समाचार कभर स्टोरी अन्तरवार्ता मनोरञ्जन भिडियो

गायक मेक्सम खातीसँग प्रेम, जीवन र गीतका कुरा (अन्तर्वार्ता)

गायक मेक्सम खातीसँग प्रेम, जीवन र गीतका कुरा (अन्तर्वार्ता)

सृनिल धामी

‘मेरी सानु कहाँ छ्यौ’ गीतबाट ०६८ सालमा चर्चामा आएका गायक मेक्सम खातीले थुप्रै लोकप्रिय गीतमा स्वर भरिसकेकाछन् । ‘मेरो छोरा, रसिलो छ बोली, रुँदैरुँदै तिम्रो सहर, पुकुली माया लगायतका गीतले दर्शक स्रोताको मज जितेका मेक्सम खातीले पछिल्लो समय धेरै गीतमा गायीका समिक्षा अधिकारीसँग भोकल सेयर गरेका छन् । 

सोमबार मेक्सम र समिक्षाको स्वरमा रहेको तिज गीत म तिम्रै कान्छु युटुवबाट सार्वजनिक गरेकाछन् । तिज विषेश शव्दले भरिएको गीतको लय गायक नरेश खातीले तयार पारेका हुन् । मेक्सम नरेस अफिसीयल युट्युब मार्फत सार्बजनिक भयको म्युजिक भिडियोको अडियो मारुनी रेकर्डिङ्ग स्टुडियोमा तयार पारीयको थियो । जसमा अभिनय अभिनय मेक्सम खाती र पेरिशा कंडेलले गरेकाछन् । भर्खरै सार्वजनिक तिज गीतमा सम्पुर्ण नेपालीहरुको लागि नाच्न मिल्ने लयमा तयार पारेको मेक्सम बताउँछन् । 

गायक मेक्सम खातीसँग प्रेम, जीवन र गीतका बारेमा नेपाल आजले अन्तक्रिया गरेको छ । १५ वर्षको उमेरमा तत्कालिन समयमा हिट गीत ‘मेरी सानु कहाँ छ्यौ’ दिन सफल भएका मेक्सम पछिल्लो समय लोक र आधुनिक गीतमा स्वर भर्दै आएकाछन् । ‘मेरी सानु कहाँ छ्यौ’पछि दर्शक स्रोताले उनका गीतहरु मन पराएकाछन् । मेरी छोरी, पुकुली माया जस्ता गीतहरु युट्युव ट्रेण्डीगंमा समेत परेको थिए । 


लोकदोहोरी गीतबाट सांगितिक क्षेत्रमा प्रवेश गरेका मेक्सम अहिले अभिनयमा समेत पोख्त छन् । थुप्रै गीतहरुमा अभिनय गरिसकेकाछन् । प्रेमको बारेमा मेक्समले केही कुरा खुलाएकाछन् । आफु तिन वर्षदेखि प्रेममा रहेको उनि बताउँछन् । सम्भव भएसम्म चाँडै प्रेम जीवनलाई वैवाहिक जीवनमा परिणत गर्ने योजना रहेको उनि बताउँछन् । उनि भन्छन्, ‘म करिब तिन वर्षदेखि प्रेममा छु । चाँडै वैवाहिक जीवनमा देख्न सक्नुहुन्छ । तर कहिले भनेर तोक्न सकिदैन । जन्म, विवाह र मृत्यू भावीले लेखेको हुन्छ भन्छन् ।’


पछिल्लो समय धेरै गीतमा गायीका समिक्षा अधिकारीसँग भोकल सेयर हुनु दर्शक स्रोताको माग भएको मेक्सम बताउँछन् । उनि भन्छन्, ‘दर्शक स्रोताले हाम्रो भोकलको कम्बिनेसन राम्रो छ भन्नुहुन्छ । त्यसैले समिक्षासँगै धेरै गीतहरु बनाएका छौँ ।’ 

गायीका समिक्षा अधिकारीको कुन बानी मनपर्छ भन्ने प्रश्नमा उनि सोझी र काम गर्न सहज भएको मेक्सम भनाई छ । उनि भन्छन्, ‘समिक्षा अझै सानै छिन् । सोझि पनि छिन् । काम गर्न कम्र्फटेबल छिन् ।’

पुरुष र महिला कलाकारलाई लिएर दर्शक स्रोताले नाम जोडेर कुरा गर्नुलाई मेक्समले गलत अर्थमा हेर्न नहुने बताए । सँगै गीत गाउँदा, अभिनय गर्दा नाम जोडिएर आउनु दर्शक स्रोताको माया भएको उनको धारणा छ । कुनै बेला एकजना महिला कलाकारको बारेमा आफ्नो पनि नाम जोडिएर आएको उनि सम्झिन्छन् । अहिले गायीका समिक्षा अधिकारी र पल शाहको नाम जोडिएर आउँछ नी भन्ने प्रश्नमा कलाकारहरुको नाम जोडिनुमा धेरै सत्यता नहुने उनको धारणा छ । उनि भन्छन्, ‘सँगै गीत गाउँदा, अभिनय गर्दा नाम जोडिएर आउनु दर्शक स्रोताको माया हो जस्तो लाग्छ । पलदाई र समिक्षाको बारेमा पनि साहेद त्यस्तै होला । तर उनिहरुकोबीचमा के छ दैव जाने ! पलदाईको नाम त धेरै अभिनेत्रीहरुसँग जोडिरहेको हुन्छ ।’

गायक मेक्सम खाती गायीका समिक्षा अधिकारी म तिम्रै कान्छु