समाचार विदेश

चीनमा वढ्दो कोभिड महामारीपछि खोपको प्रभावकारितामाथि नै प्रश्न

चीनमा वढ्दो कोभिड महामारीपछि खोपको प्रभावकारितामाथि नै प्रश्न

सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना महामारी त्यहाँ अझै रोकिएको छ। विभिन्न रुपमा चीनमा कोरोनाको प्रकोप अझै जारी छ। चिनियाँ अधिकारीहरूले कोरोना महामारी नियन्त्रणका लागि अर्को कदम चाले पनि उनीहरु सफल हुन सकेका छैनन् । 

बेइजिङलगायत धेरै प्रमुख सहरहरूले कोरोना महामारीको गम्भीर स्थितिको सामना गरिरहेका छन्। बेइजिङको चाओयाङ जिल्ला भित्रका अधिकांश व्यवसायहरू बन्द छन्। त्यहाँका बासिन्दाहरूलाई केही दिन घरभित्रै बस्न आदेश दिइएको छ। सन् २०२३ को सुरुवातमा यो देश कोभिड संकटको चौथो वर्षतर्फ अघि बढिरहेको छ र शून्य–कोभिडको नीति पूर्ण असफल भएको बताइएको छ। 

डब्ल्यूएचओले कोभिडको अन्त्य नजिकै भएको दाबी गरे पनि चीनको सन्दर्भमा भने यो नितान्त फरक छ। अहिले चीनमा फैलिरहेको ओमिक्रोन भेरियन्टहरू अघिल्लो सबभेरिएन्टहरू भन्दा धेरै संक्रामक भएको बताइएको छ। चिनियाँ अधिकारीहरूले कडा कदम चालेको भएता पनि अचानक कोभिड संक्रमितको संख्या वृद्धि हुनुको कारण यही भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बताइरहेका छन्। 

व्यापारिक सहरबाट फैलिएको ओमिक्रोनको नयाँ भेरियन्ट मुख्यतया चाओयाङ, चाङपिङ, हैदियान, फेंगताई र टोङझाउ जिल्लामा तीव्ररुपमा फैलिएको छ। अर्को कारण देशमा कमजोर खोप दर पनि पछिल्लो लहरको कारण भएको बताइएको छ। चीनमा ८० वर्ष र त्यसभन्दा माथिका उमेरका मानिसहरूमध्ये आधाले मात्र प्राथमिक खोपहरू पाएका छन्, तिनीहरूमध्ये २० प्रतिशतभन्दा कमले बूस्टर डोज सुरक्षित गरेका छन्। ६०–६९ उमेर समूहको ६० प्रतिशत भन्दा कमले पूर्ण रूपमा खोप लगाएका छन्।

सन् २०२१ को मध्यमा सीमित क्लिनिकल–परीक्षण डेटाको आधारमा विश्व स्वास्थ्य संगठनले कोरोनाभ्याकसिन ५१ प्रतिशत र सिनोफार्म ७९ प्रतिशत कोरोना रोक्न प्रभावकारी रहेको सुझाव दिँदै चीनको खोपहरूको आपतकालीन प्रयोगको लागि अनुमोदन ग¥यो। यो विश्व स्वास्थ्य संगठनको सूचीकरणको समयमा अक्सफोर्ड विश्वविद्यालय–एस्ट्राजेनेकाको भाइरल–भेक्टर खोपको लागि रिपोर्ट गरिएको ६३ प्रतिशत प्रभावकारितासँग बराबर थियो।

तर फाइजर–बायोएनटेक र मोर्डेनाद्वारा विकसित एमआरएनए खोपहरूको ९० प्रतिशत प्रभावकारी भएको बताइएको थियो। बेइजिङस्थित कम्पनी सिनोभ्याक र बेइजिङको सरकारी स्वामित्वको सिनोफार्मले उत्पादन गरेको कोरोनाभ्याक नामक खोपहरू विश्वमा सबैभन्दा बढी प्रयोग हुने कोभिड–१९ विरुद्धका खोप हुन्।

परम्परागत रूपमा भ्याक्सिनहरू मृत वा कमजोर भाइरस अणुहरू हुन्, जसले प्रतिरक्षा प्रणालीमा रक्षात्मक सेतो रक्त कोशिकाहरूलाई भाइरससँग जुध्न र यसलाई प्रभावहीन बनाउन एन्टिबडीहरू सिर्जना गर्दछन्। सिनोफार्मको कोभिड–१९ खोप, जसमा निष्क्रिय कोरोना भाइरसहरू छन्, यस्तै एउटा उदाहरण हो। अर्को विधि नोभाभक्सको कोभिड–१९ खोपले प्रयोग गरेको थियो जुन भाइरसबाट पृथक प्रोटीन हो।

फाइजर, बायोएनटेक र मोर्डेनाले भाइरस आनुवंशिक सामग्री अर्थात एमआरएनए प्रयोग गरेको छ, जसलाई उत्पादित अत्यधिक प्रभावकारी खोप मानिन्छ। एस्ट्राजेनेकाद्वारा भाइरल भेक्टरहरू प्रयोग गरिएको थियो।

