समाचार

बलात्कारपछि योनीमा भाला रोपेर मान्छे मारिएको त्यो घट्ना

बलात्कारपछि योनीमा भाला रोपेर मान्छे मारिएको त्यो घट्ना

भौतिक पूर्वाधारमन्त्री रेणु यादवले बलिदानी दिवसका दिन दिएको हिंसात्मक अभिब्यक्तिले यति वेला गौर घट्नाको स्मरण ताजा भएको छ। मन्त्री यादवले गत ०७८ माघ ५ गते रौतहटको गौरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै सीके राउतलाई हत्या गर्ने धम्की दिएपछि उनी आफु त विवादमा परेकी छिन् नै अध्यक्ष उपेन्द्र यादवलाई समेत झस्काएको छ।

उनले जनमत पार्टीका अध्यक्ष सीके राउतको नाम लिएर भनेकी थिईन–‘म डाक्टर साहेबलाई यतैबाट भन्छु कोही एक विरामी मरिहाल्छन्। र तपाईँलाई घेराबन्दी पारेर मारिदिन्छन्। त्यसैले सतर्क भइहाल्नुस्।’ जनता समाजवादी पार्टीकी नेतृसमेत रहेकी मन्त्री यादवले राउतलाई गौर घटना दोहोरिन सक्ने भएकाले सचेत रहन चेतावनी समेत दिइन् ।

७ चैत २०६३ मा गौरको राइसमिलमा भएको उक्त घट्नामा २८ माओवादी कार्यकर्ता मारिएका थिए । तर, नेकपा माओवादी केन्द्रले भने सुरु देखिनै यो घट्नालाई वेवास्ता गर्दै आएको छ।

किन चुपचाप छ माओवादी ?
गौर घट्ना उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरमले घटाएको विभिन्न प्रतिवेदनले पुष्टि गरेको छ। घटनामा उपेन्द्र यादवविरूद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा समेत दर्ता छ।

घटनाको भोलिपल्ट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबारिया प्रतिगामी तत्व र भारतीय विस्तारवादी शक्तिको साँठगाँठमा घटना भएको भन्दै विज्ञप्ति निकाल्दै फोरमलाई प्रतिबन्ध लगाउन माग गरेका थिए।

यो पनि - किसानले पाउनु पर्ने मलको बिषयमा बुझ्न खोज्दा यसरी झपारे साल्टका कर्मचारीले

तर, पटक–पटक सत्ताको नेतृत्व गरेको माओवादीले गौर घटनाको छानबिन र कारबाही गर्न कहिल्यै चासो देखाएन। बरू पहिलो संविधानसभाको चुनावपछि ठूलो दल बनेको माओवादीले फोरमलाई सत्ताको सहयात्री नै बनायो। अहिले पनि जनता समाजवादी पार्टी (तत्कालीन फोरम) माओवादी केन्द्रसहितको गठवन्धन सरकारमा छ। 

यहाँसम्म कि भौतिक पूर्वाधारमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई कतिपय राजनीतिक दल र नागरिक समाजले ‘गौर नरसंहार’ को स्वीकारोक्तिको रूपमा अथ्र्याइरहे पनि २८ जना कार्यकर्ता गुमाएको माओवादीले कुनै प्रतिक्रिया दिएको छैन।

यसरी भएको थियो गौर घटना
उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम मधेसमा भर्खर उदाउँदै थियो। माइतीघरमा अन्तरिम संविधान जलाएर फोरमका अध्यक्ष उपेन्द्र यादव एक्कासी चर्चामा आए। पहिलो मधेश आन्दोलनको नेतृत्व गरेपछि मधेसमा जल्दोबल्दो पार्टीका रुपमा फोरम अगाडि आयो।

अर्कोतर्फ १० वर्षे जनयुद्ध लडेर माओवादीका जनमुक्ति सेना पनि ‘क्यान्टोनमेन्ट’ मा पुगिनसकेको अवस्था थियो। जनयुद्धको जोस उनीहरुमा पनि नहुने कुरै भएन। दुवै पार्टीबीच राजनीतिक हिसाबले कुनै द्वन्द्व थिएन। 

