भिडियो अन्तरवार्ता समाचार

राजनितिमा सबै समान हुन्छ, केपी ओलीले नोकरलाई जस्तो आदेश दिन मिल्दैनः गोपाल बम (भिडियो)

राजनितिमा सबै समान हुन्छ, केपी ओलीले नोकरलाई जस्तो आदेश दिन मिल्दैनः गोपाल बम (भिडियो)

मुगुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गोपाल बहादुर बमले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टिकरणको भाषा न्युनस्तरिय भएको भन्दै आलोचना गरेकाछन् । प्रधानमन्त्रि शेरबहादुर देउबालाई विश्वासको मत नदिन भनेर नेकपा एमालेको ह्विप जारि गरेको थियो । तर वरिष्ठ नेता माधव कुमार नेपाल लगाएत २२ जना सांसदले निर्देशनको उलंघन गरेका थिए ।

देउबालाई विश्वासको मत दिएको भन्दै नेकपा एमालेको संस्थापन पक्षमात्रै सहभागि भएको वैठकले गोपाल बम सहित २२ जना सांसदलाई स्पष्टिकरण सोधेको थियो । सांसद गोपाल बमलाई सोधिएको स्पष्टिकरणको पत्रमा न्युनस्तरिय भाषा प्रयोग गरिएको बताउँछन् । एउटा मुखियाले नोकरलाई सोध्ने स्पष्टिकरण भन्दा तल्लोस्तरको भाषा प्रयोग गरिएको प्रतिक्रिया दिएका छन् ।

उनि भन्छन्, ‘केपी ओली पनि सांसद हुन् । म पनि सांसद हुँ । राजनितिमा ठुलो सानो कोही हुँदैन । तर केपी ओलीले स्पष्टिकरण सोध्ने भाषामा मुखियाले नोकरलाई सोध्न भन्दा तल्लोस्तरको भाषा प्रयोग गरिएको छ । अराजक, अनैतिक, अलोकतान्त्रिक, अलोकपृय, अपराधि जस्ता भाषा प्रयोग गरिएको छ । दुई पटक संविधान मिच्दा उहाँ अराजक, अनैतिक, अलोकतान्त्रिक, अलोकपृय, अपराधि नहुने अनि मैले सर्वाेच्च अदालतको आदेश सम्मान गर्दा तथानाम गाली गर्दा हेरेर बस्ने । केपी ओली मेरा बा होइनन् । अरुले बा भन्छन् म भन्दैन ।


गोपाल बम केपी शर्मा ओली