तिनीहरू चिनियाँ खोपभन्दा निकै धेरै प्रभावकारी मानिएका छन्। अन्वेषकहरूले कोरोनाभ्याक र सिनोभ्याक प्रकारका खोपहरू कम प्रभावकारी भएको दाबी गरेका छन्। यसले धेरै भाइरल प्रोटीनहरू विरुद्ध प्रतिरक्षा प्रतिक्रिया ट्रिगर गर्दछ। यसको विपरित, फाइजर–बायोएनटेक र मोडर्नाका र भाइरल–भेक्टर भ्याक्सिनहरूले स्पाइक प्रोटिनको प्रतिक्रियालाई लक्षित गर्छन्, जहाँबाट यो मानव कोषहरूमा प्रवेश गर्छ। 

अधिकांश चिनियाँ खोप आयात गर्ने सेशेल्स र इन्डोनेसिया जस्ता देशहरू उनीहरूले प्रस्ताव गरेको सुरक्षाको बारेमा चिन्तित थिए। ओमिक्रोन भेरियन्टको द्रुत प्रसार एक प्रमुख कारक थियो, किनकि चिनियाँ स्वास्थ्य अधिकारीहरूले स्वीकार गरे कि चिनियाँ खोपहरू ओमिक्रोन विरुद्ध प्रभावकारी थिएनन्। 

हङकङ युनिभर्सिटी र अन्यले मार्चमा प्रकाशित गरेको एउटा शोधपत्रमा हङकङमा दुईवटा शट लगाएपछि संक्रमित भएका करिब ४ हजार ३०० व्यक्तिमाथि गरिएको अध्ययनले सिनोभ्याक भ्याक्सिन लगाएका गम्भीर लक्षण भएका व्यक्तिहरूको संख्या बढी भएको पाइएको थियो। फाइजरले खोप लगाएको भन्दा तीन गुणा बढी भएको बताइएको छ।

चिनियाँ समस्याका दुईवटा स्पष्ट कारण छन्। पहिलो, बेइजिङको बहुचर्चित ‘जिरो कोभिड’ नीतिले अपेक्षित नतिजा हासिल गर्न असफल भएको छ र दोस्रो भनेको कोरोनाभाइरस विरुद्धको चिनियाँ खोपको प्रभावकारिता कमजोर देखिन्छ। खोपहरूको प्रभावकारीताले चिनियाँ अधिकारीहरूलाई संक्रमणको श्रंखला तोड्न जबरजस्ती तालाबन्दीमा भर पर्नु बाहेक अर्को विकल्प नभएको बताइएको छ। जसले मानिसहरूको जीविकोपार्जनमा प्रतिकूल असर पारेको छ र रोजगारी र आम्दानी गुमाएको छ।

क्यानसिनो बाइलोजिक्स इन्क, एक चिनियाँ कम्पनीले एडेनोभाइरस भेक्टर प्रविधि प्रयोग गर्ने कन्भिडेसिया एयर नामको खोप विकास गरेको छ। यो पहिलो सुई–रहित विकल्प हो जुन सास फेर्न सकिन्छ। एमआरएनए टेक्नोलोजीबाट भ्याक्सिनको अपेक्षा पूरा नभएकोले चीनले अनुसन्धानलाई गति दिइरहेको छ। २०२१ मा टियांजिनमा आधारित बायोफार्मास्युटिकल कम्पनी, क्यानसिनो बायोलोजिक्सले आफ्नो इन्ट्रामस्कुलर कोभिड–१९ खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण पूरा ग¥यो, जसमा विश्वव्यापी रूपमा ४५,००० स्वयंसेवकहरू संलग्न थिए। यो खोपपछि चीन, हंगेरी, पाकिस्तान, मलेसिया, अर्जेन्टिना र मेक्सिकोमा प्रयोगको लागि स्वीकृत भएको थियो।

इन्हेलेबल भ्याक्सिन चिनियाँ खोप उद्योगको लागि अर्को परीक्षण हो, जसले कोभिड–१९ को शुरुवातपछि विश्वका धेरै देशहरूमा कम प्रभावकारी खोपहरू बेचेर अरबौं डलर कमाएको छ। चीनका भ्याक्सिन निर्माताहरूले यी कम विकसित देशहरूमा सामान्यभन्दा बढी मूल्यमा खोप बिक्री गरेकोमा विभिन्न गुनासोहरू उठेका छन्। 

यी विश्वव्यापी रूपमा वितरण गरिएका चिनियाँ खोपहरूको कम प्रभावकारिताले तिनीहरूमा निर्भर रहेका धेरै देशहरूमा लामो समयसम्म कोभिड–१९ संक्रमण भएको छ। चीनमा पनि त्यस्तै देखिन्छ र यी चिनियाँ खोपहरू प्रतिरक्षा राख्ने नयाँ संस्करणहरूले कोभिड–१९ का केसहरूमा व्यापक वृद्धि गरिरहेको छ।

कोभिड–१९ महामारीपछि कम्युनिष्ट सरकार आलोचनाको निशाना बनेको थियो। न त चिनियाँ खोपले छवि सुधार भयो न त ‘शून्य कोभिड’ नीतिले चीनका लागि अपेक्षित नतिजा हासिल गर्न सक्यो। 

विशेष