तर, २०६३ चैत ७ रौतहटको गौर नगरपालिका–५ स्थित राइस मिलको चौरमा फोरमले आमसभा गर्ने भनी प्रचार–प्रसार थालेको थियो। नेकपा(माओवादी) निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले पनि त्यही स्थान र मितिमा आमसभा गर्ने भनेर चैत ६ गते गौरमा प्रचार गरेको थियो।

आमसभाका लागि माओवादीले वाइसिएलका सदस्यहरूलाई विभिन्न जिल्लाबाट भेला परेको थियो । आमसभास्थल राइस मिल चौरमा करिब सय मिटरको दूरीमा उत्तरतर्फ माओवादीले र दक्षिणतर्फ फोरमले मञ्च निर्माण गरेका थिए।

कार्यक्रमको समय र स्थान जुधेपछि तनाव हुनसक्ने अनुमान धेरैले गरेका थिए । फोरमको कार्यक्रम सकिएपछि माओवादीले कार्यक्रम गर्ने र शान्तिपूर्ण रूपमा कार्यक्रम गर्ने समझदारी पनि भएको थियो। 

यसैविच फोरमका कार्यकर्ताहरू लाठीसहित जुलुस आयोजनागरी नगर परिक्रमा गर्दै आमसभास्थल गइरहेका थिए। करिव २ बजेतिर माओवादीको पनि जुलुस निस्कियो। 

फोरमको मञ्चमा आमसभा सुरू भइसकेको थियो। माओवादीको जुलुसले नगर परिक्रमा गरिरहेकै बेला फोरमका कार्यकर्ताले माओवादीको मञ्च तोडफोड गरे। माओवादीका कार्यकर्ताहरू पनि फोरमको मञ्च तोडफोड गर्न थाले। त्यसैविचमा गोलि चलेको आवाज सुनियो।

सहभागिहरुको भागदौड सुरु भयो। त्यहीबेला फोरमको मञ्चको पश्चिम–दक्षिण कुनाबाट एक फायरको आवाज आएको र त्यसपछि मञ्चको विभिन्न कुनाबाट गोली तथा बमको ठूलो–ठूलो आवाज आएको विभिन्न प्रतिवेदनमा उल्लेख छ।

दुवै पक्षले आमसभा गरेको राइस मिल परिसर केही बेरमै रणभूमिमा परिणत भयो। घटनास्थलमा सुरक्षाकर्मीको उपस्थिति थिएन। स्थिति नियन्त्रणभन्दा बाहिर गइसकेको र घटनास्थलमा ६ जनाको शव प्राप्त भएको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी सम्पर्क बाहिर रहेकाले प्रहरी उपरीक्षक आफैंले दिउँसो २ः४५ बजेदेखि कफ्र्यु आदेश जारी गरे।

राइस मिलको मैदानमा लासको चाङ लागेपछि त्यहाँबाट भागेका माओवादी कार्यकर्ताहरुलाई खोज्दै र लखेट्दै फोरमका कार्यकर्ताहरुको सुराकीमा ‘सार्प शुटर’हरुले अन्य दुई ठाउँमा पुगी लुकेर बसिहेका माओवादी कार्यकर्ताहरुको विभत्स तरिकाले सामुहिक हत्या गर्नथाले । प्रहरीले यसलाई टुलुटुलु हेरेर माओवादीसँगको रिस र पूर्वाग्रहको बदला लियो ।

आमसभास्थलमा ६, गौर नगरपालिका क्षेत्रभन्दा बाहिर हजमिनियामा ११, मुडवलवा जाने बाटोमा २, लक्ष्मीपुर बेलविछुवामा २ गरी २१ वटा शव फेला परेका थिए। उपचारको क्रममा गौर अस्पतालमा ४ र भरतपुर लैजाँदै गर्दा बाटोमा २ गरी २७ जनाको मृत्यु भएको थियो।

प्रत्यक्षदर्शीका अनुसार गौरभन्दा करिब १० किलोमिटर उत्तरतर्फ हजमिनिया गाविसअन्तर्गत पताही टोलको पूर्व बागमती नदीको किनारसम्म भागेका माओवादी कार्यकर्ताहरूमध्ये ३ महिला र ८ पुरुषलाई कब्जामा लिएर गाउँभन्दा पश्चिमतर्फको बौधीदेवीको मन्दिरमा ल्याइ बाँसको भाटा, ढुंगा र इँटा प्रहारगरी मन्दिरमा बली दिएर आगो लगाइ हत्या गरिएको थियो।

