समाचार राजनीति

ओली जस्ता ‘गुण्डानाईके’ र प्रचण्ड जस्ता ‘चण्डाल’ले देश डुवाए, कार्यकर्ता जति सुकुलगुण्डा

ओली जस्ता ‘गुण्डानाईके’ र प्रचण्ड जस्ता ‘चण्डाल’ले देश डुवाए, कार्यकर्ता जति सुकुलगुण्डा

१ हजार महिलासँग यौन सम्पर्क गरेको दावी गर्ने जनता समाजवादी पार्टीका नेता तथा कृषि वैज्ञानिक मदन राईले पार्टीमा लागेका ठेकेदार, कर्मचारी, शिक्षक, सहकारीका पदाधिकारी र कर्मचारी, एनजीओ र निजी स्कुलका सञ्चालकहरुलाई सुकुलगुण्डाको उपमा दिएका छन् । देश विग्रनु र विकाशको गतिमा अघि नवढ्नुमा यिनै सुकुलगुण्डा मुख्य दोशी भएको उनको आरोप छ।

नेपाल आजसँगको कुराकानीका क्रममा राईले यीनै सुकुलगुण्डाहरुले जनताको पैसा संकलन गरेर मन्त्री अर्थात गुण्डा नाईकेको हातमा पुर्याउने र अनि विकासका नाममा फेरी तिनै सुकुलगुण्डाको हातमा देशको वजेट पुग्दा सर्वसाधारण नागरिकले विकासको अनुभुती गर्न नपाएको उनको भनाई छ ।

देशको यही अवस्था देखेर आफुले चै देशको विकासमा सहयोग गर्ने उदेश्यले २२ वर्षदेखि खोटाङ्गमा स्कुल चलाएर वसेको उनले वताए । उनी भन्छन्–‘२५ वर्षअघि नै नयाँ शिक्षाको कल्पना गरेको । २२ वर्षदेखि खोटाङ्गमा चलिरहेको छ। त्यसमा ब्यस्त छु ।’

तपाईको सामाजिक सञ्जालमा नेता, राज्य, सरकार र पार्टीप्रति आक्रोश हुन्छ। यो आक्रोश किन ? भन्ने प्रश्नको उत्तरमा उनी भन्छन्–‘म यो संसार घुमेको मान्छे। म धेरै भाग्यमानी। संसारकै सवैभन्दा वढि दुःख खेपेको म हुँ। दुःखको हिसावले पाताल र सुखको हिसावले आकाश पुगेको । सुखदुखको दुईटै रुप मैले भोगेको छु। गाउँमा वसेको, ९ वर्षसम्म ‘क’ नपढेको मान्छे ।  गर्दा गर्दै अहिले नेपालको सवैभन्दा वढि पुस्तक पढेर प्रमाणपत्र पाएको छु । अमेरिका जापान, वेलायत, स्विजरलैण्ड, फ्रान्स, इज्रायलवाट मैले शिक्षा लिएको छु।’

राज्य ब्यवस्थामा पनि विकास कसरी हुन्छ ? भनेर राजा विरेन्द्रको पालामा १७ वर्ष काम गरें । संयुक्त राष्ट्रसंघमा १५ वर्ष काम गर्दा ७२ देश घुम्न पाएँ। अनि फेरी मसँग ५ पैसा नभएको । एसएलसी दिएर काठमाण्डौं आउँदा खाली खुट्टा चारमाना चामल, चार मुठी सिन्की, एक मुठी नुन, खास्टो र एउटा सिल्वरे भाँडो डोकोमा वोकेर आको वाउ खोज्दै, मैले देखेको थिएन । अनि आमाको आधा तोलाको माडवारी वोकेर म वाउ खोज्दै हिडेको । त्यसपछि विस्तारै मैले सम्पत्ति पनि मेरो लागि अथाह नै कमाए। पढ्न पनि अरुको भन्दा धेरै पढियो। सम्पत्ति पनि चाहेको भन्दा  अरु भन्दा धेरै हुन्थ्यो । अहिले पनि धेरै नै छ, धेरै जनाभन्दा कम छैन। पढ्नु पर्ने, जान्नु पर्ने, देख्नु पर्ने, सुन्नु पर्ने यि सवै कुरा गरेको छु। ७२ देश देखे। मान्छेहरु सवै रङ्गका देखे। सुन्ने, सुघ्ने, चाख्ने जति सवै गरे । खोलेवाट सुरु गरेको मैले ८४ के ६ सय ब्यन्जन ७ तारे होटलमा वसेर खाईयो होला। सवै भोगिसकेपपछि नेपाल चै धेरै अविकसीत, यति धेरै स्रोत साधन सम्पन्न देश छ। हाम्रो पानी र विरुवाको देश हो । संसारको सम्पत्ति नै पानी हो । पानी भएको देश कहिलै पनि गरिव हुँदैन। जहाँ पानी हन्छ। त्यहाँ विरुवा पनि धेरै हुन्छ। घाँस, पात जुडिवुटि, काठ दाउरा सवै हुन्छ। त्यसको सवैभन्दा धनि देशहरु मध्ये नेपाल पनि हो । 

