खतरामा परेको कुरालाई लिएर चिन्तित छ। भारत रुस र युक्रेन दुवैको मित्र हो र एक शुभचिन्तककोन रूपमा दुई सार्वभौमसत्ता सम्पन्न राष्ट्रहरूबीचको कुनै पनि विवाद युद्धभन्दा पनि वार्ताबाट समाधान हुनुपर्छ भन्ने विश्वास राख्द्छ । भारतका प्रधानमन्त्रीले दुई द्वन्द्वरत देशका प्रमुखहरूका साथै हंगेरीजस्ता छिमेकी मुलुकसँग समेत वार्ता गरेका छन् । युद्धप्रतिको भारतीय प्रतिक्रिया र संयुक्त राष्ट्र सङ्घको प्रस्तावमा मतदानबाट पछि हट्नुलाई यस मुद्दामा भारत जिम्मेवार, तटस्थ र मानवीयतको पक्षमा रहेको रूपमा हेर्न सकिन्छ। भारतले युक्रेनमा रहेका आफ्ना विद्यार्थीहरू तथा नागरिकहरूलाई युद्धग्रस्त क्षेत्रहरूबाट टाढा जान अनुमति दिन मानव कोरिडोर बनाउन युद्धरत देशहरूका प्रमुखहरूसामु प्रस्ताव राख्यो। साथै भारतले छिमेकी पाकिस्तान र नेपालका विद्यार्थीलाई सहजीकरण गरेर जिम्मेवार राष्ट्रका रूपमा निकै बलियो सन्देश पनि दिएको छ ।


विश्वको सबैभन्दा द्रुत गतिमा बढिरहेको अर्थतन्त्रको रूपमा भारत विश्व अर्थतन्त्रमा युद्धको आर्थिक प्रभावलाई लिएर चिन्तित छ। तेल, ग्यास र गहुँ जस्ता विश्वव्यापी कमोडिटीको आपूर्ति श्रृंखलामा हुने अवरोधहरू COVID-19 पछिको नयाँ विश्वव्यापी आर्थिक रिकभरीको लागि राम्रो हुने छैन। लामो समयदेखि साझा इतिहास र संस्कृति बाँडेका दुई युद्धरत देशहरूले फलदायी वार्ताका लागि आफ्ना ढोकाहरू खोल्नुपर्छ भन्ने भारतको विश्वास छ। अरूले जस्तो भारतले न त पक्ष लिएको छ न त दोषारोपणको खेलमा फसेको छ। पश्चिमी देशहरूले रुसलाई सार्वभौम राष्ट्रमाथि आक्रमण गरेको आरोप लगाए पनि चीनले आफ्नो बयानमा नाटोले रुस-युक्रेन युद्धलाई उक्साएको आरोप लगाएको छ। दोषको खेलले प्रायः समस्याको समाधान खोज्न बाधा पुर्याउछ। यो स्पष्ट छ कि रूस-युक्रेन युद्धको आडमा शीतयुद्धको सम्झनालाई ताजा गर्दै महाशक्तिहरूबीच आधिपत्यको लागि संघर्ष चलिरहेको छ। 

नाटो सेनाको उपस्थितिको बारेमा रूसी चिन्ताको कदर गर्न आवश्यक छ, तर कुनै पनि कुराले युद्धलाई औचित्य प्रदान गर्न सक्दैन। भारतले रुसको चासोको कदर गर्छ, तर त्यस्को सम्बोधनको लागि हिंसात्मक विधिलाई स्वीकार गर्दैन। रुस जस्तो महाशक्तिमाथि अहङ्कारी, निरंकुश र गैरजिम्मेवार शक्तिको आरोपले अमेरिका र नाटो साझेदारहरूको तर्क र प्रतिवादको दुष्चक्र मात्रै निम्त्याउँछ र अवस्था झन बिग्रन्छ । चीन, इजरायल र टर्कीले दुई युद्धरत देशबीच मध्यस्थता गर्ने संकेत दिएका छन् । तर यी देशहरूलाई मध्यस्थकर्ताहरू रूपमा भरोसा गर्न सकिदैन। चीन रसियासँग सदैव गठबन्धनमा रहेको छ। मौनतापूर्वक भएपनि टर्कीले रुस र पश्चिमी देशहरू दुवै पक्षमा खेल्ने देशको रूपमा चिनिन्छ। इजरायलको लागि, यो रूस र अमेरिकाबीच तटस्थ छ भनेर प्रमाणित गर्न धेरै गाह्रो हुनेछ, किनकि उ लामो समयदेखि अमेरिकाको सहयोगी रूपमा काम  गर्दै आएको छ। 

