समाचार

कांग्रेसको -यालीबाट मुख्यमन्त्री राउतको घरमा ढुङ्गामुढा

कांग्रेसको -यालीबाट मुख्यमन्त्री राउतको घरमा ढुङ्गामुढा

नेपाली कांग्रेसको -यालीमा सहभागि भएकाहरुले मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको घरमा ढुङ्गामुढा गरेका छन् । राउतको वीरगञ्जस्थित घरमा ढुङ्गामुढा भएको हो ।

मुख्यमन्त्री राउतको वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ को तेजारथ टोलस्थित घरमा प्रदेशको राजधानी जनकपुर बनेपछि वीरगञ्जलाई राजधानी बनाउनु पर्ने माग गर्दै नेपाली कांग्रेस वीरगञ्ज महानगर कमिटिले निकालेको -यालीबाट निस्केर एक युवकले ढुङ्गा प्रहार गरेको प्रत्यक्षदर्शीले वताए ।

ढुङ्गा लागेर राउतको घरको  सिसा फुटेको छ। नेपाली कांग्रेसको -यालीबाट मोटरसाइकलमा सवार एक युवकले मुख्यमन्त्रीको घरमा दुई वटा ढुङ्गा हानेको पर्सा प्रहरीका डिएसपी ओमप्रकाश खनालले वताए ।

ढुङ्गा चलाउने व्यक्ति र उसले चलाइरहेको मोटरसाइकलको सनाखत भएकाले खोजी भईरहेको खनालले जानकारी दिए । नेपाली कांग्रेस वीरगञ्ज महानगर कमिटिका सभापति भोला कलवारले पनि केही उच्छृंखल व्यक्तिले पार्टीलाई बदनाम गराउन त्यस्तो गरेको बताए ।
 

नेपाली काँग्रेस लालबाबु राउत

विशेष