समाचार अर्थ शेयर

अर्थमन्त्रीले प्रतिनिधि सभामै झुटो वोले– मैले गभर्नरलाई फोन गरेको छैन

अर्थमन्त्रीले प्रतिनिधि सभामै झुटो वोले– मैले गभर्नरलाई फोन गरेको छैन

अर्थमन्त्री जनार्दन शर्माले सेयर मूल्य घटबढ गराउन नेपाल राष्ट्र बैंकको गभर्नरलाई फोन नगरेको भन्दै प्रतिनिधि सभामै झुठो वोलेका छन् ।

आर्थिक अध्यादेशको पेश गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले उठाएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले आफूले सेयर मूल्यको सन्दर्भमा कसैलाई पनि फोन नगरेको बताए।

‘माननिय सांसदले समाचारमा आएका केही विषयलाई लिएर प्रश्न उठाउनुभएको रहेछ,’ सांसद सुवालको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले भने–‘तर, मैले सेयर मूल्य घटाउन वा बढाउनका लागि गभर्नरलाई फोन गरेको छैन ।’

तर, यही वषयका कारण मन्त्री शर्मा विवादमा तानिएका छन् । गत आइतबार बजार १०८ अंकले ओरालो लागेको सेयर बजार सोमबार १६२ अंकले बढेपछि सेयर धितो कर्जाको सीमाका कारण बजार ओरालो लागेको विश्लेषण भयो । सोहि विषमा अर्थमन्त्री शर्माले सोमबार गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेका थिए। अर्थमन्त्री शर्माकै नाममा पनि थुप्रै कम्पनीको सेयर रहेकाले उनले सेयरबजारबारे आवश्यकताभन्दा पनि चासो राख्ने गरेको आरोप उनीमाथि लागेको छ।

मन्त्री शर्माले मौद्रिक नीतिमा व्यवस्था गरिएको सेयर धितो कर्जाको सीमा खारेज गर्न दबाब दिएको वताईयो। सोहि कारण सोमबार १६२ अंकले बजार उकालो लाग्यो। तर, यो अवधिमा भएको शेयर कारोवारमा फाइदा जति सेयर खेलाडीहरूले लिएको स्रोतको दावी छ।

यो पनि

शेयर वजारले अर्थमन्त्री शर्मालाई तान्यो विवादमा, गभर्नरलाई अनावश्यक दवाव

राष्ट्र बैंक जनार्दन शर्मा सेयर खेलाडी