समाचार राजनीति

एमाले छोडेकोमा माधव नेपाललाई पछुतो !

एमाले छोडेकोमा माधव नेपाललाई पछुतो !

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले छाडेर नेकपा (एकीकृत समावादी) गठन गरेकोमा माधवकुमार नेपाल पछुताउन थालेको खुलासा गरेका छन् ।

प्रेस चौतारी कास्कीले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले यस्तो खुलासा गरेका हुन । एमालेमा रहँदा माधव नेपालको खम्वाका रुपमा चिनीएका भट्टराईको अहिले पनि राजनीतिक विषयमा छलफल हुने गरेको वताईन्छ।

नेता नेपाल ‘होम सिक’ भइसकेको दावी गरेका भट्टराईले पुरानो घरको माया लागेर छिटै एमालेमै फर्कने वताए । पार्टी एकताका लागि माधव नेपालकै सहमतिमा कार्यदल बनाइएको र १० बुँदे सहमति गरेको भए पनि बीचमा उनले छाडेको भन्दै भट्टराईले गुनासो गरे ।

आफूहले माधव नेपाललाई धोका नदिएको भट्टराईको भनाइ थियो । यो सरकार असफलतार्फ गइसकेकाले अब फेरि एमालेकै सरकार बन्ने पनि भट्टराईले दाबी गरे । उनले भने–‘यो सरकारले अन्तर्राष्ट्रियस्तरमा विश्वसनियता पनि गुमाइसकेको छ।’

योगेश भट्टराई माधवकुमार नेपाल नेकपा (एकीकृत समावादी)