र पनि यस्तो धनी देशको मान्छे वालुवाको खाडिमा, हामीभन्दा स्रोत साधनले कमजोर भएको मलेसियामा गएर चर्पी सोहोरेर, विदेशमा युरोप तिर चौकीदारी गरेर, अमेरीकामा भाँडा माझेर हामी किन ज्यान पाल्ने भनेर म नेपाल वनाउन मद्दत गर्नुपर्छ भनेर फर्केर आए। आएपछि राजनीतिक दल प्रवेश गरेको । सुरुमा कांग्रेस भएँ। कांग्रस पार्टी त लोकतान्त्रीक भनेको त कहाँ हुन्छ ? कम्युनिष्टहरुको संगठित सदस्य छन्, हामीले क्रियासिल सदस्य वढाउनु पर्छ भन्न थाले। क्रियासिल सदस्यता वढाएर संगठित सदस्यसँग भिडाउने हो भन्न थाले। कांग्रेस र कम्युनिष्ट जुधाउनु पर्छ भनेर लोकतन्त्रलाई नै चुनौति दिए । गिरिजाले कांग्रेसलाई कम्युनिष्ट वनाए । फेरी कम्युनिष्टहरु पनि कांग्रेस भए– भ्रष्टाचार गर्नलाई । सुति खानलाई, सुकुलगुण्डा हुनलाई । फेरी पञ्चायतको मण्डले, कांग्रेसको क्रियासिल सदस्य र कम्युनिष्टको संगठित सदस्य भएकाले सवै युवा सुकलगुण्डा भए । म त फेरी लोकतान्त्रीक देशहरुवाट धेरै पढेको । इण्डियावाट डिग्रि गरे। ५० वर्षअघि विएससी गरेको । वेलायतवाट फेरी अर्को डिग्री गरें, अमेरीका, स्विजर्लेण्ड, फ्रान्स, इजरायल सवै डेमोक्रेटिक देशमा वसेको मान्छे । अनि काम गरेको फेरी सद्दाम हुसेनको देश, कम्युनिष्टको देश र नेपालमा राजाको देश सवै ब्यवस्था हेरेपछि लोकतन्त्र भन्दा अर्को विकल्प देखिन। लोकतन्त्रवाट नेपालको विकास एकदमै छिटो हुन्छ। किन भने देशको विकास देशवासीले गर्ने हो सरकारले होईन। देशवासीलाई इंगेज गर्नका लागि लोकतन्त्र चाहिन्छ। उनीहरुलाई समान/मालिक वनाउनुपर्छ भनेर । लोकतन्त्रको लागि र विकासको लागि युएनमा धेरै तलव खाने मान्छे म फर्केर आएँ। फर्केर खोटाङ्ग गएको। नेपालमा राजनीतिक परिपाटी नै गलत देखें। लोकतन्त्र भन्ने तर पंचायतकै र राणाकालकै परम्परा। सिंहदरवारमा पुग्यो की ठालु हुने । दलहरुको जतिपनि सरकार वन्छ जनताको सेवक होनी त। जनताको नोकरी गर्ने मान्छे चै ठ्याक्कै राणा/राजा जस्तो ब्यवहार गरेर। भन्ने एउटा गर्ने एउटा। भनेको छ एउटा भएको छ अर्को । यो भएको कारणले मैले वेला वेलामा यो हुँदैन है भनेर कांग्रेस छोडेर धेरै समय स्वतन्त्र वसें। दल वनाउन पनि कोसिस गरे । नयाँ लोकतान्त्रीक दल कांग्रेसको विकल्पमा हुनु पर्छ भनेर ५५/५६ सालदेखि लागि रहेको छु । अहिले पनि छु । नभनौ वेल्लै कुरा हो तर समय लाग्दो रछ।

