समाचार राजनीति

डेढ दशक नेपाली राजनीतिको केन्द्रमा रहेका प्रचण्ड यसरी हुँदैछन् वेसहारा

डेढ दशक नेपाली राजनीतिको केन्द्रमा रहेका प्रचण्ड यसरी हुँदैछन् वेसहारा

१० वर्षे सशस्त्र युद्धका कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ शान्ति प्रकृयामा आएपछि डेढ दशक नेपाली राजनीतिको केन्द्रमा रहे । नेपाली राजनीति तत्कालिन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोईराला र प्रचण्डको वरिपरी घुमिरह्यो। तर, राजनीतिले कोल्टै फेर्दै जाँदा अहिले पछिल्लो समय प्रचण्डको शक्ति क्षीण बन्दै गएको छ ।

आफ्नैले साथ छोड्दै गएपछि उनी राजनीतिक रूपमा कमजोर बन्दै गएका छन् । डेढ दशक नेपाली राजनीतिको मियोको रुपमा रहेका उनको साथ छोड्ने नेताहरुको सूचि लाको छ। एकताका उनीसँगै ज्यान दिन तयार मोहन बैद्य ‘किरण’, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’, गोपाल किराँती तथा पछिल्लो समय रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, प्रभु शाह, मणि थापा उनको साथ छोड्ने केही शीर्ष नेता हुन् । 

पछिल्लो समय आफ्नैले छोड्दै गएको उनी स्वयंले पनि महसुस गरेका छन् । सहयोद्धाले साथ छोड्दै जानुका पछाडि उनका कतिपय कमजोरीले पनि छन् । उनलाई आफनै सारथिले साथ छोड्न थालेको चाही शान्ति प्रक्रियामा आइसकेपछि हो । सुरुवातमा मोहन वैद्य, विप्लव, बाललगायतका नेता वाहिरिए। उनीहरूले दोस्रो संविधान सभा बहिस्कार नै गरे । त्यसपछि सुरु भयो प्रचण्डका सारथिले साथ छोड्ने क्रम । वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पनि साथ छोडे । उनी नयाँ शक्ति पार्टी बनाएर केही वर्ष बसे । तर, त्यसबाट पनि पार नलागेपछि अहिले जनता समाजवादी पार्टीमा छन् ।

वैद्य, बाबुराम, विप्लव र बादलसहितका नेताहरूले साथ छोडेपछि माओवादी कमजोर भयो । प्रचण्डले गत स्थानीय चुनावमा काङ्ग्रेससँग तालमेल गरे, तर सोचेअनुरूप नतिजा आएन । त्यसपछि उनले एमालेसँग चुनावी तालमेल गरे। यस विचमा दाहालको साथ छोडेर गएका बादल फर्किए ।

एमालेसँगको एकतामा उनले पाउनेभन्दा धेरै गुमाए । माओवादी र स्वयं प्रचण्डलाई कमजोर बनायो एकता प्रकृयाले। एकताको तीन वर्ष नपुग्दै एकता भङ्ग भयो । एमाले एमालेतिर र माओवादी माओवादीतिर लागे । एमालेको सबै नेता कार्यकर्ता एमाले तिरै फर्किए ।

तर प्रचण्डका सारथि बादल, भट्ट, मणि थापालगायतका नेताले दाहालको साथ छोडे । यद्यपी उनको एउटा योजना भने पुरा भयो, माधवकुमार नेपालसहितका नेताहरुको समुहले एमाले फुटाएर नेकपा (एकिकृत समाजवादी) दर्ता गरेको छ। एकिकृत समाजवादी र माओवादी केन्द्र विच एकिकरणको चर्चा भईरहेका छन्। यसो भयो भने प्रचण्डलाई केहि राहत होला अन्यथा अहिलेसम्मको अवस्थाले घाटामा प्रचण्ड नै देखिएका छन् ।

