समाचार कभर स्टोरी

प्रेमी विरुद्ध आत्महत्या दुरुत्साहनको किटानी दर्ता, यस्तो छ पबित्राको अन्तिम टिकटक

प्रेमी विरुद्ध आत्महत्या दुरुत्साहनको किटानी दर्ता, यस्तो छ पबित्राको अन्तिम टिकटक

(विवाह गरिसकेपछि अमृतको घरमा श्रीमती छ भन्नेबारे पवित्रालाई थाहा हुँदा आत्महत्या गर्न बाध्य भएको भन्दै आफन्तले आत्महत्या दुरुत्साहनको किटानी दर्ता गरेकाछन् । जसमा अमृतलाई विपक्षि बनाइएको छ)


असार २८ गते काठमाडौको भत्केकोपुल स्थित हेरिटेज बोर्डिङको एउटा कोठामा मृत भेटिएकी बझाङको केदारस्युँ गाउँपालिका ०५ की २३ वर्षिया पवित्रा गुर्धामीको बुधबार पशुपती आर्यघाटमा अन्त्यष्टि गरिएको छ । 


विगतमा हत्या भएको हो वा आत्महत्या हो भन्ने बारेमा रहेको अन्योलता अब एकहदसम्म स्पष्ट भएकोछ । त्रिबी शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोट अनुसार पवित्राले आत्महत्या गरेको खुलेको आफन्तले बताएकाछन् । 


नेपाल आजले पवित्रा मृत्यु प्रकरणको बारेमा सुरुवातदेखि नै खोजमुलक समाचार प्रकाशन गर्दै आएको छ । साउन १ गते ‘यस्तो छ धनगढीदेखि काठमाडौसम्मको यात्रा विवरण, एउटा फोन जो सँग पवित्राको झगडा परिरहन्थ्यो’ भन्ने शिर्षकमा पछिल्लो घटनाक्रम र पवित्राको फेसबुक स्टाटस तथा टिकटकबाट आत्महत्या दुरुत्साहनको आशंका पनि बलियो भएर आएको भनेर तथ्यगत समाचार प्रकाशन गरेको थियो । 


नेपाल आजकोबाट समाचार प्रकाशन भएपछि प्रहरीले थप अनुसन्धान गरेर पवित्राका प्रेमीलाई चितवनको नारायणगढबाट मंगलबार पक्राउ गरेर काठमाडौ ल्याएको छ । पक्राउ पर्नेमा ना ७ ख ४०९० नम्बरको बसका चालक अमृत विश्वकर्मा रहेकाछन् । अमृतको स्थायी ठेगाना कास्कीको पोखरा महानगरपालीका ०७ रत्न चोक हो । उनि धनगढीदेखि काठमाडौ चल्ने बसको चालक हुन् । 

खोजका क्रममा पवित्रा र अमृतबीच केही वर्ष पहिले यात्रा कै क्रममा परिचय भएको थियो । पवित्रा काठमाडौ आउँदा जाँदा प्रायः अमृत कै बसमा आउने जाने गरेको थिइन् । यो पटक पनि पवित्राले बझाङबाट काठमाडौ आउँदैछु भनेर २० गते नै अमृतलाई फोन गरेकी थिइन् । असार २२ गते साँझ अत्तरियामा अमृतसँग भेट भयो । करिब ५ बजे अमृतले आफैले गाडी चलाए । पवित्रा ड्राईभर सिटको पछाडि बसिन् । 


अमृतले नेपाल आजसँग गरेको बयान अनुसार, पवित्रासँग उनको प्रेम सम्बन्ध रहेको थियो । करिब डेढ वर्षदेखि उनिहरु सम्बन्धमा रहेको अमृत बताउँछन् । खोजका क्रममा अमृत र पवित्रा विगत छ महिना पहिले स्वयंम्भु घुम्न गएको पनि भेटिएको छ । अमृत विवाहित पुरुष भएपनि उनले पवित्रालाई जानकारी भने दिएका थिएन्न । पवित्राले अमृतलाई धेरै माया गर्ने गरेको उनि बताउँछन् । ‘उसले मलाई धेरै माया गर्थि । हामी विवाह नै गरेर सँगै बस्ने योजनामा थियौँ ।’