अहिले म चै जव वावुरामले पार्टी छोडे अनि हामी पार्टी छोड्नेहरु नयाँ सोचले जानुपर्छ, नयाँ विचारले जानु पर्छ भन्नेमा पुगें। नेपालमा चरण चरणको क्रान्ति भएको छ। ००७ सालको क्रान्ति राणाहरको विरोधमा थियो। ०१७ सालमा गलत थियो, महेन्द्रले गरेको । जतिसुकै राम्रो काम होस, लोकतन्त्र मास्ने कुनै पनि शासक/कुनै पनि सरकार ठिक छैन। राजा होसकी अरु । ३६ साल ४६ साल राम्रो भयो । नेपालको लोकतान्त्रीक/संवैधानीक राजाहरुमा विरेन्द्र भयंकर राम्रा थिए तर त्यो संस्था र परम्पराले नै उनलाई चल्न दिएन। तर, मार्दिइ हाले त्यो वेग्लै कुरा हो। 

राजनीति सवैले गर्नुपर्छ । तर, राजनीतिक दल र मतदाता दुवै गलत तरिकाले चले । म सवैलाई सचेत गराउँदैछु। नेताहरुलाई पनि भन्ने हो तर विशेष गरेर मतदातालाई ‘भोटरहरु होसियार’ भनिरहेको हुन्छु। सामाजिक संजालमा हेर्नु हुन्छ भने र अन्तरर्वातामा पनि। सुरु सुरुमा हामी जनताले मतदान नै गर्न जाँन्दैन, त्यसैले पञ्चायतकाल ब्यवस्था चाहिन्छ भन्थ्यौ। म त हाकिम थिए, मसहितका कर्मचारी लगायत राजा, पशुपिति शमशेर जवरा, सुर्यवहादुर थापा लगायतले हामी पञ्चायतका सवैभन्दा समर्थकहरुले के भन्यौं भने– नेपाली जनताले मत हाल्नै जान्दैनन्। अशिक्षित छन्, जवसम्म शिक्षित हुँदैनन् तवसम्म राजा चाहिन्छ भनेर, राजसंस्था नै ठिक छ भनेर जनतालाई वेवकुफ वनाउने काम भो ।

अहिले प्रणालीलाई गलत तरिकाले प्रयोग गरिदैछ। खाली भोट तान्ने काम मात्र भयो । कांग्रस र कम्युनिष्टको कम्पीटिसन छ। कसरी भोट तान्ने भन्दा १ मान्छेले १० मान्छे, एक मान्छेले ५ मान्छे, १० मान्छेले १०० मान्छे। यसरी गर्दा खेरी मान्छे/भोटर खोज्ने काम मात्रै भयो। यो स्थायी रुपमा भोटर खोज्ने क्रम चलिरहेको छ। संगठित सदस्य र क्रियासिल सदस्य तिनै हुन–भोटर खोज्ने संजाल। त्यस्तो भएपछि नेताहरुले कृयाशिल र संगठित सदस्य पाल्नु पर्ने । मैले कांग्रेसमा कृयासिल सदस्य पाल्न नसकेर मैले छोडेको । कार्यकर्ता पाल्न घुस खानुपर्ने, फेरी त्यस्ता कार्यकर्ता वसी खाने केहि नगर्ने, पैसा मात्रै माग्ने, मिठो खाने, वियर, मासु, खर्च गाडि माग्ने दुनियाँभरको । अहिले त्यस्तै छनी।

