समाचार कभर स्टोरी

यस्तो छ धनगढीदेखि काठमाडौसम्मको यात्रा विवरण, एउटा फोन जो सँग पवित्राको झगडा परिरहन्थ्यो 

यस्तो छ धनगढीदेखि काठमाडौसम्मको यात्रा विवरण, एउटा फोन जो सँग पवित्राको झगडा परिरहन्थ्यो 

सुनिल धामी

(उनको मोबाइलमा बारम्बार फोन आईरहन्थ्यो । फोनमा दुइ जनाबीच विवाद भएको बुझिन्थ्यो । पवित्राले अबदेखि फोन नगर्नु भनेको मात्र बुझेको थिए । तर फोनमा झगडा भएको त स्पष्ट थाहा थियो)

बझाङको केदारस्युँ गाउँपालिका ०५ की २३ वर्षिया पवित्रा गुर्धामी असार २८ गते काठमाडौको भत्केकोपुल स्थित हेरिटेज बोर्डिङको एउटा कोठामा मृत फेला परेकी थिइन् । पवित्रा मृत अवस्थामा भेटिएको आज करिब एकहप्ता पुरा भएको छ । यसबीचमा पवित्राको हत्या, आत्महत्या वा आत्महत्या दुरुत्साहन के हो ठोस निष्कर्ष आएको छैन ।
  
पवित्राका आफन्तहरुले घटना आत्महत्या नभएर हत्या भएको दाबी गरिरहेकाछन् । यसैबीच मृतक पवित्राका दाजु कृष्ण बहादुर गुर्धामीले बिहीबार महानगरिय प्रहरी वृत गौशालामा जाहेरी दर्ता गरेकाछन् । पवित्राको शब त्रिबि शिक्षण अस्पतालमा राखिएको छ । सम्भवतः आज पोस्टमार्टम हुन्छ भनेर पारिवारिक स्रोतले भनेको छ ।
 
पवित्रा असार २१ गते साँझ करिब ५ बजे अत्तरिया चोकबाट ना ७ ख ४०९० नम्बरको बसमा काठमाडौको लागि चढिन् । उक्त बसका चालक अमृत विश्वकर्मा पवित्राका चिनजानका मान्छे थिए । पवित्रा र अमृतबीच केही वर्ष पहिले यात्रा कै क्रममा परिचय भएको अमृत बताउँछन् । पवित्रा काठमाडौ आउँदा जाँदा प्रायः अमृत कै बसमा आउने जाने गरेको अमृत बताउँछन् । अमृतका अनुसार यो पटक पनि पवित्राले बझाङबाट काठमाडौ आउँदैछु भनेर २० गते नै अमृतलाई फोन गरेकी थिइन् । 

असार २१ गते साँझ अत्तरियामा अमृतसँग भेट भयो । करिब ५ बजे अमृतले आफैले गाडी चलाए । पवित्रा ड्राईभर सिटको पछाडि बसिन् । यो पटक पवित्राको यात्रा तनावपुर्ण भएको अमृत बताउँछन् । पवित्रालाई बारम्बार एउटा केटा मान्छेको फोन आईरहन्थ्यो । नेपाल आजसँग फोनमा कुरा गर्दै बसका चालक अमृत विश्वकर्मा भन्छन्, ‘उनि मेरो सिट भन्दा ठिक पछाडि बसेकी थिइन् । उनको मोबाइलमा बारम्बार फोन आईरहन्थ्यो । फोनमा दुइ जनाबीच विवाद भएको बुझिन्थ्यो । पवित्राले अबदेखि फोन नगर्नु भनेको मात्र बुझेको थिए । तर फोनमा झगडा भएको त स्पष्ट थाहा थियो ।’


‘पवित्राको मोबाईलको वालपेपरमा एउटा केटाको फोटो पनि थियो । बाटोभरी करिब ७ पटक जति झगडा भएको जस्तो लाग्यो ।’ अमृत भन्छन् । पवित्राले यसपटक बझाङंबाट काठमाडौ आउँदा खर्च पनि नभएको बताएको अमृत भन्छन् । पवित्रासँग खर्च नभएको हुनाले कोहलपुरमा आफैले खाना खुवाएको उनि बताउँछन् । 

रातभरको यात्रा गरेपछि २२ गते विहान ११ बजे बस चितवनको नारायण गढ पुग्यो । पवित्राले खर्च कम भएको भन्दै आफु काम गर्ने विद्यालयका प्रधानाध्यापक राजेश लिम्बुलाई फोन गरेको अमृतको बयान छ । पवित्राले फोन गरेपछि प्रधानाध्यापक लिम्बुले भत्केको पुलमा रहेको साकेला सहकारीबाट पाँच हजार नगद पठाएका छन् । पवित्रासँग डकुमेन्ट नभएर त्यो पैँसा पनि अमृत कै नाममा पठाएको भेटिएको छ । असार २२ गते दिउँसो करिब ११ बजे नारायणगढ पुगेकी पवित्रा अमृतको वयानलाई मान्ने हो भने ३ दिन त्यतै बसेको देखिन्छ । अमृतका अनुसार असार २१ अत्तरियाबाट उनिहरु हिडेका थिए । असार २२ गते नारायणगढ पुगे । प्रधानाध्यापक राजेश लिम्बुले असार २५ गते शुक्रबार अमृत विश्वकर्माको नाममा पाँच हजार पठाएकाछन् । पवित्राले खर्च कम भएको भनेपछि व्यक्तिगत सहयोग गरेर पाँच हजार पठाएको लिम्बु बताउँछन् । साकेला सहकारीको बैंक ट्रान्जेक्सनमा पनि कारोबार भएको खोजका क्रममा भेटिएको छ ।

