समाचार

माधव पक्षमा रहेकी अष्टलक्ष्मी यसरी वन्दैछिन वाग्मतिको मुख्यमन्त्री

माधव पक्षमा रहेकी अष्टलक्ष्मी यसरी वन्दैछिन वाग्मतिको मुख्यमन्त्री

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बागमती प्रदेश संसदीय दलको नेता चयन भएकी छिन्। 

प्रदेश सदरमुकाम हेटौंडामा बुधबार बसेको संसदीय दलको बैठकले शाक्यलाई दलको नेता चयन गरेको हो। मुख्यमन्त्री डोरमणि पौडेलकै प्रस्तावमा शाक्य संसदीय दलको नेता चयन भएकी हुन्।

उनलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ। एमाले वरिष्ठ नेता माधव नेपाल पक्षकी शाक्य अध्यक्ष केपी ओली पक्षमै रहने भएपछि उनलाई मुख्यमन्त्री बनाउन लागिएको हो।

उनलाई आजै मुख्यमन्त्री पदको सपथ ग्रहण गराउने तयारी गरिएको छ ।

अष्टलक्ष्मी शाक्य बागमती प्रदेश डोरमणि पौडेल