समाचार देश भिडियो

बढ्यो चीनियाँ दादागिरी : हुम्लाको लाप्चामा चीनले गाड्यो आफ्नो लालझण्डा (भिडियोहित)

बढ्यो चीनियाँ दादागिरी : हुम्लाको लाप्चामा चीनले गाड्यो आफ्नो लालझण्डा (भिडियोहित)

चीनले नेपाली भुमीमा झण्डा गाडेर जमिन कब्जा गरेको शंकेत दिएको छ। लामो समयदेखी हुम्लाका विभिन्न ठाउँमा अघोसित रुपमा भुमी अतिक्रमण गरेको चीनले यस पटक भने धम्कीको शैलीमा नेपाली भुमीमा झण्डा गाडेको हो ।

हुम्लाको नाम्खा गाउँपाकिला–६, स्थित लिमी उपत्यकाको लाप्चा भन्ने स्थानमा चीनले नेपाली भुमीमा झण्डा गाडेको स्थानीहरुले वताए । यो क्षेत्र हुम्ला सदरमुकाम सिमिकोटवाट करिव १ सय किलोमिटर र समुन्द्र सतह देखि करिब ५०५० मिटरको उचाईमा पर्दछ ।

न्यालु हुँदै तुङलिङ भन्ने ठाउँवाट केही माथि गएपछि दुईटा गाउँ छन। जसलाई वाउँ लाप्चा र दाइने लाप्चा भनिन्छ। वाउँ लाप्चावाट मानसरोवर स्पष्ट देखिन्छ। वादल नलागको वेला कैलाश पनि प्रष्ट देखिन्छ, तर वादल लागेको वेला भने कैलाश छेकीने गरेको छ। यही ठाउँमा चीनले लामो समयदेखी आँखा गाडेको छ। 

०७२ सालको भुकम्पपछि भारततर्फको बाटो बन्द हुँदा कैलाश मानसरोवर दर्शन गर्ने तिर्थयात्री नेपालको भुमी प्रयोग गरी कैलाश÷मानसरोवर दर्शन गर्न थालेका छन् । त्यसैले चीनले नेपालबाट मानसरोवर स्पष्ट रुपमा देखिने ठाउँ हडप्न खोजेको स्थानियको आरोप छ।

चीनले १२ नम्वरको सीमास्तम्भ नयाँ वनाएर त्यसको एंगल परिवर्तन गरी मानसरोवर दर्शन गर्ने नेपाली भुमी चीनले आफनो क्षेत्रमा पार्ने प्रयास गरेको छ । एक सता अघि मात्रै नेपाल आजको टीमले यस क्षेत्रको स्थलगत रिपोर्टिङ्ग गरेको थियो । त्यस वखत त्यहाँ झण्डा थिएन।

तर, रिपोर्टिङ्गका क्रममा नेपाल आजको टोलीलाई सीमा क्षेत्रमा पुग्न नदिनेदेखि पुगेपनि समाचार सार्वजनिक नहोस भन्ने उदेश्यले अवान्छित कृयाकलाप भएका थिए। जस्मा चीनियाँ एजेण्टदेखि नेपाल सरकारको तलव÷भत्ता खाएका प्रशासकहरु समेत लागेको देखिएको थियो ।

त्यतिमात्र होईन, नेपाल–चीन सीमा क्षेत्रको रिपोर्टिङ्ग गरेको विषयमा हुम्लाका सिडिओ गणेश आचार्यले सुचना चुहाएपछि ‘नेपाल आज’ को टिमलाई चीन विरुद्ध समाचार नलेख्न धम्कीसमेत आएको थियो।

चीनको सियान प्रान्तले ‘नागरिक दूत’ नियुक्त गरेका नेपाली नागरिक प्राध्यापक डा.राजीवकुमार झाले फोन गरेर नेपाल आजको टिमका एक सदस्यलाई ‘चीनले भूमी मिचेको भनेर नेपाल सरकारले पुष्टी गरे चीनले मिसाईल हान्छ’ भन्दै धम्की दिएका थिए । उनले चीन विरुद्ध हुने गतिविधिको निगरानी राख्ने गरेका छन् ।

नेपाल आजको टोली स्थलगत रिपोर्टिङ्गवाट फर्के लगत्तै चीनियाँ सेनाले नेपालको भुमीमा झण्डा गाडेको स्थानीयले दावी गरे । नेकपा माओवादीले जनयुद्धमा जमिन कब्जा गरेको शैलीमा चीनले पनि नेपाली भुमीमा धावा वोलेको स्थानीयहरु वताउँछन् । नेपालको भुमीमा झण्डा गाडेर चीनले नेपाली स्वाभिमानमाथि नाङ्गो हस्तक्षेप गरेको उनीहरुको वुझाई छ।

नेपाली भुुमीमा झण्डा गाडिएपछि स्थानीय आक्रोसित छन् । काठमाण्डौंमा वसेका र आफुलाई राष्ट्रवादी वताउनेहरु यो विषयमा नवोलेको भन्दै उनीहरुले दुःख ब्यक्त गरेका छन्। चीनले झण्डा गाडे लगत्तै उनीहरुले त्यसको भिडियो खिचेर नेपाल आजलाई पठाएका छन् । 

चीनसँगको विवादमा प्रशासनले सत्ताको वोली वोल्ने र स्थानीयवासी स्वार्थ र परिवेश अनुकुल वोल्ने देखिएकाले विवाद समाधानका लागि भुमीका खेलिदिन उनीहरुले नेपाल आजलाई आग्रह गरेका छन् । 

 भिडियो

जमिन कब्जा नेपाली भुमीमा झण्डा