दुई पार्टीको नेताहरु विशेष गरेर ति पार्टीहरुको ध्याउन्नै मन्त्री कसरी हुने, मन्त्री भएर पैसा कसरी कमाउने भन्नेमा छ। पैसा के का लागि भन्दा भोट किन्नलाई । भोट किन्नलाई के गर्नु पर्यो भन्दा कार्यकर्ता पाल्नु पर्यो । फुल टाईमर कार्यकर्ता कस्को धेर छ त्यसले चुनाव जित्ने र नजित्ने हुन थाल्यो। खुमवहादुर खड्का पपुलर भएको कारण त तेही हो। फुल टाईमर कार्यकर्ता अनि सवैको आ–आफनो गुट। झुण्ड झुण्ड छ नी अहिले पार्टीहरुमा । कस्को धेर सीम्पत्ति छ उसले कार्यकर्ता पाल्न सक्छ। मैले त सन्सारको पोल्टिक्स देखेको हुनाले सक्दिन वा... भनेर छोडे। घुस खाने हो भने त किन आउनु ? कुनै पनि विकासका काम गर्न एक सय रुपैयाँ सकिनु पर्ने निधो गरेको छ। तर, काम भएन। किनकी सय रुपैयाँ खर्चै भएन। जम्मा १० रुपैयाँ मात्रै, त्यो पनि कागज मिलाएर काम भायो भनेर देखाएपछि त कसरी वन्छ देश ? खर्च भईरहेको छ, जनताले कर तिरिरहेको छ । विकास भएको छैन। पैसा कहाँ गयो भन्दा गुण्डा पाल्ने। अनि गुण्डाले पैसा के गर्यो भन्दा आफुले पनि खायो भोटरलाई पनि दियो । आखिरी त भोटरले नै खाईरहेको रछ। त्यो पैसा कहाँवाट आउँछ त ? राजनीतिक दलका गुण्डा र नेताहरु अर्थात गुण्डा नाईके। अहिले सवै भन्दा ठुलो गुण्डा नाईके त केपी ओली हो। उनले महेश वस्नेतदखि लिएर सुर्य थापाहरु जस्ता मतियारहरुलाई पाल्ने । कहाँवाट पैसा आउँछ भन्दा वजेट मिलायो, खायो। महत्वपुर्ण गल्ति चै यहाँ भयो । गुण्डा पाल्दा । भोट हाल्नेले चै के गर्छ भन्दा त्यस वापत समुह वा ब्यक्तिगत रुपमा ५ लाख देखि ५ सय रुपैयाँसम्म लिन्छ। नेताले चै अन्तिम अवस्थामा जसरी पनि, नगद वाँडेर भएपनि चुनाव जित्ने । 

अहिले कांग्रेसका ८ लाख जति क्रियासिल सदस्य पुगे। ८ लाख नै ओमाले (ओली माले) र मामाले (माधव माले) मा होला। ओमालेमा त अहिले पनि २/४ लाख सुकुलगुण्डा छन् । कार्यकर्ता भनेकै सुकुलगुण्डा हुन, वसीखाने अनि लुट्ने मात्रै । कस्ले धेरै लुटन सक्छ। आम्दानी गर्ने को हो भन्दा शिक्षकको लेवी, कर्मचारीको लेवी। सरुवा गर्ने, वढुवा गर्ने, चुपचाप घरमै वसेर तलव खाने यस्तावाट पैसा संकलन गर्ने। सहरकारीमा काम गर, सहकारीमा मसिनो जनताको पैसा भेला गर। जनतावाट संकलन भएको पैसाको चै ५ प्रतिशत ब्याज दिन्छ। अनि त्यहि पैसा १५/२० प्रतिशतमा लोन लगाउँछ। त्यसको मार्जिन चै सवै झ्याप। सहकारीमा को भन्दा सवै ओमाले छन्। एमालेको ७० प्रतिशत एनजिओ र सहकारी छ।

एनजिओलाई आफु सरकारमा हुँदाखेरी पैसा दियो । त्यहाँवाट कार्यकर्ता र गुण्डा पाल्ने। देखिदैन तर, गुण्डाहरु हुन क्या। भित्र भित्र सवै वजेट चै त्यसरी नै सकाउने। सहकारीको नाममा एकातिर ढुकुटी पनि रित्याईरहेको छ, अर्कोतिर ‘सहकारी सहकारी’ भनेको छ, खाली पैसा संकलन गरेर ब्याज लिएर मान्छेलाई ब्याजमा डुवाउने भन्दा केहि गरेको छैन ।

वैदेशीक रोजगारी नहुँदो हो त अहिले मान्छे टाट भईसक्थ्यो । विदेशमा कमाएको ४०/५० हजारवाट सहकारीलाई ५/१० हजार तिर्छ क्या यहाँ। गाउँघरमा चै सहकारीवाट सस्तोमा ऋण पाउँछ अनि जम्मा पनि गर्दै जाने भन्ने सोच हुन्छ। तर, साहुहरुले चै ५ प्रतिशत ब्याजमा ऋण पाउँछ, गरिवले चै १५ प्रतिशतमा ऋण लिनुपर्छ।