उनीहरुका अनुसार कब्जामा लिइएका तीन महिलालाई नाङ्गै पारेर बलात्कार गरिएको र पुनः कपडा लगाइ मन्दिरमा ल्याइ हत्या गरिएको थियो। घाइते प्रतिमा खातुनसहित अन्य महिलालाई फोरमका दर्जनौ कार्यकर्ताहरुले बलात्कार गरी भालाले रोप्दै छट्पटाइरहेको अवस्थामा जीउँदै आगो लगाएर हत्या गरे ।

हजमनिया बोधिमाई मन्दिरमा भएको सामूहिक हत्याकाण्डमा भागिरहेका माओवादी कार्यकर्ताहरुलाई वाग्मती नदीबाट कब्जा गरेर ल्याई रेखा परियार, उषा थापा र सरस्वती उप्रेतीलाई फोरमका कार्यकर्ताहरुले दर्जनौं पटक बलात्कार गरी गुप्ताङ्गमा बाँसका लाठी घोंचेर स्तन काटेर तड्पाउँदै जीउँदै आगो लगाएर मारेका थिए । बलात्कृत महिलाका स्तन काटिँदा ‘आफूहरु बिहे गरेर उनीहरुसँगै बस्न तयार भएको’ भन्दै ‘आफूहरुलाई यस्तो चरम यातना नदिन’ अन्तिमसम्म अनुनयविनय गरेका थिए । तर ती सबै जीउँदै आगो लगाएर मारिए । यद्यपि पोस्टमार्टम रिपोर्ट र लाश जाँच मुचुल्कामा बलात्कार नभएको देखिएको बताइएको छ।

गौर बजारमै रहेको फुसको घरमा लुकेर बसेकालाई घरबाहिर ल्याएर गोली हानेपछि घाइते अवस्थामा भाला, खुकुरी, ढुङ्गा, इट्टा, भाटा आदिले कुटीकुटी मारेका थिए ।

भाग्दैगर्दा निकै टाढाको घरमा शरण लिएर बसिरहेका माओवादी कार्यकर्ता रमाकान्त चौधरीलाई दर्जनौ फोरम कार्यकर्ताले लखेटी–लखेटी हत्यागरी बाँसको झाङमा फालिदिएका थिए । अन्य तीनजनाको नेपाली सेनाको भद्रकाली गण रहेको स्थान नजिकको सिर्सिया र मडलवाको चौरछेउ ढुंगा र इँटा प्रहार गरी हत्या गरिएको थियो ।

यसरी समग्र घटनाको प्रकृति हेर्दा मारिने माओवादीका कार्यकर्ताहरु सबै निशस्त्र थिए, प्रतिरोध कतै भएको थिएन । तर, पनि अहिलेसम्म माओवादी यस घट्नाको वारेमा चासो दिएको छैन।

जसपाका अध्यक्ष उपेन्द्र यादवलाई नै यो घट्नाको प्रमुख दोसीका रुपमा चित्रण गरिदै आएको छ। उक्त नरसंहारका मुख्य योजनाकार उपेन्द्र यादवलाई ठानिन्छ र उनका सहयोगीहरुमा बबन सिंह, ललन सिंह, चन्द्रिका सिंह, भुषण सिंह, अजय गुप्ता, बाबुलाल साह, गौरी शंकर, गगनदेव बैठा, शम्भु साह, बलराम सिंह कुँवर, गणेशमान यादवलगायतका रहेको यसअघिका छानबिन आयोगको रिपोर्टमा उल्लेख छ । 

यो पनि

किसानले पाउनु पर्ने मलको बिषयमा बुझ्न खोज्दा यसरी झपारे साल्टका कर्मचारीले

गौर घट्नामा भारतबाट ल्याईएको थियो हतियारधारी जत्था : पुण्य गौतमको खुलासा

पुन्य गौतमको खुलासाः यस्तो छ, उपेन्द्र र रेणु यादवको रङ्गिन मनोहर कहानी

रेणु यादव गौर घट्ना