समाचार कभर स्टोरी अन्तरवार्ता नेपाल आज विशेष भिडियो

मोदीले नेपालको जयहोस् भनेकाछन्ः धमला (भिडियो सहित)

मोदीले नेपालको जयहोस् भनेकाछन्ः धमला (भिडियो सहित)

जनता जान्न चाहान्छन् तथा धमलाको हमला जस्ता कार्यक्रम प्रस्तोता चर्चित पत्रकार ऋषी धमलाले नेपालका शिर्ष राजनितिक दलका नेताहरुको प्रवृतीमा विश्लेषण गरेकाछन् । रिपोट्सक्लब नेपालका अध्यक्ष समेत रहेका धमलाले शुक्रबार नेपाल आजसँगको संवादमा बोल्दै नेपालका शिर्ष नेताहरु प्रवृतीको बारेमा आफ्नो धारणा व्यक्त गरेकाछन् । नेपालको राजनितिमा शिर्षस्थानमा रहेका नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, पुस्प कमल दाहाल प्रचण्ड र माधव नेपालका बारेमा धमलाले आफ्नो धारणा प्रस्तुत गरेकाछन् । 


प्रधानमन्त्रि शेरबहादुर देउबाले यो अवसरलाई पुरानो प्रवृती नदोहोर्याएर जनताको चाहाना अनुसार काम गर्नु पर्ने बताएकाछन् । त्यति मात्रै नभएर देउबालाई अहिले विपी कोईरालाको जस्तो राजनितिक उचाईमा पुग्ने मौका पनि भएको धमलाको भनाई छ । उनि भन्छन्, ‘शेरबहादुर देउबाले जन भावना अनुसार काम गर्नु पर्छ । पुरानै प्रवृती दोहोर्याउनु हुँदैन । यो मौकालाई सहि सदुपयोग गरे विपी कोईरालाको जस्तो राजनितिक उचाईमा पुग्ने देखिन्छ ।’


प्रधानमन्त्रि भएपछि देउबाको अन्तर्वार्ता लिनु भएको छैननी भन्ने प्रश्नमा देउबा मिडियाबाट रिर्जभ बस्न रुचाउने नेता भएको धमलाको भनाई छ । यद्यपी देउबाको अन्तर्वार्ता चाँडै लिने उनि बताउँछन् । उनि भन्छन्, ‘शेरबहादुर मिडियाबाट रिर्जभ बस्ने नेता हुन् । देउबाको अन्तर्वार्ता कम अन्तर्वार्ता दिने नेता भित्र पर्छन् । विगतमा उनि प्रधानमन्त्रि हुँदा मैले अन्तर्वार्ता लिएको छु । यो पटक पनि लिन्छु ।’


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यक्तिगत प्रवृतीबारे टिप्पणी गर्दै धमलाले प्रचण्ड अरुलाई चाँडै विश्वास गर्ने र कुरा खोली हाल्ने नेता रहेको बताए । उनि भन्छन्, ‘प्रचण्ड मान्छेहरुलाई तत्काल विश्वास गरि हाल्छन् । सबै कुरा खोली हाल्ने बानी छ । उनि रिजर्भ बस्न सक्दैनन् ।’

नेपालको राजनितिक परिवर्तनमा प्रचण्डको भुमिकाबारे धमलाले प्रतिक्रिया जनाएकाछन् । उनि भन्छन्, ‘नेपालमा संघियता, समावेशीता, गणतन्त्र ल्याउनुमा प्रचण्डको महत्वपुण भुमिका छ । प्रचण्डले नै नेपाललाई शान्ति प्रक्रियामा ल्याएका हुन् ।’ 


नेपालको राजनितिक परिवर्तनमा प्रचण्डको महत्वपुर्ण भुमिका भएको भन्दै धमलाले एकपटक प्रचण्डलाई चमात्कारिक नेता भन्दा आफुले आलोचना खेप्नु परेको बताए । उनि भन्छन्, ‘मैले प्रचण्डलाई चमात्कारिक नेता भन्दा मलाई त कतिले आलोचना गरे । प्रचण्डको राजनितिक परिर्वन र शान्ति प्रक्रियाको बारेमा प्रचण्डको महत्वपुण भुमिका छ ।  गिरिजा प्रसाद कोइरालासँग १२ बुदे सम्झौता गरेर नेपाललाई शान्ति प्रक्रियामा ल्याउने प्रचण्ड हुन् । 
माधव नेपाललाई पछिल्लो समयमा आफ्नो एजेण्डा र अडानमा बसेर राम्रो छवि कायम गरेको धमलाको विश्लेषण छ । उनि भन्छन्, ‘माधव नेपालले जसरी पछिल्लो समय संसद पुनःस्थापना गर्न आफ्नै पार्टी भित्र संर्घष गर्नु भयो यसले उनको राम्रो छवि बनेको छ ।’ 


नेपाल भारतको सम्बन्ध महत्वपुर्ण रहेको पत्रकार धमलाको प्रतिक्रिया छ । भाषा, संस्कृती, परम्परामा नेपालको सम्बन्ध भारत भन्दा नजिक अरु कुनैपनि देशसँग नभएको धमला बताउँछन् । भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीले पनि नेपालको भलो चाहेको उनको तर्क छ । उनि भन्छन्, ‘रिति रिवाज, परम्परा, रोटी बेटीको सम्बन्ध भारत भन्दा नजिक अरु देशसँग छैन । भारतका प्रधानमन्त्रि मोदीले नेपालको उन्नती होस् भनेकाछन् ।’

अन्तरवार्ता ऋषी धमला