यो पटक पवित्रा बझागंबाट २२ गते पुगेकी थिईन । अत्तरियाबाट काठमाडौ पुग्दा अमृतले करिब एकहप्ता लगाएकीछिन् । यो विचको अवधीमा पवित्रा र अमृत होटेलमा सँगै बसेकाछन् । उनिहरु नारायणगढमा घुम्न गएकाछन् । फोटो खिचेकाछन् । त्यतिमात्रै नभएर अमृतले पवित्रालाई मन्दिरमा लगेर सिन्दुर लगाएर विहे गरेकाछन् । अमृत भन्छन्, ‘हामीले मन्दिरमा विवाह गरेका थियौँ । पवित्राले मलाई टिसर्ट किनि दिएकी थिइन् । त्यो फेसबुकमा भएको फोटो मैले नै खिचि दिएको हुँ ।’ 


अमृतका अनुसार निषेधाज्ञाका कारण उनको वस काठमाडौ आउन पाएन । पवित्रालाई उनले ट्याक्सीमा राखेर असार २५ गते नारायाणगढबाट काठमाडौ पठाए । उनि भन्छन्, पवित्राले परिक्षा दिएर आउँछु भनेर विदा भएकी थिईन । मैले उसलाई ट्याक्सीमा राखेर पठाएको हुँ ।

 
विवाहित रहेका अमृतले श्रीमतीसँग सम्बन्ध विच्छेद भएकोे बताएका थिए । तर कहिले सम्बन्ध विच्छेद भएको हो भनेर प्रश्न गर्दा कानुनी रुपमा नभएर अघोषित रुपमा भएको बताएका छन् । पवित्रा काठमाडौ पुगेपछि राती करिब ११ बजे आफुलाई फोन गरेको उनि बताउँछन् । तर पवित्राको फोन आफुले नउठाएर आफ्नो श्रीमतीले उठाएको बताए । उनि भन्छन्, ‘म सुति सकेको थिए । करिब ११ बजेतिर पवित्राको फोन आएछ । मेरी श्रीमतीले उठाएपछि म सँग पनि झगडा भयो । पछि मैले पवित्रालाई फोन गर्न खोज्दा मेरो नम्बर ब्ल्याक लिस्टमा राखेकी रहेछिन् । त्यसपछि मेरो उनिसँग सम्पर्क भएको थिएन ।’ 


आफन्तहरु पवित्रालाई अमृतले झुक्याएर मायाँजालमा पारेको बताउँछन् । अमृतले आफु विवाहित रहेको कुरा पवित्रासँग नभनेर धोका दिएको उनिहरु बताउँछन् । विवाह गरिसकेपछि अमृतको घरमा श्रीमती छ भन्नेबारे पवित्रालाई थाहा हुँदा आत्महत्या गर्न बाध्य भएको भन्दै आफन्तले आत्महत्या दुरुत्साहनको किटानी दर्ता गरेकाछन् । जसमा अमृतलाई विपक्षि बनाइएको छ । 


पवित्राले आत्महत्या गर्नु भन्दा केही घण्टा पहिले फेसबुकमा तिमिलाई धेरै सम्झेको छु । खुसि रहनु सधै । मिस यु । अब मेरो फेसबुक आइडी खोज्ने प्रयास नगर्नु गुड बाई ।’ भनेर लेखेकी थिइन् ।

 

पवित्राको टिकटकमा अन्तिम पटक भिडियो पोष्ट भएको छ ।  ‘मर्न बरु सजिलो भो, तिम्रो यादमा जिउनु भन्दा’ भन्ने बोलको दुखान्त गीतमा टिकटक बनाएकी छिन् । टिकटकमा भएको फोटोमा उनि थकित जस्तो देखिन्छिन् । टिकटकको टेक्स्टमा 'गुडबाई अल फ्रेण्ड, विषेश उसैलाई' लेखेकीछिन् ।

 

@pabitraxetri6

 

♬ original sound - Anand k.Chaudhary

यो पनि

यस्तो छ धनगढीदेखि काठमाडौसम्मको यात्रा विवरण, एउटा फोन जो सँग पवित्राको झगडा परिरहन्थ्यो  


यस्तो छ पवित्राको कोठामा भेटिएको सुसाईड नोट र फेसबुक स्टाटस

पवित्राका आफन्तद्धारा ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता 


जागिरबाट राजिनामा गरेर बझाङ गएकी पवित्रालाई प्रधानाध्यापकले किन काठमाडौ बोलाए?


बझाङकी पवित्रा काठमाडौमा मृत फेला, आफन्त भन्छन् आत्महत्या होइन हत्या हो (भिडियो)

पवित्रा गुर्धामी आत्महत्या