समाचार कभर स्टोरी अन्तरवार्ता भिडियो

प्रचण्डलाई जुत्ता हान्ने व्यक्ति भन्छन्ः नेताहरु नसुध्रिए ताकि-ताकि गोली हान्छौँ (भिडियो सहित)

प्रचण्डलाई जुत्ता हान्ने व्यक्ति भन्छन्ः नेताहरु नसुध्रिए ताकि-ताकि गोली हान्छौँ (भिडियो सहित)


नेपाल श्रमिक पार्टी दर्ताको प्रक्रियामा रहेका युवा रतन तिरुवाले प्रचण्ड लगायतका शिर्ष नेताहरुले युवाहरुमा राजनैतिक वितृष्णा सिर्जना गरेको बताएकाछन् । देशमा कुनै पनि पार्टीले समृद्धि र शुसासन ल्याउन नसकेकाले आफै पनि राजनितिक दल दर्ता गर्ने प्रक्रियामा रहेको उनको भनाइ छ ।

विहिबार नेपाल आजसँग कुरा गर्दै तिरुवाले प्रचण्डलाई आफुले जुत्ता प्रहार गर्नु चलचित्रको टेलर जस्तै मात्र भएको प्रतिक्रिया दिएकाछन् । युवाहरु माझ अहिलेको गलत राजनितिक संस्कारले निराशा छाएको तिरुवा बताउँछन् । उनि भन्छन्, राजाले स्थापना गरेका उद्योग, सार्वजनिक संस्थान पनि वेचेर खाएको । गलत राजनितिक संस्कार मौलाएको बताउँछन् । सिमित व्यक्तिले मुलुकलाई आफ्नो कब्जामा राखेकाछन् । दलाल, भ्रस्टहरु लाई ताकि ताकि हान्नु पर्छ । अहिले संसदिय व्यवस्था असफल भैइसकेको छ । अराजकता, भ्रस्टाचार मौलाएको छ । 


आफुले जुत्ता प्रचण्डलाई जुत्ता हान्नु विरोधको एउटा स्वरुप हो । प्रचण्ड जत्तिको क्रान्तिकारी नेतालाई त युवाहरुले जुत्ता हाने भने अरु नेताहरुको हविगत के होला । नेताहरु सुध्रिनु पर्छ ।

रतन तिरुवा