समाचार विचार

चुनाव चिन्ह कम्प्युटर नै किन ?

धिरेन्द्र चन्द सोडारी

चुनाव चिन्ह कम्प्युटर नै किन ?

शीर्षकअनुसार चर्चा गरिरहँदा कम्प्युटर भनेको के हो ? कसरी काम गर्छ ? आवश्यकता किन भयो ? आदि कुरा थाहा पाउनु जरुरी हुन्छ । हुनु त तपाईँ हामीलाई कम्प्युटरको बारेमा थाहा भए पनि कयौँलाई अझै थाहा छैन । ७७ जिल्लामा रहेका सात सय ५३ स्थानीय निकाय मध्ये केही ठाउँमा भने अझै पनि कम्प्युटरको नाम नसुनेका पनि भेटिन्छन् । अब चर्चा गरौँ कम्प्युटरको बारेमा ।

हुन त यसको विज्ञ भने पक्कै होइन म । आफूले अध्ययन गरेको अनुसार लेख्ने प्रयास गरिरहेको छु । कम्प्युटर एक इलेक्ट्रोनिक यन्त्र हो । जसले अङ्कगणितीय समस्याहरुका साथै तार्किक समस्याहरुलाई तीव्र गतिमा समाधान गर्ने कार्य गर्दछ । यो कम्प्युटर शब्द ल्याटिन शब्द ‘कम्पुटेयर’ (Computare) बाट आएको हो । जसको अर्थ हिसाबकिताब गर्ने हुन्छ । नेपालीमा यसलाई ‘सुसाङ्ख्य’ भनिन्छ । यसैको शब्दबाट हालको कम्प्युटर शब्द बनेको हो । यसलाई सञ्चालन गर्न एक विशेष प्रकारको सफ्टवेयर तथा हार्डवेयरहरुको आवश्यकता पर्दछ । आधुनिक कम्प्युटरको विकास एबाकसबाट भएको हो । प्राचीन युगमा एबाकस हिसाब गर्नका लागि प्रयोग हुने उपकरण हो । कम्प्युटरले इन्पुटका रुपमा डाटा तथा निर्देशनहरु लिन्छ र प्रशोधन गरी आउटपुटका रुपमा अर्थपूर्ण नतिजा दिने कार्य गर्दछ । कम्प्युटरको तीव्र गतिमा प्रशोधन गर्ने क्षमता अथवा डाटाहरु, सजिलै बुझ्ने भाषामा भन्नु पर्दा फोटोहरु, गीतहरुजस्ता भण्डार गर्ने क्षमता भएको कारणले गर्दा दैनिक जीवनको आवश्यकता बन्दै संस्थागत र व्यक्तिगत प्रयोगमा दिन प्रतिदिन बढ्दै गइरहेको छ । कम्प्युटर सस्तो र भरपर्दो सञ्चार माध्यमका रुपमा पनि प्रयोग भइरहेको छ । यो मानवजातिले बनाए पनि यसको मेमोरी मानवजातिको भन्दा अरवौं गुणा बढी हुने हुँदा कम्प्युटरको आवश्यकता भएको छ । शुद्धता, गति विश्वसनीयता, विशाल डाटा भण्डार क्षमता, लगनशीलता, र स्मरण शक्ति गर्ने आदि विशेषता रहेका छन् ।