पवित्रा तिन दिन किन बसिन् नारायाणगढमा?

असार २२ गते नारायणगढ पुगेकी पवित्रा केहीदिन त्यतै बसेकीछन् । अमृतलाई यसबारेमा केरकार गर्दा बोेली फेरेकाछन् । उनले सुरुमा त त्यता नबसेको जिकिर गरे । तर असार २५ गते पैँसा कस्ले रिसिभ गर्यो त्यसोभए भनेपपछि पैँसा आफैले रिसिभ गरेको तर पवित्रालाई नभेटेर आफ्नो सहचालकलाई पैँसा बुझाइदिन भनेको बताउँछन् । यसबीच अमृतको कुरा स्पष्ट रुपमा बाँझिएको छ । यसअघिको समाचारमा पवित्राको नदि छेउको घर छतमा खिचिएको तस्बिर नारायणी छेउमा भएको खुलेको छ । र त्यो तस्बिर पनि अमृतले नै खिचिदिएको स्विकारेकाछन् । नारायणी छेउको घरको छतमा फोटोसम्म खिचिदिएका अमृतले २५ गते पवित्रालाई नभेटेको भन्दा उनिमाथि शंका उब्जिएको छ । त्यो बीचमा नारायणगढमा उनिहरु फोटोसम्म खिच्न भ्याएकाछन् । सायद उनिहरु त्योबीचमा तिनदिन सँगैबसेको हुनुपर्छ । नभए पवित्रा नारायणगढमा कहाँ बसिन् त? तर अमृतले आफ्नो डेरा पनि नारायणगढ मै भएकाले आफु डेरामा आएको बताउँछन् ।

अमृत र पवित्राबीच मनमुटाब 

अमृतका अनुसार निषेधाज्ञाका कारण अमृतको बस काठमाडौ आउन पाएन । पवित्रा अर्काे गाडीमा २५ गते काठमाडौ आईन् । पवित्रा काठमाडौ पुगेपछि राती करिब ११ बजे आफुलाई फोन गरेको उनि बताउँछन् । तर पवित्राको फोन आफुले नउठाएर आफ्नो श्रीमतीले उठाएको बताए । उनि भन्छन्, ‘म सुति सकेको थिए । करिब ११ बजेतिर पवित्राको फोन आएछ । मेरी श्रीमतीले उठाएपछि म सँग पनि झगडा भयो । पछि मैले पवित्रालाई फोन गर्न खोज्दा मेरो नम्बर ब्ल्याक लिस्टमा राखेकी रहेछिन् । त्यसपछि मेरो उनिसँग सम्पर्क भएको छैन् ।’ 

अमृतले बताएजस्तो पवित्राको फोनमा झगडा भएको हो वा अमृतसँग पवित्राको सम्बन्ध थियो र उनीहरुबीच झगडा भएको हो । फोनमा  झगडा नै भएको हो भने को थिए ती फोन गर्ने व्यक्ति? किन झगडा भएको होला? यसबारेमा प्रहरी र प्रशासनले आवश्यक खोज गरोस् । पवित्रा कार्यरत विद्यालयका प्रधानाध्यापकले आत्महत्या नै गरेको दाबी गरिरहेकाछन् । मृतकका आफन्तले हत्या नै हो भनेर दाबी गरिरहेकाछन् । पछिल्लो घटनाक्रम र पवित्राको फेसबुक स्टाटस तथा टिकटकबाट आत्महत्या दुरुत्साहनको आशंका पनि बलियो भएर आएको छ । प्रहरी र प्रशासनलाई अनुसन्धानका लागि आवश्यक परेको खण्डमा हामीसँग भएका अडियो प्रमाणहरु उपलब्ध गराउने छौ ।


यो पनि

यस्तो छ पवित्राको कोठामा भेटिएको सुसाईड नोट र फेसबुक स्टाटस

पवित्राका आफन्तद्धारा ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता 


जागिरबाट राजिनामा गरेर बझाङ गएकी पवित्रालाई प्रधानाध्यापकले किन काठमाडौ बोलाए?


बझाङकी पवित्रा काठमाडौमा मृत फेला, आफन्त भन्छन् आत्महत्या होइन हत्या हो (भिडियो)

पवित्रा गुर्धामी आत्महत्या हत्या आत्महत्या दुरुत्साहन
ADVERTISEMENT