समाचार स्वास्थ्य

‘मेडिकल माफिया’ सुनिल शर्माले धरानको बिपी प्रतिष्ठान डुबाए

‘मेडिकल माफिया’ सुनिल शर्माले धरानको बिपी प्रतिष्ठान डुबाए

पुर्वको प्रतिष्ठित र स्वास्थ्य क्षेत्रमा जनस्तरसम्मै वलियो छाप वनाउन सफल भएको सुनसरीको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पछिल्लो समय राजनीतिक अखडा, आर्थिक अनियमितताको केन्द्र र विकृतिको नमुना वनेको छ।

पछिल्लो समय करिव एक महिनादेखि पठनपाठन, अध्ययन, अनुसन्धान र उपचार सेवामा केन्द्रित हुनुपर्ने विद्यार्थी, चिकित्सक तथा कर्मचारी आन्दोलनमा छन्।  अनियमितताको विषयमा प्रतिष्ठानकै चिकित्सक डा.विष्णु पोख्रेल र उपकुलपति डा. ज्ञानेन्द्र गिरीका विचमा सुरु भएको विवाद अहिले उत्कर्षमा छ। आन्दोलन पदाधिकारीको राजीनामामा पुगेर अडिएको छ।

यस्तो छ प्रतिष्ठानको इतिहाँस
तत्कालिन भारतीय प्रधानमन्त्री चन्द्रशेखरको पहलमा प्रतिष्ठानको स्थापना भएको हो । ०४७ साल फागुन ३ गते बिराटनगर आएका उनले संस्था स्थापनामा सहयोग गर्ने वचन दिएका थिए । त्यस लगत्तै प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाको भारत भ्रमणका अवसरमा भारत–नेपाल उच्चस्तरीय कार्यदलले नेपालमा भूतपूर्व प्रधानमन्त्री स्व. विश्वेश्वरप्रसाद कोइरालाका नाममा मेडिकल कलेज स्थापना गर्न सहमति जनायो ।

०४९ माघ ५ गते संसदले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित ग¥यो र नेपाल तथा भारतका प्रधानमन्त्रीहरुद्धारा १० मार्च १९९४ का दिन प्रतिष्ठानलाई ३५० शैय्याको अस्पताल र ५० जनालाई स्थान दिन सकिने मेडिकल कलेज बनाउन सहमतिपत्रमा हस्ताक्षर भयो । तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले १९ अक्टोबर १९९४ मा ३५० शैय्या अस्पतालको निर्माणको शिलान्यासका साथै एमबीबीएस कक्षा संचालनको शुभारम्भ गरे।

मुलुकका लागि आवश्यक जनशक्तिको उत्पादन गर्दै स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुने उद्देश्यलाई प्राप्त गर्ने क्रममा शुरु गरिएको एमबीबीएस शिक्षण कार्यक्रम हालसम्मा आईपुग्दा एमएमबीबीएसलगायत बीडीएस, बीएस्सी नर्सिंंग, प्रमाणपत्रतह नर्सिंग, व्याचलर अफ नर्सिंग, बीएमएलटी, बीएस्सीएमआईटी र विभिन्न विषयहरूमामा पोष्टग्राजुएट जस्तै एमडीएमएस, एमडीएस, एमएस्सी नर्सिंग, एमपीएच, डीएम÷एमसीएच, फेलोसिप इन इमर्जेन्सी मेडिसिन, एमडीएच कार्यक्रमहरूमा पठनपाठन हुने गरेको छ।

अस्पताल सेवातर्फ पनि यस संस्थाले देशमै नाम कमायो। सन् १९९३ जुलाई १६ मा १५० शैय्याको पूर्वान्चल क्षेत्रीय अस्पताललाई पनि प्रतिष्ठानमै गाभियो। नयाँ अस्पताल भवनको निर्माणपछि अस्पतालको क्षमता ६ सय ४६ शैय्या पुगेको छ । यी ६ सय ४६ शैय्यालाई अस्पतालले आवश्यकताका आधारमा विभिन्न रोगका लागि बैज्ञानिक ढङ्गले विभाजन गरेर सञ्चालनमा ल्याएको छ । 

भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को मोडलमा स्थापना भएको प्रतिष्ठान शुरूआतमा निर्देशकले नेतृत्व गर्थे। डा.मदन उपाध्याय प्रतिष्ठानको पहिलो निर्देशक हुन। त्यसपछि डा.सुन्दरमणि दीक्षित निर्देशक बने। लामो समयसम्म भारतीय स्वास्थ्यकर्मीहरुले पनि प्रतिष्ठानमा काम गरे । विभिन्न किसिमका विषेशज्ञहरूको व्यवास्था सहित आधुनिक उपकरणहरू जडानले गरेर अस्पताल सेवालाई प्रतिष्ठानले काठमाडौँ बाहिर सवैभन्दा आधुनिक वनायो। तत्कालिन मेची, कोशी, सगरमाथा र जनकपुर अञ्चललसहित भारतीय क्षेत्रवाट पनि उपचारका लागि सर्वसाधारण आउने गरेका थिए । ब्यवस्थापन तथा भरपर्दो र सर्वसुलभ स्वास्थ्य सेवाका कारण प्रतिष्ठानको प्रगति हुँदै गयो ।

तर, पछिल्लो समय प्रतिष्ठानलाई आफनो साख जोगाउन पनि धौ–धौ परेको छ । प्रतिष्ठानमा विकृति मौलाउनुमा ऐन तथा नियमावलीसहित निजी अस्पताल सञ्चालकहरुसँग साँठगाँठ प्रमुख कारक रहेको जानकारहरु वताउँछन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ र नियमावली, २०५५ वनेपछि उपकुलपतिले प्रतिष्ठानको नेतृत्व गर्ने व्यवस्था गरियो।

ऐनले राजनीतिक रूपमा पदाधिकारी नियुक्ति गर्नसक्ने आधार बनाइदिएको छ। जसले गर्दा क्षमतावान् र विज्ञभन्दा पनि दलका निकट र खर्च गर्नसक्ने व्यक्ति मात्र पदमा पुग्ने गरेका छन्। त्यसरी पदमा पुग्नेहरूले लगानी उठाउने र कमाउने धन्दा गर्दा प्रतिष्ठान धराशायी बनेको हो।

ऐन तथा नियमावलीले अन्य पदाधिकारीका अधिकार खोस्ने अधिकार समेत दिएको छ। अधिकांश विवाद र समस्या यहिवाट सुरु हुने गरेको जानकारहरु वताउँछन्। यो व्यवस्था अनुसार, तत्कालीन प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति गिरिजाप्रसाद कोइरालाले प्रतिष्ठानमा डा.शेखर कोइरालालाई उपकुलपतिमा नियुक्त गरे। प्रतिष्ठानमा राजनीतिक आस्थाका आधारमा गरिने नियुक्तिको शुरूआत यहीबाट सुरु भएको पाईन्छ। उनीपछि उपकुलपतिहरू डा.लोकविक्रम थापा, डा.पूर्णचन्द्र कर्माचार्य, बाबुराम भट्टराईको पालामा डा बीपी दासलगायत उपकुलपति भए। यहाँसम्म आईपुग्दा प्रतिष्ठानमा खुलेआम आर्थिक अनियमितता हुन थाल्यो। मातृ शिशु स्वास्थ्य केन्द्र भवन निर्माण गर्न स्वास्थ्य मन्त्रालयले ७६ करोड लागत स्वीकृत गरेकोमा डा दासले २ अर्ब १८ करोड बनाए। ६ पटक बोलपत्र संशोधन गरी २ अर्ब १७ करोड ६० लाखमा ठेक्का लगाईयो। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्न थाले।

अंकोलोजी र मुटु रोग उपचार केन्द्र (कार्डियोलोजी) भवन निर्माण नहुँदै मेडिकल उपकरण, सेक्युरिटी गार्डका नाममा अनियमितता भयो । त्यसपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार र नेपाली कांग्रेसका नेता गगन थापा स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति हुँदा रेडियोलोजी विभागका प्रमुख डा.राजकुमार रौनियारलाई उपकुलपति वनाइयो।

उनले डा.दासकै शैलीमा काम गरे। अनियमितता ब्यापकता पाएपछि सरकारले ०७५ केदारबहादुर अधिकारीको नेतृत्वमा छानबिन समितिले वनायो। समितिले डा.दास र डा. रौनियारले व्यापक अनियमितता गरेको प्रतिवेदन बुझाएको थियो। उक्त मुद्दा अहिले पनि टुंगिएको छैन।

