समाचार फोटो

निर्वाचन आयोगमा माधव नेपाल पक्षका नेताहरुको हाउभाउ ५ फोटोमा

निर्वाचन आयोगमा माधव नेपाल पक्षका नेताहरुको हाउभाउ ५ फोटोमा

नेता माधवकुमार नेपालले एमाले फुटाएर वनाएको नेकपा (एकीकृत समाजवादी) लाई आधिकारिकता दिन वुधवार नेपाल पक्षका सांसद तथा केन्द्रीय सदस्यहरु वस चढेर निर्वाचन आयोग पुगे।

केन्द्रीय कमिटीैको वैठक बसिरहेको चन्द्रागिरि हिल रिसोर्टबाट बा१प ६५९ र बा१प ७३६ नम्बरको टुरिस्ट बसमा आयोगको कार्यालय पुगेका कोही चिन्तित मुद्रामा थिए भने कोही भने प्रफुल्ल मुद्रामा देखिएका थिए।

दल दर्ताका लागि सनाखत गर्न पुगेका नेताहरुका केही तस्विर हामीले यहाँ प्रस्तुत गरेका छौ । तस्विर सौजन्यः रासस

सनाखतपछि  सञ्चारकर्मीसँग नेता चौधरी– निर्वाचन आयोगमा दल दर्तापछि सञ्चारकर्मीलाई सनाखतबारे जानकारी दिँदै प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का  नेता मेटमणि चौधरी ।

 

सनाखतपछि  सञ्चारकर्मीसँग नेता तुलाधर– निर्वाचन आयोगमा दल दर्तापछि सञ्चारकर्मीलाई सनाखतबारे जानकारी दिँदै प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का  नेता गङ्गालाल तुलाधर ।

 

नेकपा (एकीकृत समाजवादी)का नेत्री झाँक्री सञ्चारकर्मीसँग– निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुगेकी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्री सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ।

 

अध्यक्ष नेपाल निर्वाचन आयोगमा– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गरेपछि अभिवादन गर्दै ।


 
 

अध्यक्ष नेपाल निर्वाचन आयोगमा– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न जाँदै ।

नेकपा (एकीकृत समाजवादी)