वालेन्द्रको काममा हर्कको अब्जेक्सनः ठेला प्रकरणले फेरी दोहोरी चल्ने खतरा

काठमाण्डौको थापाथलीमा चिया र चटपटे वेचेर गुजारा गर्दै आएकी ३४ वर्षिया शर्मिला तामाङको ठेला प्रकरणले काठमाण्डौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङ बीच फेरी दोहोरी चल्ने सम्भावना वढेको छ।
काठमाण्डौं महानगरपालिकाको नगर प्रहरीले तामाङको ठेला कब्जा गरेपछि सामाजिक सञ्जालमा ब्यापक आलोचना भईरहेको छ। यही क्रममा शुक्रवार साम्पाङले शर्मिलालाई एक महिनाको तलव दिने भन्दै सहयोगको कुरा गरेका छन्। शर्मिलाको ठेला समाएर रोएको फोटो शेयर गर्दै उनले ट्वीटरमा लेखेका छन्–‘यी बैनी को हुन् ? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु ! जय मान्छे !’
साम्पाङको यो घोषणाको जवाफ बालेन्द्रले फर्काउन थाले उनीहरु बीच फेरी घोचपेच हुनसक्ने धेरैको आँकलन छ। यस अघि पनि काठमाण्डौंको फोहोरको विषयमा बालेन्द्र र हर्कका विचमा घोचपेच चलेको थियो।
स्वतन्त्र उम्मेद्वारी दिएर चुनाव जितेका चर्चित मेयर साम्पाङले व्यंग्यात्मक स्ट्याटस लेखेपछि अर्का चर्चित मेयर बालेन्द्रले पेचिलो जवाफ फर्काएका थिए।
यता, लमजुङ स्थायी घर भएकी ३४ वर्षीया शर्मीलाको ठेलाको समान विहिवार नगर प्रहरीले छरपस्ट पारेको विषयमा सामाजिक संजाल तातिएको छ। फुटपाथ खाली गराउनु जायज भएपनि विकल्प विना सामान कक्जा गर्नु गलत भएको धरैको मत छ।
एलिजा ढकाल नामकी ट्वीटर प्रयोग कर्ताले लेखेकी छिन–‘काठमाडौँमा फुटपाथमा व्यापार गर्न नदिने निर्णय एकदमै सहि निर्णय हो। फुटपाथमै व्यापार गरेर पेट पाल्ने जनताको रोजिरोटीको व्यवस्थापन पनि मेयरको जिम्मेवारी हो। जनता भोकै सुतेको, रोएर सुतेको सहर सुन्दर हुनै सक्दैन । काठमाडौले विकासलाई जनताको दैनिकीसँग, सहजतासँग जोड्न सक्नुपर्छ।’
यसैगरी पंकज राईले ‘पुँजीवादले जन्माएको नव सभ्रान्त वर्गको प्रतिनिधि बालेन शाहले गरीबको चमेली कोही छैन भन्ने -याप गाएर पैसा कमाए। गरिबी बेचे र गरीबको उठीबास लगाउदै छन्। गरिबी पनि पुँजीवादमा बिक्छ भन्ने प्रमाणीत भयो।’ भन्दै मेयर साहको आलोचना गरेका छन्।
यादव देवकोटाले ‘जीवन बचाउन दुईछाकको जोहो गर्ने आशा बोकेर आएको मानिसलाई विश्वासको चप्पलसम्म पनि दिन नसक्ने शहर के शहर?’ भन्दै प्रश्न गरेका छन्। उनले लेखेका छ–‘ जीवन बचाउन दुईछाकको जोहो गर्ने आशा बोकेर आएको मानिसलाई विश्वासको चप्पलसम्म पनि दिन नसक्ने शहर के शहर?, ठेलामा जीवनको दुख बेचिरहेको मानिसलाई आँसु दिने शहर के शहर?, सडक बढार्ने, भारी बोक्ने, ठेला गुडाउने, फोहोर सोहर्ने कर्मी मानिसहरुले तपाईंलाई शहरिया हुनुको अभिमान जुटाईदिएका हुन्।’
यसैगरी, निर्मल प्रसाईले ‘भ्रष्टचारी, अपराधी, दुराचारी हास्ने अनि श्रमिक, मजदुर, गरिब, रुने देश नेपाल।’ भन्दै ब्यंग्य गरेका छन्।