विचार

'दलाल पुँजीवादी राज्य ब्यबस्थाले राष्ट्रिय पुँजी धराशयी भएको छ'

'दलाल पुँजीवादी राज्य ब्यबस्थाले राष्ट्रिय पुँजी धराशयी भएको छ'

नेपालमा सामन्तवादको प्रतिनिधित्व गर्ने राजतन्त्र पनि छैन। लोकतन्त्रिक गणतन्त्र नामको दलाल तथा नोकर शाही पुँजिवादीहरुको संसदिय ब्यवस्था नै हो । यो ब्यबस्था थारो गाई जस्तो भएको छ । किनकी यस्ले नत दुध दिन्छ नत ब्याउँछ खालि गोबर मात्रै दिन्छ । त्यही पनि खालि खोट्टो मात्र दिन्छ । त्यस्तै हो संसदिय ब्यवस्थाको चरित्र । यो ब्यबस्था रहेसम्म नत जनताले आफ्ना आधारभुत आवश्यकता पूरा गर्न सक्छन् न राष्ट्र स्वाधीन नै हुन सक्छ ।

मानिसले आफ्नो दैनिक जिबन यापन गर्न  ठूलो श्रमको मुल्य चुकाएर दिनको १८ घण्टा काममा जोतिएर मात्र दुई छाक  टार्न सकेका छन्, मानिस मानिसबीच बिभेद हुने गरेको छ भने  गरिब र धनि व्यक्ति बिचको खाडल पनि झन गहिरो भएर जान थालेको छ । वर्तमान समयमा आएर आफूलाई कम्युनिस्ट नाम दिएर सर्वहारा वर्गको प्रतिनिधि बनेर जनताको चाहना विपरित काम गरिरहेका छन् ।

अर्को कुरा समाजमा नयाँ कुनै कुराको बिकास हुन नदिने पुरातनवादी सोच भएको यथास्थितिवादी निम्नपुँजिवादी चिन्तनका कारणले समाजमा रहेका हजारौं मानिसहरुलाई दुई चार प्रतिशत मानिसले आफ्नो यथास्थिति बिचारलाई बचाई राख्नकोलागी भरमग्दुर प्रयत्न रत हुन्छ । मुलुकमा युवाहरुको जमातले आफू बसिआएको समाजमा जहिलेपनि रुपान्तरण चाहन्छ । त्यसकारण पुरानो चिन्तन र नयाँ चिन्तनबिचको अन्तरविरोधलाई लडाई झगडा अथवा द्वन्द्व जे भनेपनि एउटै मात्र कारण हो ती सबै तहका मानिसहरुमा पुँजीको बिकास गर्न नसक्नु समाजमा सबै तहका मानिसहरुको समानुपातिक सहभागिता उत्साहजनक रुपले आर्थिक, सामाजिक, राजनैतिक र साँस्कृतिक क्षेत्रमा पुँजीवादी उत्पादन प्रणालीले समान अधिकार सुनिश्चित भएपछि किन श्रमिक वर्गले पटक पटक आफ्नो ज्यान हत्केलामा राखेर कहिले जमिन्दार मालिक र श्रमिक बिचको द्वन्द्व कहिले सामन्त र सर्बहारा बिचको द्वन्द ।

अहिले आएर दलाल पुँजीवाद र समाजवाद बिचको द्वन्दलाई अनुमान गर्न सकिन्छ । यो ब्यबस्थामा जहिलेपनि श्रमिकहरुले आफ्ना राष्ट्रिय हकहितका लागि लडाइँ झगडा कलह गरिरहनु परेको छ । अर्को कुरा समाजमा किन लडाइँ झगडा हुन्छ भनेर प्रश्न गरेको कसैले पनि देखिएको छैन मात्र जितहारको  कुराले समाजलाई गुमराहमा राखेको देखिन्छ ।यसलाई बचार्इराख्न संसारभरिका पुँजीपतिहरुले आर्थिक, सामाजिक, राजनैतिक र धार्मिकरुपमा आफ्नो ब्यवस्था बचाउन र आफु कसरी सुरक्षित हुन सकिन्छ भनेर न्वारान देखिको बल प्रयोग गरीरहेका छन ।

अझ सबैकुरालाई प्रयोग  गर्दापनि सफल हुने नदेखेपछि अन्तिम चरणमा आएर धर्मको आड लिएर आएको छ । जसरीपनि आफ्नो देशको सापेक्षतामा धर्मलाई राज्यको अग्रभागमा राखेर गरिब घरपरिवारलाई आर्थिक सहयोग बिपन्नलाई आवासको व्यवस्था दलितको नाम भजाएर राहत वितरण गर्ने गरेको देखिन्छ त्यसैले हरेक नागरिकले आफ्नो हक अधिकार सुनिश्चित गर्न कसैको निगाहमा बाच्ने होइन कि बलमिच्याँई पुर्वक आफ्ना हक अधिकार सुनिश्चित गर्न वर्गसंघर्ष नै उपयुक्त हुन्छ । हामी नेपाली जनता त आजको दिनमा अर्थात् २१औं शताब्दीमा पनि सामन्तवादको पञ्जाबाट मुक्त हुन सकेको छैन । यसको एउटै मात्र कारण हो दलाल तथा नोकरशाही पुँजीवादी संसदीय व्यवस्था । यसलाई निरन्तरता दिएसम्म श्रम गर्ने मानिसको श्रमको मुल्यांकन हुनेछैन सबैक्षेत्रमा बोलवालाकै पहुँच हुनेछ । शक्ति र बलको आधारमा नागरिकको अधिकार हनन गरिएको छ । आजको दुनियाँमा पहुँच भएका मानिसहरुमा नैतिकता भन्नेकुरा कल्पना सम्म पनि गर्न नसकिने भएको छ भने अर्कोतिर पहुँच नभएकाहरुपनि खासै नैतिकवान भएका देखिदैनन् ।


