समाचार अन्तरवार्ता भिडियो

विश्वासले मान्छेलाई पिसाव पिउन बाध्य बनाउँछ भन्ने तर्क ठिक छः जसपा सांसद यादव (भिडियो)

विश्वासले मान्छेलाई पिसाव पिउन बाध्य बनाउँछ भन्ने तर्क ठिक छः जसपा सांसद यादव (भिडियो)

जनता समाजवादी पार्टी बारा क्षेत्रनं ३ का सांसद रामबाबु यादवले पुर्व प्रधानमन्त्रि डा. बाबुराम भट्टाईको ट्विटमा तर्क रहेको प्रतिक्रिया दिएकाछन् । नेपाल आजसँग कुरा गर्दै सांसद यादवले यस्ता बताएका हुन् । भारत युपीका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दूध अर्पण गरी पूजापाठ गरिरहेको तस्बिरलाई भट्टराईले आफ्नो सोसल एकाउन्ट ट्वीटरमार्फत सेयर गर्दै हिन्दूधर्ममाथि अभद्र टिप्पणी गरेको भन्दै उनको चौतर्फी आलोचना भैइरहेका बेला सांसद यादवले यसको बचाउ गरेकाछन् ।


सासंद यादवले बाबुराम भट्टराईको ट्विट कट्टर दिन्दुवादीलाई ठिक नलागे पनि ट्विट समाजवादको पक्षमा भएको बताएकाछन् । उनि भन्छन्, ‘मान्छे खान नपाएर मरिराख्या छ । दुध बाहिर पोखिराख्या छ । मानव प्रयोगका लागि बनाईएका वस्तुहरुलाई गलत तरिकाले प्रयोग गरिनु हुँदैन । कसैलाई खान पुगेको हुँदैन तर मन्दिरमा मान्छेहरु मन्दिरमा दुध पोखिरहेका हुन्छन् यो परम्परा गलत छ । 


हिन्दु धर्म परम्परा विभेदकारी रहेको सांसद यादव बताउँछन् । हिन्दु धर्मले ब्राह्मण बाहेक कसैलाई पढ्न नदिएको र छाउपडी प्रथालाई संरक्षित गरेको बताएका छन् । उनि भन्छन्, ‘हिन्दु धर्मले ब्राहमण बाहेक कसैलाई पढ्न दिएको छैन । छाउपडी प्रथाले मान्छेलाई छुन मात्रै होइन हेर्नै नमिल्ने व्यवस्था गरेको छ । दलितलाई मान्छेको दर्जासम्म दिएको छैन ।’धर्मका राम्रा पक्षको अवलम्बन गरेपनि सबैकुरा लागु गर्न नहुने सांसद यादवको भनाई छ ।

जनता समाजवादी पार्टीको विवादका बारेमा बोल्दै सांसद यादवले पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षसँग रहेको बताएकाछन । बहुमत पार्टी सदस्य आफुहरुसँग भएकोले पार्टीको आधिकारीकता उपेन्द्र यादव पक्षसँग रहेको उनको भनाई छ ।  

अन्तरवार्ता डा. बाबुराम भट्टाई हिन्दूधर्ममाथि अभद्र टिप्पणी