विकिपिडियाका अनुसार ‘‘ कम्प्युटर एउटा प्रोग्रामेबल यन्त्र हो । कम्प्युटर शब्द ल्याटिन शब्द Computare बाट आएको हो । जसको अर्थ गणना गर्नु हो । यन्त्रको बनावट लगातार र स्वचालित भई गणितीय अथवा तार्किक क्रमागहरुको कार्य पूरा गर्ने हुन्छ । निश्चित निर्देशनअनुसार कार्य सम्पादन गरी नतिजा प्रस्तुत गर्ने मावन निर्मित यन्त्रलाई कम्प्युटर भनिन्छ । जुन एउटा विद्युतीय साधन हो । आज भन्दा ६०÷७० वर्ष पहिले हिसाब गर्ने यन्त्रलाई कम्प्युटर भन्न थालिएको थियो । सुरुसुरुमा कम्प्युटर भन्नाले एउटा साधारण हिसाब गर्ने विद्युतीय यन्त्र भन्ने बुझिन्थ्यो । तर आज कम्प्युटर जुनसुकै पनि कार्य गर्न सक्ने शक्तिशाली साधन बन्न पुगेको छ । विकासको लागि हरेक क्षेत्रमा कम्प्युटरको प्रयोग हुनु थालेको छ । कुनै पनि क्रमागतको कार्यलाई जति परिवर्तन गरेर कम्प्युटरलाई एक भन्दा धेरै समस्याहरु गर्न प्रयोग गर्न सकिन्छ । विशेष गरी कम्प्युटर हार्डवेयर र सफ्टवेयर दुईवटा तत्वहरु मिलेर बनेको हुन्छ । हार्डवेयर र सफ्टवेयर बिच निकै घनिष्ठ सम्बन्ध रहेको हुन्छ । हार्डवेयरविना सफ्टवेयरले केही काम गर्न सक्दैन र सफ्टवेयरविना पनि हार्डवेयरले केही कार्य सञ्चालन गर्न सक्दैन । यी दुवै हार्डवेयर र सफ्टवेयर मिलेर मात्र कम्प्युटरले कार्य सञ्चालन गर्न सक्छ । त्यसैले यी दुई तत्वहरुलाई एकै सिक्काको दुई पाटोको रुपमा वर्णन गर्न सकिन्छ । ’’

आजभोलि कम्प्युटरविना कुनै पनि कामहरु अधुरा, अस्पष्ट हुने महसुस हुन थालेका छन् । कम्प्युटरको प्रयोगले विश्वभरी समग्र राष्ट्रिय अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन ल्याइदिएको छ । विश्व विकासको अधिकाशं हिस्सा सूचना तथा कम्प्युटर प्रविधिले ओगटिसकेको छ । कम्प्युटरको प्रयोगले हिसाबकिताहरु, व्यापारव्यवसायहरु, बैकिङ कारोबारहरु, अनलाइन कक्षाहरु, सेमिनारहरु, सभाहरु लगायतका अन्य विविध कारोवारहरु इत्यादि कम्प्युटरमा नै हुन थालेका छन् ।

कम्प्युटर प्रविधिको विकास र सूचना प्रविधिको ईमेल÷इन्टरनेट प्रविधि विकासले विश्वलाई एउटा सानो गाउँमा परिणत गरिदिएको छ । कम्प्युटरको विकासले आजभोलि अफिसका कामहरु घरमै बसेर काम गर्न थालिएका छन् । सूचना आदानप्रदान आदि पनि गरिरहेका छन् । नेपालमा पनि सबै सरकारी कार्यहरुमा पनि कम्प्युटरको प्रयोग व्यापक भइरहेको छ । कम्प्युटरको गति धेरै हुने भएका कारणले वैज्ञानिकहरुले औषधि विज्ञान, रसायन, खगोलको बारेमा अध्ययन अनुसन्धान गरिरहेका छन् । हरेक क्षेत्र, तह, तप्का सबै ठाउँमा कम्प्युटरको प्रयोगमा दिनानुदिन बुद्धि भइरहेको छ । छिमेकी मुलुक चीन हार्डवेयर क्षेत्रमा र भारत सफ्टवेयर क्षेत्रमा विश्वको अग्रस्थानमा आइसकेका छन् । यी विकसित मुलुकहरु बिचमा रहेको नेपाल भने न हार्डवेयर क्षेत्रमा न सफ्टवेयर क्षेत्रमा नै अपेक्षित रुपमा विकास गर्न सकेको छ । नेपालीहरुले अब दुवै देशबाट राम्रो फाइदा लिने अवसर पनि हो । किन भने देश धनी हुने भनेको कला संस्कृति सभ्यता, रीतिरिवाज आदिले पनि धनी हुन सक्छन् । आयात र निर्यात गरेर पनि नेपाल विश्वको केन्द्र बन्न सक्छ ।

कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्य विश्वको लागि कुनै अपरिचत नाम होइन किनकी सन् १९७१ मा पहिलो माइक्रो कम्प्युटर बनाएर विश्वलाई चकित पारिदिएका थिए । नेपाल सरकारको यसमा त्यति ध्यान नगएको हुनाले शाक्य गुमना बनिरहेका छन् । कारण ३७ वर्ष अघिको विज्ञान तथा प्रविधिको ज्ञानभण्डार र क्षमता भएका शाक्यको कम्प्युटर आविष्कारलाई प्रयोगमा ल्याउन न त सरकार, न त सूचना प्रविधिको क्षेत्रका व्यवसायी नै चासो नदेखाउदा ...

हो हामीले भन्नु खोजेको पनि कम्प्युटरको विकास सँगसँगै सम्पूर्ण नेपालीहरु हातेमालो गरेर अगाडि बढ्न सकिन्छ । विज्ञान र प्रविधिको कारणले गर्दा अब हामी अगाडि बढ्नु सक्छौँ । नेपाललाई सहृदय अर्थतन्त्रको उदारणीय देशको रुपमा विकास गरी वैश्विक आर्थिक प्रणालीको प्रतिमानका रुपमा अग्रणी बनाउनु, कृत्रिम बौद्धिकता, सूचना तथा सञ्चार प्रविधि, जैविक विज्ञान आदिको विकासमा आधारित चौथो औद्योगिक क्रान्ति भनिएको वैश्विक परिघटनामा नेपालको अग्रणी स्थानका लागि स्वक्रियात्मक पद्धतिबाट अग्रसर हुनुको लागि पनि अब नेपालीहरु अगाडि बढ्नु पर्ने समय आएको छ । अनुसन्धान (शोध), आविष्कार, नवाचार र नेपाली नैतिकतालाई नेपाली मानव संसाधनको प्रमुख विशेषताका रुपमा विकास गर्नुको लागि पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नु आवश्यक छ ।

विज्ञान, प्रविधि, समाज, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, जलस्रोत, तीर्थाटन, पर्यटन, उद्योग, वातावरण, जल जमिन र जंगल, जडिबुटी, खेलकुद, गीत संगित, साहित्य, चित्रकला, मूर्तिकला, कथानक, धर्म, संस्कार संस्कृति, दर्शनशास्त्र, परम्परा, कला, रीतिरिवाज, विद्या, शिल्प, सीप, आयुर्वेद कृषि, उद्योग इत्यादी आदीलाई विज्ञान र प्रविधिसँग जोडेर थप अनुसन्धान गरेर संरक्षण, संवर्धन, अन्वेषण, विकास र प्रवर्धन गर्नुको लागि विज्ञान र प्रविधिको विशेष सहयोग पुग्नेछ । विश्वमा कम्प्युटरको विकास सँगसँगै हाम्रा कुराहरु पनि विश्व बजारमा पुगेर हाम्रा कुराहरु प्रवर्धन गर्नुको लागि थप सहयोग पुग्नेछ ।

नेपाललाई मानव विकास, आधारभूत संरचनागत विकास, विज्ञान प्रविधिआदिको मानकबाट विश्वका विकसित देशहरुको समूहमा पु¥याउने र अन्ततोगत्वा नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी एवं केन्द्र बनाउनको लागि पनि मौलिक जरोकिलो पार्टीले आफ्नो चुनाव चिन्ह कम्प्युटर रोजेको हो ।

धेरै जना सहृदयजनहरुले जरो किलो महाअभियानले उठाएका सबै कुरा राम्रो र मौलिकता झल्किने भएकोले पार्टीको चुनाव चिन्ह पनि मौलिकता झल्किने हुनु पर्छ भनेर उठाउनु भएको थियो । हाम्रो प्राथमिकता नै मौलिक, अनुसन्धान र नवाचारमा ध्यान थियो । यहि कारणले हामीले सहृदयता चक्र, बलिरहेको दियो, स्वस्तिक, शङ्ख मकै आदी थियो । यी चिन्हनहरुले अरु पार्टी नै लिएको देखियो । सहृदयता चक्र चुनाव चिन्ह हुनु पर्ने थियो तर सहृदयता चक्रलाई निर्वाचन आयोग दिन नमिल्ने मौलिक जरोकिलो पार्टीलाई यसरी जानकारी गराएको थियो ।

