समाचार राजनीति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको कुर्षी हल्लीयो !

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको कुर्षी हल्लीयो !

भौतिक पुर्वाधार विकास राज्य मन्त्री सुमन शर्मा रायमाझीले राजिनामा दिएपछि लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ ।

जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै सरकार अल्पमतमा परेको हो ।

प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेका ३८ जना छन् । जसपाका चार सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत थियो । तर राज्यमन्त्री रायमाझीको राजीनामासँगै सरकारको पक्षमा ४१ जना सांसद मात्र हुन पुगेका छन् ।

सरकारलाई बहुमत पुग्न कम्तीमा ४२ सांसद चाहिन्छ । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४२ जना सांसद सरकारको विपक्षमा छन् ।

सरकारले बहुमत गुमाएसँगै विपक्षी गठबन्धनले मुख्यमन्त्री  शंकर पोखरेलसँग राजिनमा माग्न थालेका थिए । मुख्यमन्त्रीले बहुमत गुमाइसकेकाले उनले राजिनामा दिनुपर्ने उनीहरुको माग छ। ‘मुख्यमन्त्री ज्यू आफैंले बहुमत गुमेको एक मिनेट पनि सत्तामा रहन्न भन्नु भएको थियो’ नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले भने–‘अब के गर्नु हुन्छ हामी हेर्छौं ।’

लुम्बिनी प्रदेश शंकर पोखरेल सुमन शर्मा रायमाझी

विशेष