कोविड महामारीको प्रभावपछि आर्थिक पुनरुत्थानमा भर्खरै जुटेकोको विश्व अर्थतन्त्र नयाँ खतरामा परेको छ । युद्धका असरहरू जारी रह्यो भने यसले दिगो विकासका लक्ष्यहरू प्राप्त गर्ने विश्वको प्रयास जोखिममा पर्न सक्ने भारतको चिन्ता छ।
रुसविरुद्ध लगाइएको SWIFT बहिष्कार सहितको अन्य प्रतिबन्धहरूले रुसलाई मात्र आर्थिक प्रभाव पार्ने छैन, यसले रुससँग घनिष्ठ सम्बन्ध राख्ने युरोपका सबै देशहरूको अर्थतन्त्रमा समेत प्रभाव पार्नेछ। प्रतिबन्धहरूले रूसको निर्यात र आयातको लागि भुक्तानी प्राप्त गर्ने सन्यन्त्रमा बाधा पुर्‍याउनेछ र सीमापार वित्तीय लेनदेनलाई कमजोर बनाउनेछ। युरोपेली देशहरू लगायत रूसका प्रमुख व्यापारिक साझेदारहरूले पनि रूसी तेल र ग्यासको आयातको लागि भुक्तान गर्न कठिनाइहरूको सामना गर्नेछन्। 

कच्चा तेल, गहुँलगायतका वस्तुको विश्वव्यापी मूल्य आकाशिदा लोकतन्त्रका लागि जनताले मूल्य चुकाउन तयार रहनुपर्छ भन्ने अमेरिकी राष्ट्रपतिको हालैको भनाईले समस्या समाधानतर्फ खासै आश्वस्त पार्न सकेको देखिदैन । मुद्रास्फीतिको दबाबले विश्वव्यापी रूपमा गरिब परिवारहरूको लागि जीवन कष्टकर बनाउनेछ। भारतलगायत एशियाका धेरै अर्थतन्त्रहरूले आफ्नो ऊर्जा आवश्यकताको ठूलो हिस्सा आयात गर्छन् । कच्चा तेलको मूल्यमा भएको ठूलो वृद्धिले उनीहरूको भुक्तानी सन्तुलनमा ठूलो दबाब दिनेछ। विशेष गरी, भारतीय अर्थतन्त्रलाई कोविड पछि विश्वव्यापी आर्थिक रिकभरीको इन्जिनको रूपमा हेरिएको थियो। तर यस अबस्थाले अर्थतन्त्रलाई थप खराव स्थितीमा पुर्याउनेछ।क 

प्रभुत्वको खेलमा अमेरिका र उसका सहयोगीहरूलाई रुसी चुनौतीबाट चीनले समेत मौन रूप उसले सोचेको जस्तो लाभ लिन सक्दैन। उसको रणनीतिक अव्यवस्थितीका कारण पनि उसले त्यस्को गर्न सक्दैन। युक्रेन चीनको लागि युरोप र युरोपेली संघको प्रवेशद्वारको रूपमा धेरै महत्त्वपूर्ण छ। युद्धले खनिज र कृषि उत्पादनको आपूर्तिमा दुवैतर्फ असर गर्नेछ। युक्रेन BRI भित्रको एउटा महत्त्वपूर्ण हब पनि हो। युक्रेनमा काम गर्ने चिनियाँ कम्पनीहरू लगायत बेइन्क्यु इनर्जी, सिनजियाङ कम्युनिकेसन कन्स्ट्रक्सन ग्रुप र वेल्डाट्लान्टिक समूहको पनि सञ्चालनमा त्यहा अवरोध आउनेछ।