समाचार भिडियो

द्वारिकलालले फेरी अंग्रेजीमा थर्काए रवीलाई, डिबेट गर्न इटहरी आउन निम्तो (भिडियो)

द्वारिकलालले फेरी अंग्रेजीमा थर्काए रवीलाई, डिबेट गर्न इटहरी आउन निम्तो (भिडियो)

खरो रुपमा विचार अभिव्यक्त गर्ने भएकाले सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी बारम्बार चर्चामा आइरहन्छन् । दुईवर्षअघि मात्रै उनले घुस लिएको भन्दै नगरपालिकाका केही ईन्जिनियर र कर्मचारीलाई कार्यालयबाट कठालो समाएर बाहिर निकाले। यो घट्नाले चौधरीलाई एकाएक चर्चामा ल्यायो ।

सोहि घट्नाको रिपोर्टिङ्गका क्रममा इटहरीका पत्रकार विराट अनुपमलाई उनले फोनमै थर्काए। ‘तेरो नाकको डाँडी भाँच्न १ करोड छुटयाएको छु’ भन्दै थर्काएरको फोनबार्ता सार्बजनिक भएपछि मेयर चौधरीको चर्चा उत्कर्षमा पुग्यो । 



नेकपाका नेता योगेश भट्टराई र शंकर पोख्रेलले सामाजिक सञ्जालमा मेयर चौधरीको अभिब्यक्ति गलत भएको भन्दे आत्मालोचना गर्न सुझाब दिए । तर, उनले आफुलाई कसैले केहि गर्न नसक्ने भन्दै प्रधानमन्त्री एवम पार्टीका अध्यक्ष केपी शर्मा ओली समेतलाई ठाडो चुनौती दिए ।

सामाजिक सञ्जालमा बिभिन्न ट्रोल र नाक बिगारिएका तस्बिरहरु भाईरल भए । धेरै ब्यक्तिले मेयर चौधरीले सही गरेको भन्दै उनको पक्षमा गोली थाप्न समेत तयार भएको अभिब्यक्ति दिए। यस्ता अभिब्यक्तिसहितका भिडियो सामाजिक सञ्चालनमा सार्बजनिक भए भने धेरैले चाँहि मेयरको भ्रष्टाचार र पितपत्रकारिता बिरुद्धको अभियान सकारात्मक भएपनि प्रस्तुति गलत भएको बताएका छन ।

सञ्चारकर्मी रबी लामिछाने मेयरलाई ‘नाकको डाँडी भाँच्न पाईन्छ’ भनेर प्रश्न सोध्दा चौधरीले उल्टै रविलाई समेत थर्काए । आफुलाई नियम कानुन नसिकाउनु भन्दै हप्काए । ‘सिएफएल काण्डमा भ्रष्टाचार गर्यो’  भन्ने तपाई पनि होईन ? मैले उल्टै क्लिन चिट पाएँ त, म पितपत्रकारिता गर्नेलाई छोडदिँन, जुत्ताको माला लगाएर बजार घुमाँउछु भन्दै थर्कापछि रवी लामिछानेको होस् उडेको थियो त्यतिबेला । उनी हायल–कायल भए। 

मेयर चौधरी केहिदिन अघि नेपाल आजसँगको संवादको क्रममा पनि रवी लामिछाने माथि खनिए। ‘लामिछानेले सेवाको भावमा मेवा टिपेको टिपै छन्’ भनेर भनेका छन् । ‘म रवी लामिछानेलाई राम्रोसँग चिन्छु । रवि लामिछाने को हो र के गर्दै छ । गलत कामको भण्डाफोर पत्रिकाले मात्रै गर्दैन, राजनितिज्ञले पनि गर्छ । रवीको धन्दाको म भण्डारफोर गर्न तयार छु । टिभिबाट बोलेर हुँदैन लामिछानेलाई डिबेट गर्न इटहरीमा निम्तो दिन चाहान्छु ।’– उनले लामिछानेलाई ललकारे। 

विशेष

ADVERTISEMENT