समाचार

राजेन्द्र खेतान र बसन्त चौधरीको प्रायोजनमा बालेन्द्र बिरोधी गतिविधि !

राजेन्द्र खेतान र बसन्त चौधरीको प्रायोजनमा बालेन्द्र बिरोधी गतिविधि !

नेपाल कृषि प्रधान देश हो। भनिन्छ, अहिले पनि ६० प्रतिशत भन्दा वढि जनता कृषिमै आश्रित छन्। तर, चालम, दाल, तरकारी, तेल, चिनी सवै आयात गरेर जिवन निर्वाह गर्छन। 

तराई–पहाड सवैतिर जग्गा बाँझो छ। थोरै मात्रामा हुँदै आएको कृषि कर्मका लागि पनि काम गर्ने जनशक्तिको अभाव छ। आज भोली तराई मधेशमा भारतीय क्षेत्रबाट मजदुर बोलाएर खेती गर्ने प्रचलन वढेको छ। 

उद्योग कलकारखाना सवैतिर भारतीय मजदुरले काम गरिरहेका छन् । अधिकांश नेपाली युवा चै विदेशमा छन्। बाँकी रहेका युवा युवती पनि खेती किसानी गर्न रुचाउँदैनन्। उनीहरु सहरका फुटपाथमा चाईनिज समान बेच्नमै मस्त छन्। सडक अतिक्रमण गर्नेको हुल छ। घरगाउँको खेतीपाती छोडेर सहर पसेका तिनीहरुनै अहिले गरिवका नाममा फुटपाथ हडपेर वसेका छन् ।

अर्कोतर्फ आनाकै ६०/७० लाख पर्ने नदी किनारसहित सार्वजनिक जग्गा अतिक्रमण गर्नेको होड छ। यही जनशक्ति अहिले काठमाण्डौ महानगरका मेयरले ठेला कब्जा गरेको भन्दै रोईकराई गरेका छन्।  बालेन्द्रलाई गाली गरिरहेको छ। 

यसको प्रायोजन भने लक्ष्मी बैंकका प्रवर्धक राजेन्द्र खेतान र नर्भिक अस्पतालका मालिक वसन्त चौधरी गरिरहेका छन्। लक्ष्मी बैंक र नर्भिक अस्पताल दुवैमा बालेन्द्रले धावा बोलेपछि उनीहरु बालेन्द्र विरुद्ध समाजिक सञ्जाल परिचालन गर्नेदेखि मिडिया उचाल्नेसम्मका काम गरिरहेको स्रोतका दावी छ।

फुटपाथमा राजनीति, बालेन्द्र विरुद्ध कुप्रचार
काठमाण्डौंमा कम्तिमा आधा जनसंख्या पैदल हिँड्छ। तर, फुटपाथमा हिड्ने विरलै हुन्छन्। हिँड्न नचाहेर होईन, लायकै नभएर। फुटपाथमा थरीथरीका अवरोध छन्। 

नाङ्ला पसले, साइकलमा फलफूल बेच्ने, नास्ता पसले, सस्ता लुगाफाटा पसले सवैले फुटपाथ आफनै विर्ता सरह प्रयोग गरिरहेका छन्। यि यावत समस्याले काठमाण्डौं पैदल हिड्नै नसक्ने अवस्था छ। वालेन्द्रले फुटपाथ खाली गर्ने अभियान चलाएका छन्।

यो अभियान आज सुरु भएको होईन, बालेन्द्र मेयर वनेपछि यसका चरणबद्ध प्रक्रिया पुरा भएका छन्। सुचना टाँस्ने, माईकिङ गर्ने, नगर प्रहरी पठाएर सचेत गराउने लगायतका सवै प्रकृया पुरा गरिएका छन्।

तर, यो सवै प्रकृया थाहै नपाए झै गरेर पसलेहरु आफनो दोकान चलाईरहेका छन्। अटेर गरेरै फुटपाथ कब्जा गरिरहेका छन्। यही अटेरीका कारण वेला–बेला नगर प्रहरीले यि पसलमा धावा बोल्छ। यसैको निरन्तरता हो, थापाथलीकी ३४ वर्षिया शर्मिला तामाङको ठेला प्रकरण।

यसलाई कतिपय मिडिया र सामाजिक संजालमा अतिरन्जित गरियो। सामाजिक सञ्जालका प्रक्रिया हेर्दा लाग्छ–‘बालेन्द्रले काठमाण्डौं सुधार गर्नै पर्ने गरी ऋण खाएका छन्, तर सुधारको काम गर्दा यथास्थितीमा परिवर्तन गर्न भने पाउने छैनन्।’

