समाचार

कालोझण्डा रोक्न सेना परिचालन !

कालोझण्डा रोक्न सेना परिचालन !

देशको जिम्मेवार पदमा वसेका ब्यक्तिको कृयाकलाप तथा विधिको र पद्धतिको विषयमा चित्त नवुझ्दा विरोध हुन्छ। विरोध गर्ने विभिन्न शैली हुन्छन्। विरोधका क्रममा कालो झण्डा देखाएर प्रदर्शन गर्ने परम्परा पनि यो। यो नेपालमा मात्र होईन, अन्तराष्ट्रिय परम्परा हो। यसलाई विरोधको शैलीकै रुपमा सामान्य रुपमा लिईन्छ पनि।

तर, नेपालमा भने कालो झण्डालाई पछिल्लो समय प्रतिष्ठाको विषय वनाउन थालिएको छ। कालो झण्डा देखाउनेलाई ठेगान लगाउनलाई प्रतिष्ठाको रुपमा वुझ्न थालेकाले आजभोली यसलाई गम्भिर रुपमा लिन थालिएको छ। 

यसैक्रममा सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाउने तयारीलाई रोक्न  सेना नै परिचालन गरिएको छ। सामान्यतयाः देशको सीमा रक्षा र देशभित्र गम्भिर संकट आउँदा मात्रै सेना परिचालन गर्ने परम्परा छ। तर, सभामुख सापकोटालाई धुलिखेलमा कालो झण्डा देखाउँदा भएको प्रहरी झडपमा सेना परिचालन भएको छ।

धुलिखेलको मिराबेल चोकनिर एमाले समर्थित युवा संघ नेपाल र अनेरास्ववियुका कार्यकर्ताले सभामुखलाई कालो झण्डा देखाएका थिए। त्यसक्रममा हतियारसहितका सेना चरिचालन गरिएको नेकपा एमाले समर्थित युवा संघले दाबी गरेको छ। 

एमाले युवा संघले नियोजित रुपमा सेना परिचालन गरिएको बताए पनि सैनिक प्रवक्ता नारायण सिलवालले भने त्यस्तो केही नभई सेना नियमित अभ्यासका क्रममा बाहिर निस्केको बताए। प्रवक्ता सिलवालले यस्तो बताए पनि जिल्ला सुरक्षा समन्वय समितिले सभामुखकै सुरक्षाका लागि नेपाली सेना परिचालन गरेको बताएको छ। 

काभ्रेको सारथी होटलमा आयोजित सातै प्रदेशका सभामुखसँगको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सभामुख सापकोटालाई कालो झण्डा देखाइएको हो।
 

कालो झण्डा

विशेष