समाचार अर्थ अपराध सुरक्षा

लालीगुराँस विरुद्ध शेयरधनीः वचत र शेयर फिर्ता लिँदै सम्वन्ध तोड्दै

लालीगुराँस विरुद्ध शेयरधनीः वचत र शेयर फिर्ता लिँदै सम्वन्ध तोड्दै

ललितपुरको लालीगुराँस सहकारी बहुउद्देश्यीय सहकारी संस्थाबाट बचतकर्ताले धमाधम रकम निकाल्न थालेका छन् । 
 
लालीगुराँसले सहकारी संस्थाको आचरणविपरीतका गतिविधि सञ्चालन गरेपछि सेयर र बचतकर्ताले रकम निकाल्ने अभियान सञ्चालन गरेका हुन् । कतिपय सेयर धनीले त सेयर नै निकालेर सहकारीसँगको सम्बन्ध सिद्याउन थालेका छन् ।

यो सहकारीले धितो नै कब्जा गर्ने नियतले ऋण प्रवाह गर्नेदेखि मनपरी ऋण प्रवाह गर्नेसम्मका गतिविधि गरेको विषय यसअघि प्रकाशमा आएको थियो । ललितपुर महानगरपालिका अगाडि रहेको यो सहकारीमाथि उपत्यकाको सभ्यतासँग जोडिएको समय फाल्चा र फाल्चाको भग्नावशेष हडपेर भवन निर्माण गरेको आरोप पनि लागेको छ । यही कारण त्यहाँका स्थानीयले सहकारीको भवन अगाडिको संरचना भत्काइदिएका थिए । 

स्रोतका अनुसार, लालीगुराँसको यस्तै हेपाह प्रवृत्तिबाट आजित भएका स्थानीयले यहाँबाट आफ्नो सेयर र वचत गरेको रकम निकाल्ने अभियान थालेका हुन ।  ७ असोज देखि सुरु भएको रकम फिर्ता लिने अभियान दर्जनभन्दा वढि पुगेको जनाईएको छ।

लालीगुराँसविरुद्ध अभियान सञ्चालन गरेका स्थानीयले सबैलाई लालीगुराँसबाट आफ्नो सेयर र बचत झिक्न आग्रह पनि गरेका छन् । 

सहकारीको मनपर्दी विरुद्ध अदालतमा मुद्दा समेत दर्ता भएको छ। स्रोतका अनुसार मुद्दा र न्यायाधीश किन्न माहिर लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले जिल्ला अदालत ललितपुरलाई समेत प्रभावमा पारेका थिए । उनकै प्रभावमा जिल्ला अदालत ललितपुरका न्यायधीशहरुले सर्वोच्चको आदेशलाई समेत लत्याएर अर्को आदेश दिएको वताईन्छ।

सहकारीको आवरणमा दुनियाँलाई ठगी गर्दै आएका पात्र हुन्–भण्डारी । उनले चर्चित गायक रामकृष्ण ढकालदेखि अभिभावक संघका अध्यक्ष केशव पुरीसम्मलाई ठगी गरेको स्रोतको दावी छ। सहकारी भित्र बचत कर्ताको ऋणमा मनोमानी गर्दै आएका उनले सर्वसाधारणको बचत रकम लगेर घरजग्गामा लगानी गर्दै सहकारीलाई कमाउ अखडा बनाउँदै आएका छन् ।

भण्डारीले सर्वसाधरण ऋणीलाई २० प्रतिशतभन्दा माथि ब्याज लिएर मिटरब्याज शैलीमा आतंक मच्चाउँदै आएका छन् । यता घरजग्गा कारोबार गर्न आफूले भने शुन्य प्रतिशत देखि एक प्रतिशत ब्याजमा सहकारीको रकम अनियतिमतता गर्दै आएका छन् ।
 

यो पनि

हात्ति छाप चप्पल लगाउने लालिगुराँसका संचालकहरु यसरी भए सुनको हात्तिका मालिक

लालीगुराँस सहकारीमा सम्पत्ति सुद्धिकरण विभागको छानविन, सहकारी वैंकका सिइओ पनि तानिँदै !

सहकारीमा अनियमितता: मनलाग्दी लगानी गर्दा लालीगुराँसको पुँजी जोखिममा