‘फुटपाथ खुल्ला पनि चाहिने अनि त्यहाँ भएका पसल हटाउन पनि नपाईने’ यो प्रवृत्तिको नेतृत्व अहिले राजेन्द्र खेतान र वसन्त चौधरीले गरिरहेका छन् । लक्ष्मी बैंकले टुकुचा खोलामाथि नक्सा पास नगरी भवन वनाएको कुरा अव कसैबाट लुकेको छैन।

उक्त भवन भत्काउन महानगरपालिकाले जारी गरेको पत्र समेत सामाजिक संजालमा वग्र्रेल्ती छन्। यसैगरी, नर्भिक अस्पतालले भाडामा लिएको १ रोपनी ८ आना जग्गामा बनाएका संरचनाको नक्सा पास नभएको भन्दैे बालेन्द्रले २४ घण्टा भित्र भत्काउन अल्टिमेटम दिएका थिए। अदालतले अन्तरिम आदेश जारी गरेपछि उक्त संरचना अहिले जोगिएको छ। 


यसैको वदला लिन अहिले राजेन्द्र र बसन्तले बालेन्द्रलाई अवरोध गर्ने रणनीति बनाएका छन्। केही समयअघि राजेन्द्र खेतानले मिडियालाई टुबोर्ग बियरको विज्ञापन वाँडेर टुकुचा प्रकरणमा बालेन्द्र विरुद्ध उचालेको आरोप लागेको थियो।

कतिपय मिडियाले टुकुचा माथिका अवैध संरचानालाई नदेखे झै गरी नगर प्रहरीले बैधानिक संरचना भत्काउन धम्की दिएको भन्दै समाचार वनाएका थिए। कतिपय जानकारहरु ‘टुबोर्ग बियर खाएर मातेकाहरुले होस गुमाएको र तिर्मिराएका आँखाले लक्ष्मी बैंकको अबैध संरचना देख्दै नदेखेको’ ब्यंग्य गर्न थालेका छन्।

यति मात्र होईन, काठमाण्डौं सुधार गर्न थालेका बालेन्द्रलाई अहिले गरिव विरोधी भन्दै प्रचार गर्न थालिएको छ। सुधार चाहाने तर हरेक काममा अवरोध गर्ने यही प्रवृत्तिले काठमाण्डौं अहिलेको अवस्थामा पुगेका जानकारहरु बताउँछन्।

बाध्यता होईन सहरी गरिबी
जानकारहरुका अनुसार काठमाण्डौं लगायत ठुला सहरहरुमा देखिएको यो समस्या समाधान गर्नै नसक्ने भन्ने होईन। अधिकांश फुटपाथ पसले वाहिरबाट आएर काठमाण्डौंमा जरो गाडेर वसेका छन्। अधिकांश युवा शहर पसेपछि उद्योग÷ब्यवसाय कामदारविहिन छन्। उद्योगी भन्छन –‘आउ काम गर। काम/श्रमको मूल्य दिन्छु।’

यसैगरी गाउको अवस्था हेर्दा टिठ लाग्दो छ। ‘मलाई खाली गरेर नजाउ। तिमि नभएर न्यास्रो लागिरहेको छ’ भने झै लाग्छ। धर्ती माताले चिच्याई चिच्याई ‘मलाई उजाड नबनाउ। आउ खेती गर, सिचाइ गर, मलाई हराबरा बनाउ’ भने झै लाग्छ। तर युवाको अवस्था भने ठिक विपरित छ। ‘हुँदैन् हामी नदी अतिक्रमण गर्छौ। सडक अतिक्रमण गर्छौ। बालेनलाई गाली गर्छौ।’ भने झै गर्छन। उनीहरु शहर प्रति नै लालायित छन्।

तर, यसलाई ब्यवस्थापन गर्न सकिन्छ। त्यतिमात्र होईन, गाउँमा रहेको बाँझो खेत र जनशक्ति नपाएर वन्द हुने अवस्थामा रहेका कतिपय उद्योग समेत संचालन गर्न सकिन्छ।
यस्ता छन् विकल्प
१. खेती खेती/किसानी गर्ने, पशुपालन गर्ने।
२. आफनो जमिन नभए अँधिया लिएर बैज्ञानिक खेती गर्ने।
३. औद्योगिक क्षेत्रमा श्रम गर्ने, उद्योग ब्यवसाय गर्ने।
४. प्लम्बर, इलेक्ट्रिसियन, सिकर्मी, डकर्मी जस्ता प्राबिधिक सिप लिने र क्षमता अनुसारका काम गर्ने।

यो पनि 

लक्ष्मी बैँक नर्भिक अस्पताल बालेन्द्र साह राजेन्द्र खेतान वसन्त चौधरी

विशेष