नेपाल कसरी चलिरहेको छ भन्दा सवै चर्पी सोहोर्न गएका छन। चौकीदारी गर्न गएको पैसा आईरहेको छ नेपालमा अनि त्यसले चलिरहेको छ। अहिले सहकारी चै सवै एमाले कांग्रेसको हातमा। कांग्रेसको अलि कम छ। कांग्रेसको चै ठेकदारहरु छन। फेरी ठेकदार चै को छ ? भन्दा पार्टीकै मुख्य नेताहरु र कार्यकर्ताको कंपनी छ।। सरकारमा हुँदाखेरी ठेक्का मिलाएर तिनीहरुलाई पाल्ने। कांग्रेसको चै ठेकेदारहरुवाट चै भ्रष्टाचार भयंकर छ। एमालेको चै मुल कर्मचारी, दोस्रो शिक्षक, तेस्रो सहकारी, चौथो एनजीओ र पाँचौ चै निजी स्कुलहरु। यसरी नेपालमा सवै पैसाहरु साईफन भएर पार्टीमा जान्छ र पार्टीवाट सर्टेन क्षेत्रमा जान्छ। तर, धेरै जसो चै अनुत्पादक क्षेत्र मिठो खाने, राम्रो लाउने, गाडि चढ्नेमा। पैसा त आईरहेको छ तर त्यो केमा खर्च भएको छ भने उत्पादनमुखी, समृद्धिमुखी अर्थतन्त्र होईनकी उपभोगमुखी क्षेत्रमा मात्र । अहिले तीन खर्वको त विदेशवाट खानेकुरा मात्र आउँछ, लुगासहित सवै थोक गर्दा ११ खर्वको आयात हुन्छ। ३० अर्वको वजेट भएको देशमा ११ खर्वको आयात हुन थालेपछि कसरी हुन्छ विकास ?  

हाम्रो त उत्पादमुखी केहि छैन। उत्पादन गर्ने मान्छे कहाँ गएत भन्दा खेरी सवै छन् । तर, नेपालीहरु गाडि चढेर हिडेका छन् । गाडि कहाँवाट आयो ? भन्छ– मैले किनेको। पैसा कहाँवाट आयो, मैले ब्यवसाय गरेको। के ब्यवसाय गरेको भन्दा उपभोक्ता समितिमा सदस्य वसेको नाफा आयो। ठेक्का गरे वापत नाफा आयो। भनेको कागज मिलाए खायो। कस्ले दियो भन्दाखेरी अनुदान पाएको अरे। 

एउटा पद महानिर्देशक वनाउनु पर्यो वा कुनै पनि पदका लागि नियुक्ती गर्नु पर्यो भने २०/३० लाख देखि करोड रुपैयाको हेराफेरी हुन्छ। जतिपनि जनताले उठाएको कर चै चुहिएर पहिला जो गुण्डा नाईके छ। मन्त्रीहरु भनौन, नेताहरु । उसले जम्मा गर्छ। ढिकुटी जाने त सरकारमा हो । त्यो वजेट मन्त्रीहरुले लिन्छ, अनि त्यसपछि कर्मचारीले लिन्छ। अनि मन्त्रीले सुकलगुण्डा पाल्नु पर्छ। वजेट छरिन्छ। मन्त्रीले करोड लियो भने गुण्डाको हातमा एक डेढलाख पुग्छ। कर्मचारी नै हुन सुकुलगुण्डा फेरी। सवैभन्दा ठुला सुकुलगुण्डा कर्मचारी, शिक्षक, सहकारीका कर्मचारी, एनजिओका कर्मचारी, त्यसपछि निजी स्कुलका मालिकले त त्यसै पनि खाईरहेका छन् ।

अन्तमा गएर सुकुलण्डाले भोट किन्न जाँदा खेरी चै भोज खुवाएर वा पैसा तिरेर भएनी भोट लिने । पैसा चै विकासमा होईनकी स्वात्त मासवाट सरकारमा पुग्यो, फेरी सरकार हुँदै विस्तारमा तल जान्छ। तर, केमा भन्दा उत्पादनमुखि काम होईन। 