नोवेलको जग वसेपछि प्रतिष्ठानको जग हल्लियो
विपी कोईराला स्वास्थ्य विज्ञा प्रतिष्ठान यो अवस्थामा आउनुमा मोरङ्गको विराटनगर–५, कञ्चनवारी स्थित नोवेल शिक्षण अस्पतालका सञ्चालनक सुनिल शर्मा पनि एउटा प्रमुख कारण हुन्।  सन २००४ (२०६१ साल) मा काठमाण्डौं विश्वविद्यालयसँग नोवेलले सम्वन्धन लिएपछि प्रतिष्ठानको अधोगति सुरु भएको त्यस क्षेत्रका जानकारहरु वताउँछन् ।

शर्माले प्रतिष्ठानका चिकित्सक र कर्मचारीलाई प्रभाबमा पारेर आफ्नो ब्यापार प्रबद्र्धन गरेको उनिहरुको भनाई छ। शर्माकै सेटिङ्गमा त्यहाँ लापरबाही गर्ने र आईसियु, एनआईसियु चाहिने जटिल प्रकारका विरामी नोवेलमा रिफर गर्ने क्रम सुरु भयो । त्यसो गरेवापत चिकित्सकसहित एम्वुलेन्स चालकहरुलाई समेत कमिसन दिने गरेको उनिहरु दावी गर्छन। धेरै बिल उठ्ने रोगिहरु रिफर गरेवापत ५ हजार देखि १० प्रतिशतसम्म कमिसन दिने गरिएको छ । एम्वुलेन्स चालकले न्यूनतम ५ सय रुपैया पाउने गरेको बताईन्छ।

यसैक्रममा उपकुलपति डा. रौनियार अख्तियारमा तानिएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले डा. ज्ञानेन्द्र गिरीलाई उपकुलपति नियुक्त गर्यो । डा.गिरी कांग्रेस निकट मानिन्छन। विराटनगरमा सुनिल शर्मासँग मिलेर ‘नोबेल मेडिकल कलेज’ सञ्चालन गर्नेमा उनी पनि एक हुन । पछि योजना अनुसार नै उनी विराट मेडिकल कलेजमा सरे।

शर्मालाई २०७४ को संसदीय चुनावमा कांग्रेसले मोरङबाट टिकट दियो। तर गिरी उनको पछि लागेनन्। शुनिल शर्माको योजना अनुसार नै उनले एमाले उम्मेदवार भानुभक्त ढकालको प्रचार गरे। शर्मा र ढकाल जो जिते उनले आफनो ‘दुवै हातमा लड्डु’ देखे। र सल्लाह अनुसार ढकालतिर लागे। ओली सरकारमा ढकाल स्वास्थ्यमन्त्री बनेसँगै अन्य योग्य उम्मेदवारलाई पन्छाएर डा.गिरीलाई उपकुलपति नियुक्त गराइयो।

उनी उपकुलपति भएपछि प्रतिष्ठान झनै अस्तव्यस्त बन्यो। शर्माको सम्पर्क प्रत्यक्ष गिरिसँगै भएपछि उनको ब्यापार ‘दिन दुई गुणा, रात चार गुणा’ ले वढिरहेको छ। प्रतिष्ठानका उपकरण बिगारेर बिरामीलाई नोवेलमा पठाउने गरिएको त्यहाँका स्वाथ्यकर्मी र कर्मचारीहरु नै वताउँछन् । प्रतिष्ठानमा भएका सामान्य उपकरण मर्मत नगर्ने, खरीद नगर्ने, तर ठूलाठूला भवन बनाउन हतार गर्ने गरिएको छ ।

प्रक्रिया विना नै कोभिड–१९ अस्पतालका सामान खरीद ठेक्कादेखि गुणस्तरहीन सामान तथा कतिपय सामान आपूर्ति नै नगरी झ्वाम पारेको गिरीमाथि आरोप छ । 

कोभिड–१९ महामारीको दोस्रो लहर उत्कर्षमा पुगेका वेला विग्रिएको अक्सिजन प्लान्ट मर्मत गर्न उनले अक्सिजन प्लान्टको पैसा लिएर चार वर्ष काम नगरी भागेका ठेकेदारलाई जिम्मा दिनुले पनि गिरीको नियत प्रष्ट पार्ने हाल आन्दोलरत स्वास्थ्यकर्मीहरुको भनाई छ।

डा.गिरीले प्रतिष्ठानका दक्ष जनशक्ति नोवेल र झापाको विएण्डसी अस्पतालमा पठाएको आरोप समेत लाग्ने गरेको छ । 

विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नोवेल शिक्षण अस्पताल सुनिल शर्मा ज्ञानेन्द्र गिरी