एमालेको अन्तर विरोधमा रुमल्लिएका प्रचण्डले आफूलाई लामो समयसम्म साथ दिएका नेताहरूलाई प्राथमिकतामा राख्न बिर्से । पूर्व एमालेको नेपाल–खनाल समूहलाई साथ लिएर अघि बढे । तर आफनै गोजिमा भएका नेता/कार्यकर्ता भने उनीसँग रुष्ट छन् । त्यसमा पनि प्रचण्डपछिका नेताहरुको ‘मपाई’ वन्न खोज्ने प्रवृत्तिले पनि पार्टीलाई क्षती पुर्याएको छ। यो कुरा स्वयम उनका नेता/कार्यकर्ताले सामाजिक सञ्जालमा लेख्न थालेका छन् ।

ती मध्ये ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रचण्डले गरेको तालमेल र पार्टी नेताको वैमानीका कारण चेपुवामा परेका पुर्वसिंचाई मन्त्री समेत रहेका उमेशकुमार यादवले सामाजिक सञ्जालनमा आफनो पीडा पोखेका छन्। प्रचण्ड र माओवादीको उज्ज्वल राजनीतिक भविष्यका लागि संविधानसभामा कुर्सी भाँच्न र पौठेजरी खेल्न समेत तयार भएका उमेशलाई पार्टीभित्रैवाट उनको राजनीति सिद्याउन भएको षडयन्त्रालाई समाजिक सञ्जालमा उल्लेख गरिएको छ ।

उनले समग्रमा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड, नेता मात्रिका यादव र जसपाका अध्यक्ष उपेन्द्र यादवको त्रिकोणात्मक राजनीतिको चेपुवामा परेर राजनीति सिद्याउन खोजिएको कुरालाई प्रष्ट्याउन खोजेका छन् । उनले सामाजिक सञ्जालमा ब्यक्त गरेको असन्तुष्टिलाई हामीले यहाँ जस्ताको तस्तै प्रस्तुत गरेका छौं ।

०७४ को प्रतिनिधि सभा निर्वाचनको सम्वन्धमा :
–    नेकपा (माओवादी केन्द्र) सप्तरीको सिफारिस अनुसार निर्बिरोध एकल उम्मेदवार ।
–    काठमाडौ काम विशेषले आएर फर्किदा मनोनयन पत्रको बारेमा कमरेड बिश्वनाथ साहसँग सम्पर्क गर्दा सप्तरीको टिकट कमरेड मातृकाप्रसाद यादव सँग रहेको हुँदा उहाँसङ्ग सम्पर्क गर्न निर्देशन प्राप्त
–    कमरेड मातृकाप्रसाद यादवसँग सम्पर्क गर्दा उहाँ अर्को दिन (सम्पर्क गरेको भोलि पल्ट अर्थात मनोनयनको अघिल्लो दिन अघि) बिहान अध्यक्षको निवास लाजिम्पाट आउन निर्देशन
–    नर्देशन अनुसार लाजिम्पाट पुगेर भेट गर्दा सप्तरीको टिकट अध्यक्षकै हातमा रहेको   जानकारी
–    धेरै प्रयासपछि आदर्णीय कमरेड अध्यक्षसँग भेट, लाजिम्पाट निवासको छतमा आदर्णीय कमरेड अध्यक्ष, स्व. भाइ कमरेड प्रकाश, अलि पर कमरेड अनन्तजी मात्रै हुनुहुन्थ्यो ।
–    आदर्णीय कमरेड अध्यक्षले हाल जसपाका अध्यक्ष श्री उपेन्द्र यादवले राजबिराज क्षेत्रबाट चुनावमा भाग लिने हुँदा प्रदेशसभामा चुनावमा भाग लिने बारेमा मेरो राय बुझ्नु भयो। मैले अध्यक्षको निर्देशन अनुसार प्रदेशसभामा भाग लिने, अन्य क्षेत्रमा प्रतिनिधिसभामा जान सक्ने वा चुनावमा प्रत्यक्ष भाग नलिइ पार्टीको निर्देशन बमोजिम काम गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।
–    मैले कुरा राखिसके पछि आदर्णीय कमरेड अध्यक्षले श्री उपेन्द्र यादवसँग फोन सम्पर्क गर्नुभयो, उहाँ सप्तरी आउने क्रममा सिन्धुलीगढी पुग्नुभएको रहेछ । कमरेड अध्यक्षले कुरा गर्नु भएर त्यहीँ फोनमा श्री उपेन्द्र यादवसँग मलाई कुरा गराउनु भयो। यत्तिकैमा कमरेड मातृकाप्रसाद यादव र कमरेड प्रभु साह आइपुग्नु भयो। राजबिराजबाट चुनावमा जानबाट कमरेड मातृका जीले अवरोध गर्न खोज्दा त्यतिबेला कमरेड अध्यक्षले प्रदेशसभामा उमेशले रोज्ने क्षेत्रमा बाधा नगरौं भन्नुहुँदा कमरेड मातृका दाइले स्विकार्नु भयो।