केपी ओली कसरी सुकुलगुण्डा भए ? भन्ने प्रश्नमा उनले अगाडि भने– केपी ओली कुनै वेला माधव नेपालले भित्तामा पुर्याई सकेको मान्छे । माधव नेपाल महासचिव हुँदा केपी ओली निरिह देखिन्थे । विस्तारै उनले वुझे, पार्टीमा आफनो शक्ति वढाए। अहिलेको पार्टी विभाजन पुरानै तुस त हो नी। चरी, घैटे, पर्शुराम वस्नेत, महेश वस्नेतलगायतले कांग्रेसमा ठाउँ पाएनन्, सवै एमालेको शक्ति देखेर आकर्षित थिए। ओलीले तिनीहरुलाई प्रयोग गरेर ‘मलाई सहयोग गर म तिमिहरुको रक्षा गर्छु भनेर’। त्यति भनेपछि उनीहरुले गर्ने नै भए। त्यसरी उनले शक्ति आर्जन गरे । उनलाई पनि गाह्रो भो नी। उनैका पालामा एक–दुई जना गुण्डा त मरे इन्काउण्टरमा परेर। 

देशको एजेण्डा भन्दा पनि नेता र पार्टीको एजेण्डा वोकेका कारण नेपाल पछि परेको उनको वुझाई छ। पञ्चायतले मण्डले पाल्यो, त्यो ३० वर्षसम्म गयो। तर देश त वनेननी। जति हिसावले जो सुकै भएपनि कोहि मान्छे अपरिहार्य हुन्छ भने आफनो एजेण्डा लिएर राजनीति गर्छ भने उ आफु वन्छ देश वन्दैन। पञ्चायतकालमा शाह वंशको एजेण्डा थियो, राणाकालमा राणाहरुको एजेण्डा थियो। नेपालको एजेण्डा थिएन। लोकतन्त्र आएपछि कांग्रेसको एजेण्डा, नेपालको एजेण्डा विकास गर्नु होईन कांग्रेसको। त्यसपछि कम्युनिष्टको एजेण्डा, त्यसपछि केपी ओलीकोमा आयो। केपी ओलीको मुल एजेण्डा आफु वन्ने, अनि मात्रै एमाले वन्ने, अनि मात्रै देश वन्ने भो। केपी ओलीको एजेण्डा, विचार र कर्मचै नेपाल वन्नुपर्छ, नेपाल वन्नका लागि लोकतन्त्र चाहिन्छ, लोकतन्त्रका लागि चै यो यो आधारभुत कुराहरु हो भनेर गएको भए उनले पदको लोभ गर्दैनथे । तर, मलाई जसरी पनि शत्तामा पुग्नुपर्छ। सत्ता वाहेक सवै भ्रम हो भनेर कम्युनिष्ट नेतृत्ववाट प्रशिक्षित भएर उनी अघि वढे। त्यो शिक्षामा लागेका हुनाले उनीहरुले सवै साम, दाम, दण्ड, भेद प्रयोग गरेर जसरी पनि हुन्छ सत्ता वाहेक सवै भ्रम हो भनेर केपी आलीले अस्त्र प्रयोग गरे। गुण्डाहरुले पनि संरक्षण खोजिरहेको, संविधान वन्दै गरेको, भारतले हस्तक्षेप गर्दै गरेको अनि संयोगले ओली प्रधानमन्त्री वनेको । भारतको हस्तक्षेपले ओलीलाई काकताली पर्यो । प्रधानमन्त्री हुदा नाकावन्दी ट्याक्क। त्यो पनि उपेन्द्र यादवहरु उतापछि वसेर ढुंगा हान्दाखेरी तराईमा वस्ने पहाडे नेपालीलाई त भयंकर दुख भयो। त्यसवेला उस्ले (ओली) झेल्यो, म सामना गुर्छ (भन्यो) । उसले साममना गरेको त होईन, जनताले झेलेको। त्यो देखेपछि केपी ओली नै हिरो हो भनेर यहाँ विशेषगरी काठमाण्डौंमा राजावादीहरु, राष्ट्रवादी भन्नेहरु, राजा पक्षका, धर्म पक्षका, सनातन धर्म पक्षका हरु सवै एक भए। ओली जिन्दावाद मात्रै सुनियो। प्रचण्ड पनि चुनाव हार्दै गएको र कमजोर हुँदै गएको अवस्था थियो। यतापछिको माहौल देखेर हामी त वर्वाद रछौ भनेर चण्डालले टक्क केपीसँग कुरा गर्यो। प्रचण्डलाई म चण्डाल भन्छु । केपीले पनि खोजी राखेको त्यहि। मलाई त तेसै दिन्छन (भोट) यसलाई (प्रचण्डलाई) जोड्यो भने त हामी ‘महाँ’ हुन्छौ भन्ने उनको अड्कलले दुई पटी ट्याक्क कुरा मिल्यो । एउटा समाप्त हुन्छुकी भन्ने डर प्रचण्डको, अर्को ‘महाँ’ हुन्छकी भन्ने उसको (ओली) आशा। त्यो दुईटा जोडिएपछि त ‘महाँ’ नै भयो । दुईटा पार्टी जोडिएपछि त कांग्रेस त्यस्तो शक्तिशाली पार्टी पनि निरिह नै भयो । त्यो भ्रम पारेर उनीहरुले कांग्रेसलाई निरिह वनाए। 

