समाचार अपराध सुरक्षा

श्रीमती बलात्कार गरेको आरोपमा वकिल नै पक्राउ, १ लाख वुझाएर रिहा

श्रीमती बलात्कार गरेको आरोपमा वकिल नै पक्राउ, १ लाख वुझाएर रिहा

अष्ट्रेलियामा बस्दै आएका एक पूर्वनेपाली कानुन व्यवसायी आफनै श्रीमतीलाई जवर्जस्ती करणी गरेको आरोपमा पक्राउ पछि एक लाख धरौटी वुझाएर रिहा भएका छन् ।

माघ ७ गते नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट वकिल खिलेन्द्रराज तिम्सिनालाई पक्राउ गरेको हो। उनी विरुद्ध २ वर्षअघि श्रीमतीले इच्छाबेगर शारीरिक सम्बन्ध राखेको अभियोगमा उजुरी गरेकी थिईन।

०७६ जेठ ३१ गते कालिमाटीको महिला सेलमा दर्ता भएको उजुरीका आधारमा तिम्सिना पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीले बयान र अनुसन्धानपछि उनलाई माघ १० गते जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो।

माघ १२ गते उनी एक लाख रुपैयाँ धरौटीमा छुटेको जनाईएको छ। आफ्नै श्रीमतीलाई जबर्जस्ती गरेको अभियोग लागेका तिम्सिना अष्ट्रेलियन नागरिक बनिसकेका छन्। ‘उनी सिड्नी र पूरै अष्ट्रेलियामा पारपाचुके (डिभोर्स) गराउन प्रोत्साहित गर्ने माहिर वकिलका नामले प्रख्यात छन् ।’

उता, अस्ट्रेलियन सरकारले पनि उनलाई कारवाही गरेको वताईएको छ। नक्कली कागजात बुझाएको आरोप लागेपछि उनले गर्दै आएको व्यवसायको प्रमाणपत्र सरकारले रद्द गरिदिएको छ ।

अष्ट्रेलियामा आप्रवासनसम्बन्धी परामर्श प्रदान गर्नेहरुको नियमनकारी निकाय माईग्रेसन एजेन्ट्स रजिष्ट्रेसन अथोरिटी (मारा) ले तिम्सिनालाई लाइसेन्स लिनबाट ५ वर्षका लागि प्रतिबन्ध लगाएको वताईएको छ। 

जवर्जस्ती करणी

विशेष