 आदर्णीय श्री उपेन्द्र यादवसँग मैले गरेको आग्रह :
–    दाई, तपाईं मेरो राजनीतिक हत्या गर्न त्यो क्षेत्र नजानुस्, तपाईं जुनसुकै क्षेत्रबाट जित्न सक्नुहुन्छ, अर्को क्षेत्र रोज्न विनम्र आग्रह गरें।
–    उहाँले निर्णय गरिसकेको हुँदा अब हुन्न भनेपछि मैले राजबिराज रहेको प्रदेशसभाबाट चुनाव लडने इच्छा व्यक्त गरें। उहाँले हुन्छ भन्नुभयो अनि मैले उहाँहरुको गठबन्धनको उम्मेदवार ब्याक हुनुपर्ने सर्त राखेको थिएँ, उहाँले राजपाको उम्मेदवार हो भन्नु हुँदै थप कुरा सहित त्यसलाई हटाउन नसकिने भन्नुभयो । त्यसपछि मैले बोदेबर्साइन प्रदेशसभाबाट चुनावमा भाग लिने कुरा गर्दा समेत हुन सक्दैन भन्नुभयो । त्यसपछि मैले तपाईंको उम्मेदवार यथाबत राखेर मैले सहकार्य गर्न नसक्ने बरु कुनै पनि चुनावमा भाग नलिने, मेरो अर्कै कोणबाट ब्यबस्थापन गर्न नेताहरु सल्लाह गर्नुस भन्ने निचोड राखेको थिएँ । यी सब कुरा अध्यक्षको सामुन्नेमा बोलेको थिएँ ।  तर, मैथिलीमा ।
–    यी सब कुरा अध्यक्ष ले सुन्नु भएर फेरि श्री उपेन्द्र जीसँग सम्पर्क गर्नुभयो र उहाँले मलाई जिल्ला पठाइदिन र मिलाएर लैजाने भन्नुभयो ।
–    अध्यक्ष कमरेडले प्रदेशसभा तपाईंले रोजे अनुसार उहाँले मिलाउनु हुन्छ, कमरेड मातृका दाईले राख्नुभएको टिकट मलाई दिन भन्नु भयो, मैले टिकट लिए।
–    यदी श्री उपेन्द्र जीले मिलाउनु भएन भने के गर्ने भनेर प्रश्न गर्दा आदर्णीय कमरेड अध्यक्षले मिलाउनु हुन्छ, त्यस्तो समस्या पर्यो भने कमरेड मातृका जीसँग निर्देशन लिनु भनेर निर्देशन पाएपछि म राजबिराजतर्फ प्रस्थान गरेको थिएँ ।
–    राजबिराज आएपछि जिम्मेवार साथीहरूलाइै मैले आफ्नो कोठामा बोलाएर सब कुरा बताएको थिएँ । साथीहरूको बीचबाट श्री उपेन्द्र यादवलाइ फोन गर्दा उहाँको स्विच अफ थियो । के गर्ने भन्ने चुनौती आइपर्यो। यता केहि साथीलाई टिकट लिन अत्यन्तै हतार थियो ।
