समाचार

के भीम उपाध्याय चीनियाँ दलाल हुन? 

के भीम उपाध्याय चीनियाँ दलाल हुन? 

नेपालमा अहिले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को वहस घनिभुत रुपमा चलिरहेको छ । केही राजनीतिक दल र ब्यक्ति यस सम्झौताका विरुद्धमा उभिएकाछन् भने नेकपा एमाले, नेपाली कांग्रेसलगायतका राजनीतिक दल यसका पक्षमा देखिएका छन् ।

यसैविचमा एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन व्रुक्ससहितको टोलीले नेपाल भ्रमण गर्ने अघिल्लो दिन एमसीसीसँग सम्वन्धित एउटा डकुमेन्ट सार्वजनिक भयो । जसमा एमसीसी÷एमसीए नेपालका कार्यकारी निर्देशक खड्कवहादुर विष्टले ११ करोडको बजेट खर्च गरेर एमसीएका पक्षमा नेपालभित्र ब्यापक समर्थन जुटाउने प्रस्ताव गत अगष्ट २० मा गरेको कुरा वाहिर आयो ।

यो डकुमेण्टले सवैको ध्यान तान्ने नै भयो । यो विषय धेरै वेर कौतुहलतामा भने रहेन । मिलेनियम च्यालेन्जको नेपाल वोर्डले आफनो आधिकारीक ट्वीटरमा उक्त डकुमेन्ट नै गलत भएको स्पष्टिकरण दिएपछि धेरैले यथार्थ जानकारी पाए । ट्वीटरमा लेखिएको छ–‘एमसिए–नेपालका कार्यकारी निर्देशकको नक्कली हस्ताक्षरसहित एक नक्कली दस्तावेज ट्विटरमा सम्प्रेषण गरिएकोमा हाम्रो ध्यानाकर्षण भएको छ। उक्त भ्रामक एवं असत्य सन्देशको भर्त्सना गर्दै त्यसमा कुनै सत्यता नभएको जानकारी गराउँछौँ । यसविरुद्ध कारवाहीका लागि सम्बन्धित निकायसँग पहल गर्दैछौँ।’

तर, एमसीसीको विरोध गर्न मौका कुरेर वसेकाहरुले भने अहिले पनि त्यो विषयलाई प्रचार गरिनै रहेको पाईएको छ। तिनै मध्ये पुर्वाधार विज्ञका रुपमा चिनिएका भिम उपाध्याय पनि सहभागि छन् । उनले फेसवुकमा सोही नक्कली डकुमेण्ट राखेर भ्रम फैलाएको एमसीसी नेपालले जनाएको छ।

मुलतः एमसीसीको विरोध सतही रुपमा हुने गरेको छ । खासगरी अमेरिका र पश्चिमाका स्थायी विरोधीबाट एमसीसीको विरोध भएको छ । उनीहरूले अमेरिकाले जहिले जे गरे पनि विरोध नै गर्दै आएको जानकारहरु वताउँछन । चीन समर्थित राजनीतिक दलका नेता, स्वघोषित अभियान्ता, नागरिक अगुवालगायत यसको खरो विरोध गर्ने गरेका छन्। उनीहरुको यो विरोध खासमा ‘नुनको सोझो’ गर्नु भने जस्तै हो । स्वतन्त्र राष्ट्रिय अभियान, नेपालका संयोजक तथा अधिवक्ता स्वागत नेपाल, राजनीतिक विश्लेषक भरत दाहाल लगायतका ब्यक्तिहरु यस्ता विरोधमा सहभागि हुने गरेका छन्। अव उपाध्याय जस्ता ब्यक्ति पनि सोही मेसोमा मिलेको पार्ईएको छ।

यसको साथै राष्ट्रवादको भ्रम पालेका सर्वसाधारण पनि विरोधमा छन्। एकाध चर्चित व्यक्ति वा विज्ञ भनिएका व्यक्तिले कुनै पनि कुरा राष्ट्रियता र सार्वभौमिकताको विपरीत छ भनेर बोलेको सुनेपछि त्यसको पछाडि लागिहाल्नेहरु एमसीसीको पनि विरोधमा देखिएका छन् । एमसीसीको पक्षमा रहेकाहरुले भने उपाध्याय पनि के चीनियाँ दलालको रुपमा अगाडि आएको आरोप लगाउन थालेका छन् ।

यो पनि

प्रधानमन्त्री र प्रचण्डभन्दा पहिला ओलीलाई भेट्दै एमसीसी उपाध्यक्ष फातिमा सुमार

एमसीसी प्रकरणमा ओली र देउवा एकै ठाउँ, प्रचण्डलाई गठवन्धन जोगाउनै मुस्किल

सांसदलाई देउवाको अंकुश– एमसीसी नवुझेकाले नवोल्नु

ओली र देउवाको भद्र सहमतिः गठबन्धनलाई पेल्ने, संसद अवरोध नगर्ने

चीनियाँ प्रायोजनमा नेपालमा विकास बिरोधी प्रोपोगान्डा

एमसीसी भीम उपाध्याय