समाचार

मधेश प्रदेशका मुख्यमन्त्री राउत विरुद्ध प्रदर्शन र पुतला दहन

मधेश प्रदेशका मुख्यमन्त्री राउत विरुद्ध प्रदर्शन र पुतला दहन

राष्ट्रिय एकता अभियान जनकपुरले मधेश प्रदेशका मुख्यमन्त्री रालवावु राउत विरुद्ध प्रदर्शन गरेको छ। सरस्वती पूजाको मूर्ति बिसर्जनका क्रममा रौतहट स्थित इशनाथ नगरपालिकामा हिन्दू समुदायमाथि गरिएको हमलाको विरोध गर्दै जनकपुरमा प्रदर्शन गरिएको हो।

अभियानले जनकपुरस्थित जनक चौकमा प्रदर्शन गर्दै हिन्दु समुदायमाथि भएको आक्रमणलाई जिहादी आतंकीद्वारा गरिएको हमला भनेको छ। 

प्रदर्शनमा ‘इस्लामिक आतंकवाद मुर्दावाद, मधेशलाई इस्लामिकीकरण गर्न पाइँदैन, मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद, मूर्ती बिसर्जन गर्ने उपर जेहादी हमला गर्नेलाई कारवाही गर’ जस्ता नारा लगाइएको थियो।

अभियानले मुख्यमन्त्री राउत नेपालमा पकिस्तानी एजेन्ट भएर काम गरिरहेको आरोप लगाएको छ । अभियान जनकपुरका संयोजक मनीष हिन्दूको नेतृत्वमा भएको प्रदर्शनमा अभियानका जिल्ला सह संयोजक सुनील दास तथा रवी साह लागयतको उपस्थिति थियो।

यसैगरी बारा जिल्लाको फेटा गाउपालिकामा पनि राउत विरुद्ध प्रदर्शन भएको छ। अभियान निकट राष्ट्रीय विधार्थी परिषदका संयोजक विवेक कुशवाहाको नेतृत्वमा प्रदर्शन गरिएको हो। विद्यार्थीहरुले मुख्यमन्त्री लालबाबु राउतको पुतला दहन पनि गरेका छन्।
 

राष्ट्रिय एकता अभियान लालबाबु राउत

विशेष