आयोगको मिति २०७८ असार ३० गते को बैठकबाट त्यहाँ दलबाट माग भइ आएको निर्वाचन चिह्न (सहृदयता चक्र) का सम्बन्धमा पहिले प्रदान गरिएको चिह्नसँग मिल्ने भएकोले दिन नमिल्ने भनिएको छ । मौलिक जरोकिलो पार्टी नामक राजनीतिक दलले प्रस्ताव गरेको सहृदयता चक्र आयोगमा यस अघि दल दर्ता नं. ३२ मा दर्ता कायम रहेको नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत माक्र्सवादी–लेनिनवादी) लाई प्रदान गरी सकिएको चुनाव चिह्न सूर्यसँग मिल्दो देखिन आएकोले दिन नमिल्ने आयोगले जानकारी दिएको थियो । अतः सो दलले सहृदयता चक्र भनी प्रस्ताव गरेको निर्वाचन चिह्न प्रदान नगर्ने र फेरि अर्को चुनाव चिह्न ल्याउनु भनेकोले हामीले फेरी कम्प्युटर चुनाव चिह्न रोजेका हौँ ।

यो सहृदयता चक्र सूर्यसँग तुलना गरे अब आफै बुझ्नु सक्नुहुन्छ । कसले कसरी बुझ्ने रहेछन् भन्ने कुरा प्रस्ट थाहा पाउनु भयो होला । हामीले सहृदयता चक्र रातो रंग र ३ वटा स्वस्तिक चिह्नलाई मिलाएर हामीले सहृदयता चक्र बनाएका थियो, त्यो पनि कम्प्युटरको नै प्रयोग गरेर । फेरी मौलिक जरोकिलो पार्टीले चुनाव चिन्ह कम्प्युटर प्राप्त गरेको छ । यो भन्दा खुसीको कुरा के नै हुनुसक्छ र जरोकिलो पार्टीको लागि ।

कम्प्युटर चुनाव चिह्नबाट प्रष्ट सन्देश नेपाली जनताहरुलाई बुझाउनु पर्ने भएको छ । विज्ञान र प्रविधिको जमानामा हाम्रो इतिहास धर्म संस्कार संस्कृतिआदि कुरा विश्व सामु पु¥याउनुको लागि हामीलाई थप सहयोग मिल्नेछ ।

जरो किलो महाअभियानका सङ्कल्पकर्ता युगद्रष्टा डा. निर्मलमणि अधिकारी गुरु भन्नुहुन्छ ‘‘ मौलिकता भन्नासाथ पुरानो भन्ठानु हुँदैन । अनुसन्धान, अविष्कार र नवाचारबाट पनि मौलिकता आउँछ । मौलिकताका दुई आयाम हुन्छन्

१. देशको इतिहास, सभ्यता, संस्कृति आदिसँग अविच्छिन्न जोडिएको
२. अनुसन्धान, आविष्कार र नवाचारमा आधारित ।

थप उहाँ लेख्नुहुन्छ
उक्त दुईवटै आयाम सँगसँगै रहँदा स्थितिगत्यात्मक हुन्छ । हामी मौलिकताका दुईवटै आयामसहित अघि बढौँ किनभने हामी स्थितिगत्यात्मक प्रगतिवादी होँ ’’

