समाचार अपराध सुरक्षा

लोकवहादुरका काकाको योजनामा संखुवासभामा सामुहिक हत्या भएको निस्कर्ष

लोकवहादुरका काकाको योजनामा संखुवासभामा सामुहिक हत्या भएको निस्कर्ष

संखुवासभा सामूहिक हत्या प्रकरणमा आफनै निस्कर्षलाई संशोधन गर्दै प्रहरीले घट्नामा ५ जनाको संलग्नता रहेको पुष्टि गरेको छ। घट्नामा संलग्न अन्य ४ जनापनि पक्राउ परेका छन् ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि मृतकका भतिजा लोकवहादुर कार्कीलाई पक्राउ गरेको थियो । उनैको बयानका आधारमा अनुसन्धान गर्दा घटनाको मुख्य योजनाकार भने लोकवहादुरका काका खड्गबहादुर भएको खुलेको प्रहरीले जनाएको छ।

खड्गवहादुरसहित अन्यको पनि संलग्नता देखिएपछि थप ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा खड्गवहादुरसहित उनका छोरा हस्तबहादुर कार्की, लोकबहादुरका बुबा रणबहादुर कार्की र भाइ नरेश कार्की छन् । अन्य केही व्यक्तिहरू पनि अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ।

घटना हुनुअघिल्लो राति सवैजना मिलेर तेजबहादुर कार्कीको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । २१ भदौमा तेजबहादुर खेताला बोलाउन आउने भएकाले त्यही मौकामा तेजबहादुर र कमलाको हत्या गर्ने अन्यले थाहा पाए उनीहरुको पनि हत्या गर्ने योजना वनेको प्रहरीले खुलासा गरेको छ।

२१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या भएको थियो । ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।

संखुवासभा हत्या प्रकरणः मृतकको मोवाईलले लोकवहादुरका भाई पनि पक्राउ

संखुवासभा हत्या काण्ड : लोकबहादुरका भाइ पनि अनुसन्धानको दायरामा

संखुवासभामा ६ जनाको सामुहिक हत्या प्रकरणमा छिमेकी पक्राउ

सामूहिक हत्या प्रकरण : अनुसन्धान प्रगतिउन्मुख
संखुवासभा ‘सामूहिक हत्या काण्ड’ जग्गा किन्न राखेको पैसाका लागि भएको अनुमान

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या, कसैको शव खोल्सामा, कसैको खरवारीमा

संखुवासभा एकै परिवारका ६ जनाको हत्या उम्लिङ लोकबहादुर कार्की ५ जनाको संलग्नता