–    मैले कमरेड मातृका दाइसँग फोन सम्पर्क गर्दा उहाँले अध्यक्ष सङ्ग सम्पर्क गरेको÷नगरेको सोध्नुभयो । मैले छैन, अध्यक्षले त तपाईंसँग सम्पर्क गर्न भन्नुभएको हो नि । भन्दा उहाँले प्रतिनिधि सभामा मनोनयन दर्ता गर्न निर्देशन दिनुभयो । तदअनुसार नै मैले उम्मेदवारी दिएको थिएँ, मलाई त्यसपछि कसैले फिर्ता लिन निर्देशन दिएको थिएन ।
–    त्यसपछि सँगै चुनावमा एउटै पार्टीबाट उम्मेदवार रहेका र सप्तरीका गठनबन्धनका कसले के गरे त्यो भनिरहनु पर्दैन। त्यो सम्झिँदा पिडा बाहेक केहि दिदैन।
–    तसर्थ मै पार्टी निर्देशन बिपरित केहि गरेको थिइन, छैन। तर, बिगतमा कसैको सनकलाई साथ नदिदा, निरन्तर पार्टी र पार्टी नेतृत्वलाइ साथ दिँदा, ईष्र्या, प्रतिशोध र निशेधको शिकार हुनु परिरहेको यथार्थ भोगिरहेको छु।
–    सप्तरीका सम्पुर्ण राजनीतिक मित्रहरू, शक्तिहरु, जनसमुदायहरु यो यथार्थ बुझिदिनु हुनेछ भन्ने बिश्वास छ।
–    अध्यक्ष कमरेडको म प्रति अत्यन्तै सहृदयी शुभेच्छा रहेको कुरा उहाँले मेरो बारेमा श्री उपेन्द्र जीर्लाइ भन्नुभएको कुराले म स्पष्ट छु। मैले स्वघोषित इमान्दारलाइ चिन्न नसक्दा र उनको भित्री ईष्र्यालाई बुझ्न नसक्दा मिस गाइडेड भएँ । मलाई मिसगाइड र माथि मिस इन्फर्मेसन दिने लाई खै के भन्नु र?
–    मैले प्रत्यक्ष रूपमा कमरेड अध्यक्षसँग उम्मेदवारी दिनुभन्दा अगाडि सम्पर्क नगर्नु मेरो महाभुल भयो भन्ने आत्मसात गर्दछु ।

अन्त्यमा, मेरो चुनावी राजनीति जोगाउने वा सिद्याउने फैसला सप्तरीका आदर्णीय जनसमुदायको हातमा रहेको छ। तपाईंहरुले दिनुभएको हौसला र आशीर्वादले निरन्तर संघर्षको मैदानमा उभिरहेको छु, उभिरहने छु। तपाईंहरुको साथ नभएको भए म उहिल्यै सिद्दिई सकेको हुन्थें। मेरा कमजोरी भन्दा बढता मैले दण्ड पाइसकेको महसुस भइरहेको छ।  म रतिभर हरेस खाएको छैन । मेरो आत्मबल हिजोभन्दा कैयौं गुणा बढेको छ। सप्तरीको जनताको आशीर्वाद र शुभेच्छासहित मलाई चिन्नेहरु बाट पाइरहेको हौसला र सदभाव ले उर्जा थपेको छ। जनताको निर्देशन शिरोधार्य छ। 
 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० वर्षे सशस्त्र युद्ध शान्ति प्रकृया राजनीतिको केन्द्र गिरिजाप्रसाद कोईराला