गुरुले भन्नुभएजस्तै पनि अनुसन्धान, आविष्कार र नवाचारमा आधारित रहेर पनि काम गर्नु पर्ने देखिएको छ । कर्णालीमा उत्पादन भएको स्याउ इत्यादीलाई प्रविधिसँग जोडेर अन्तरराष्ट्रिय बजारीकरण गर्नु सक्नुपर्छ । सुदूरपश्चिमा उत्पादन भएको फापर, सिस्नु जडीबुटीलाई पनि प्रविधिमा जोडेर थप काम गर्न सकिन्छ । थारु समुदायमा पकाउने परिकार अथवा खाना ढिक्री लाई पनि व्यवसायिकरण गर्नु सकिन्छ । झापामा पाइने भक्का, नेवार समुदायमा पाइने योमरी तराईमा पाइने पेडा, तरुवा, गुन्दु्रकआदिलाई पनि प्रविधिसँग जोडेर अगाडि बढाउनु सकिन्छ । अन्य विविध रैथाने खाना लगायतकालाई पनि कम्प्युटर सँगसँगै विज्ञान र प्रविधिसँग जोडेर पनि अगाडि बढाउनु सकिन्छ । भाषा, शिक्षा, संस्कारआदि कुराहरुलाई प्रविधिसँग जोडेर विश्वसामु हाम्रा कुराहरु प्रवर्धन गर्न सकिन्छ ।

जसरी कम्प्युटर आज विश्वभरि प्रयोग भइरहेको बेला युगद्रष्टा निर्मलमणि अधिकारीको अनुसन्धान, अनुष्ठान एवं साधनको फलस्वरुप अभिनिर्मित सहृदयता दर्शन, राज्यराष्ट सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद, आधारशिला चतुष्टय आदि नै उपर्युक्त विश्वको लागि नवीन ज्योतिका स्रोत हुन् । आज जसरी विज्ञान र प्रविधिको आवश्यकता भइरहेको बेला गुरुले निर्माण गर्नु भएका सिद्धान्त पनि विश्वभरि फैलिने क्रममा छ ।

विश्वमा अब राजनीतिक कसरी सञ्चालन गर्ने भनेर गुरुले २० वर्ष अध्ययन अनुसन्धान गरेर विश्वको लागि राजनीतिक सिद्धान्त राज्यराष्ट्र निर्माण गर्नु भएको छ । यो पनि एक प्रकारले राजनीति चलाउने सिस्टम हो ।

आफ्नो कुल, मूल बचाउनु, आर्टिफिशियल इनटेलिजेन्ससहित प्रतिस्पर्धा गर्नुको लागि र नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी केन्द्र बनाउनु पनि प्रविधिको प्रयोग गर्नु आवश्यक छ । त्यसैले पनि मौलिक जरोकिलो पार्टीको लागि कम्प्युटर चुनाव चिन्ह आवश्यक थियो । जरोकिलो महाअभियानले आधारशिला चतुष्टय नै विज्ञानको बुद्धि । प्रविधिको प्रगति ।। धर्मको विवेक । सहृदयताको सम्बन्धलाई आत्मसात गरेर काम गरिरहेको छ । यहि कारण र विश्वको लागि मार्गनिर्देशिन दिनको लागि पनि कम्प्युटर चुनाव चिह्न रोजेको हो ।

गाउँ गाउँमा, बस्ती बस्तीमा, जनजनमा कम्प्युटर पुग्ने छ । कम्प्युटर प्रयोग गर्नुको लागि मात्र नभएर अध्ययन अनुसन्धान गर्नुको लागि प्रवर्धन गर्नुको लागि, आफ्नो भाषा धर्म संस्कार संस्कृति, सभ्यता र इतिहासको संरक्षण गर्नुको लागि पनि कम्प्युटरको प्रयोग हुनेछ । त्यसैले आगामी चुनावमा सहभागी भइ दायाबायाँ केही नसोची आफ्नो भविष्यको लागि, आफ्नो बालबच्चाको भविष्यको लागि, आफ्नो धर्म संस्कार संस्कृति बचाउनुको लागि, नेपाललाई विज्ञान प्रविधिआदिका मानकबाट विश्वका विकसित देशहरुको समूहमा पु¥याउने र अन्ततोगत्वा नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी एवं केन्द्र बनाउनुको लागि चुनाव चिन्ह कम्प्युटर प्रयोग गरेको हो ।