समाचार कला साहित्य देश

गुमनाम गायिका विष्णु माझीलाई सरकारद्वारा विभुषण प्रदान 

गुमनाम गायिका विष्णु माझीलाई सरकारद्वारा विभुषण प्रदान 

चर्चाको सिखरमा रहेपनि गुमना जिवन वाँचिरहेकी लोक तथा दोहोरी गायिका विष्णु माझीलाई सरकारले विभुषण प्रदान गर्ने भएको छ । 

संविधान दिवस ०७८ को अवसर पारी सरकारले माझीलाई विभुषित गर्न लागेको हो । विभुषण प्रदान गर्ने गायक/गायिकाको सुचिमा माझीको नाम रहेको जनार्यएको छ । यसपटक विभुषित हुने गायिका सम्भवतः उनी मात्रै रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

उनी लामो समयदेखी गुमनाम जिवन विताईरहेकी छिन् । कतिपयले उनलाई आफनै श्रीमान सुन्दरमणी अधिकारीले वन्धक वनाएको आरोप लगाईरहेको छन् । सामाजिक सञ्जाल र समाचार माद्यममा उनको ब्यापक खोजी भईरहेको छ ।

पछिल्लो समय माझीको स्वरमा रहेको तीज गीत ‘चरी जेलैमा’ सर्वाधिक चर्चामा आएपछि फेरी उनको खोजी वढेको हो ।

यसैगरी, नायिका केकी अधिकारी पनि सरकारबाट विभुषित हुने सुचिमा छिन् । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललगायतले पनि सरकारले विभुषण प्रदान गर्ने भएको छ ।

सरकारले हरेकवर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका विशिष्ठ ब्यक्तिलाई राष्ट्रपतिको हातवाट विभुषणबाट सम्मान गर्दै आएको छ ।

यो पनि

गायीका विष्णु माझीलाई खोज्दै प्रहरी पुग्यो माईती घरमा !

विष्णु माझिको वास्तविक जिवनमा मिल्यो ‘चरी जेलैमा’ ?

विष्णु माझी सुन्दरमणी अधिकारी विभुषण