केपी ओली खाली टाक्क टुक्क गरेर मिलाउने। प्रचण्डको पनि त्यस्तै हो । यिनीहरुसँग विज्ञान, प्रविधि, लोकतान्त्रीक अर्थ राजनीतिको जिरो ज्ञान छ। यो राजनीति र देश विकासका लागि भयंकर जरुरी छ। विज्ञान, प्रविधि, लोकतान्त्रीक अर्थ राजनीति विना केहि सम्भव छैन। यस्तो हुनु पर्नेमा उसले (ओलीले) चै उही टाक्कटुक्क परम्पारावादी राजारानीका स्टायलमा महाराजा हुने वाटो समाए। आम्दानी चै सय रुपैया छ, खर्च चै सय हजार गर्दैछ। ३० लाख वढिको गाडि किने पुग्नेमा ३ करोडको ल्याण्डक्रुजर, ३ करोडको पजेरो किनेको छ। 

वावुरामले आफु प्रधानमन्त्री हुँदा मुस्ताङ गाडि चढे। त्यतिले पुग्नु पर्नेमा १ करोड भन्दा घटिको त कसैको गाडि छैन। सामान्य सहसचिव÷सचिवहरु र मेयरहरुले पनि ७० लाखभन्दा वढिकै गाडि किने । यो त आम्दानी आठानी खर्च रुपैयाँ मात्र होईन, खर्च हजार भो। यसो गर्दा संघीयता खर्चालु हो, काम लाग्दैन भन्ने देखियो। कस्को कारणले ? संघीयताको कारणले होईननी। ओली जस्तो संघीयता विरोधी गुण्डा नाईकेले गर्दा लोकतन्त्र नै धरापमा । यो भन्दा त राजै ठिक छ भन्ने वनाको कस्ले ? वावुराम भट्टराई वा प्रचण्डलाई मात्रै लोकतन्त्रको ब्यवस्थापन गर्न दिएको भए ! लोकतन्त्रको मुल आधार गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षता, संघीयताको खास वकालत गर्ने र स्थापित गर्ने त वावुराम र प्रचण्ड हो । समावेशीता र संघीयताको त अशोक राई, उपेन्द्र यादव, महन्थ ठाकुरहरु हो नी। उनीहरुलाई चलाउन दिएको भए। हुन त हाम्रै पार्टीमा पनि उपेन्द्रले २ नं. प्रदेशको वेहालत वनाउनु भएको छ। म आफै पनि सन्तुष्ट छैन।

राज्य, सरकार, पार्टी र नेताहरु प्रति तिव्र असन्तुष्टी ब्यक्त गर्ने जनता समाजवादी पार्टीका नेता तथा कृषि वैज्ञानिक मदन राईसँग नेपाल आजका लागि प्रस्तोता माधव गुरागाईंले गरेको कुराकानी हेर्न तलको लिंकमा क्लिक गर्नुहोला।


 

यो पनि

सावित्री सुवेदी र १ हजार महिलासँग यौन सम्पर्क गरेका मदन राईको डेढ घण्टे ‘यौन सवाल–जवाफ’
 

१ हजार महिलासँग यौन सम्पर्क जनता समाजवादी पार्टी कृषि वैज्ञानिक मदन राई