समाचार कभर स्टोरी अन्तरवार्ता भिडियो स्ट्रेट फरवार्ड

कम्युनिष्ट पार्टीले धर्म सापेक्षताको माग गर्नु लाजमर्दाे कुरा होः विश्लेषक ज्ञवाली (भिडियो)

कम्युनिष्ट पार्टीले धर्म सापेक्षताको माग गर्नु लाजमर्दाे कुरा होः विश्लेषक ज्ञवाली (भिडियो)

अहिलेको अवस्थामा संघियता र धर्म निरपेक्षताको विकल्पमा हिन्दु राज्य र एकात्मक राज्य व्यवस्थाको माग गर्नु मुलुकलाई फेरी पछाडि फर्काउनु भएको सामाजिक विश्लेषक तथा प्राध्यापक माधव ज्ञवाली बताउँछन् । विश्वव्यापी रुपमा समाज परिवर्तन भएर धेरै अगाडि बढिसकेकाले अहिले नेपालमा एकात्मक व्यवस्था र धर्म सापेक्षताको माग गर्नु लज्जास्पद भएको ज्ञवाली बताउँछन् । कम्युनिष्टहरुले धर्मलाई अफिम जस्तै मान्ने भएकाले नेपालमा केहि कम्युनिष्ट पार्टीका नेताले धर्म सापेक्षताको माग गर्नु लाज मर्दाे कुरा भएको उनको भनाइ छ । 


विवेकशिल साँझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले नेपालमा संघियता र धर्म निरपेक्षताको सवालमा जनमत संग्रह गरौँ भन्दा मिश्र को हुन् र किन यस्तो माग गरिरहेकाछन् भनेर थाहा पाउनु पर्ने ज्ञवालीको भनाइ छ । रविन्द्र मिश्रमा अझैपनि स्पष्ट राजनितिक दृष्टिकोण नभएकाले उनले धर्म निरपेक्षता र संघियताको बारेमा जनमत संग्रह गरौँ भनेर भनेको उनि बताउँछन् ।

उनले भने, रबिन्द्र मिश्रका बुवा मनोजबाबु मिश्र पञ्चायतकालमा दरबारसँग एकदम नजिकका मान्छे हुन् । पेशाले कलाकार रहेका मनोजबाबुले संकटकालमा पनि खुलेरै राजतन्त्रको वकालत गरिरहे । रविन्द्र मिश्रको पत्रकारिता न्युट्रल हो कि जस्तो लाग्थ्यो । तर जब मिश्र पत्रकारिता छोडेर राजनितिमा आए उनले स्पष्ट अडान लिन सकेनन् । उनको मनोविज्ञान परिवर्तन भैइरह्यो । सुरुमा मध्यम र उच्च आर्थिक स्रोत भएका व्यक्तिहरुलाई लक्षित गरेर मिश्रले राजनिति गरेको दखिन्छ घने । बिचको समयमा भारतको आम आद्मी पार्टीलाई आर्दश मानेको जस्तो देखिन्छ ।

मिश्र देश दौडाहमा गएपछि त्यो नभएर नेपालमा हिन्दु धर्म र संघियता नरुचाईएको देखपछि यसैले नै माथि उठाउँछ भनेर बुझेको देखिन्छ । तर अहिलेको समयमा लोकतन्त्रको मुल्य मान्यता नमान्ने कुरा त हुँदैन । धर्म निरपेक्षता लोकतन्त्रको न्यनतम मुल्यमान्यता हो भन्ने कुरा विर्सन हुँदैन । मिश्रमा अझै राजनितिक विषयमा अस्पटता छ । 


कम्युनिष्ट पार्टीमा प्रगतिशिलता हुनु पर्ने हो । अहिलेको आवश्यकता केन्द्रिकृत शासन प्रणाली होइन । धर्मलाई मानेर अगाडी बढेको देश कुनै पनि देश छैन । धर्म निरपेक्षतालाई सर्मथन गर्नुभनेको लोकतन्त्रलाई नमान्नु हो । किनभने धर्म निरपेक्षता लोकतन्त्रभित्रको एउटा सिद्धान्त हो ।

रविन्द्र मिश्र प्राध्यापक माधव ज्ञवाली संघियता र धर्म निरपेक्षता