यसरी समाजमा भएका राम्रा हुँ भन्नेहरुले आफ्नो नैतिक जिम्मेवारीलाई बिर्सेर वा आलटाल गरेर पतित हुन्छन  तब कसरी बचत हुन्छ नैतिक पुँजीको बचत  । अर्को कुरा समाजमा विद्यमान छुवाछूतको अवस्थालाई हेर्ने हो भने सबै धर्म भित्र छुवाछूत कायमै रहेको देखिन्छ अझ हिन्दु धर्म भित्र रहेको छुवाछूत भेदभाव जातिय शोषण अरु धर्ममा खुला रूपमा देखापरेको छैन भन्दापनि फरक नपर्ला र उनिहरुको मुल ग्रन्थ एउटै मात्र हुन्छ इश्वर पनि एउटै मान्छन तर हिन्दु समाजमा फरक फरक मत देखिन्छ ।

यसमा फरक जाति त हिन्दु धर्मको मुख्य भूमिका भई नै हाल्यो तर यसको अलवा एउटै जाति भित्र पनि धेरै उपजातिहरुको कल्पनामा गरिएको र लागु भएको देखिन्छ । जस्तैः बा्हमण भित्र सयौवटा थरहरुको कल्पना गरिएको छ, ति मध्य एकथरी उत्पीडक छन् अर्को थरी उत्पिडित छ, छोइछिटो मात्र छैन ,पानी बाराबारको स्थिति सिर्जना भएको छ, त्यस्तै क्षेत्री भित्र पनि त्यसैखालको जातिय अहंकारले जगडिएको देखिन्छ अझ बैश्यभित्र हजारौं जातिको कल्पना मात्र गरिएको छैन यो जातिले त ब्यापार ब्यबसाय खेतीपाति गरेर उपल्लो जातिका मानिसहरूको पालन पोषण गर्ने कानुनी व्यवस्था मनुस्मृतिमा ब्याख्या गरिदिए उनिहरुको पालन पोषण गर्नु कर्तव्य मात्र नभई धर्म पालना गर्नुपर्ने बताइएको छ र जहाँसम्म शुद्रको कुरा छ त्यो जातिले चारै बर्णको वा जातिको सेवा गर्नुपर्ने चाकरी गर्नुपर्ने यदि नगरे प्रतिवाद गरे जिब्रो काट्ने नाक कान काट्ने र सजाय दिने फैसला गर्थ्यो त्यो सामन्तबर्गले त्यसैले यसबाट मुनाफा लिन परापूर्व कालमा यो बर्गलाई शुद्र भनिन्थ्यो मध्यान्तरमा आएर यसलाई डुम भनियो अहिले आएर उहि बर्गलाई दलित भनेर  परिभाषित गरिएको छ भने जातिहरुको नाम र जात परिवर्तन गरिदिएपछि सम्पूर्ण मुक्ति भइहाल्छ भने त मेरो भन्नु केही छैन तर थर बदल्नु भन्दा राज्यको चरित्र नै बदलिदिएपछि जातिय मुक्तिको सवालै उठ्न सक्दैन ।

यस  प्रकार संसार भरि छरिएर रहेको मानब सभ्यतालाई बिकास गर्ने नै हो भने राज्यलाई धर्मनिरपेक्ष घोषणाले मात्र पुग्दैन कि धर्मलाई ब्यक्तिमा केन्द्रित गराउनु पर्दछ । बिडम्बना हाम्रो देश नेपालमा त जसले जनताको पेट पाल्न प्रयोग हुने र शरिर ढाक्न प्रयोग हुने शिक्षा, स्वास्थ्य, खाध्यान्न लगायतका क्षेत्रलाई निजी तथा ब्यक्तिको मातहतमा राख्ने जो ब्यक्तिगत प्रयोग गर्नुपर्ने धर्मलाई सामुहिकरण र सरकारी मान्यता दिनु राम मन्दिर लगायत पशुपतिनाथको मन्दिरमा सुनको जलहरी चढाउनु कतिको सान्दर्भिक हुन्छ भन्ने कुरा स्पष्ट हुन्छ कि नेपालमा कम्युनिस्टको नाम भजाएर केहि नेताहरू युरोपेली मुलुकबाट संचालित केहि नेताहरू भारतिय मुलकबाट संचालित भएका छन् स्वतन्त्र कोही छैनन् ।


संसारभरिको मानब सभ्यता नै उपभोक्तावादी   चिन्तनबाट प्रेरित छन । काम गर्न र कडा खालको परिश्रम कोहि गर्न चाहँदैनन् र सजिलैसँग जिबन यापन गर्न चाहान्छ । हिजो सामन्त वर्गले मात्र  ऐयासी जीवन बिताउने गरेका थिए भने आज सबै बर्गका मानिसहरु सजिलैसँग जिवन रक्षार्थ जिउन चाहान्छ ।  त्यसकालागि पुरानो अवस्थाको अर्थतन्त्रले मुकाविला गर्न सकिदैन र नयाँ खालको वा युग सुहाउँदो अर्थ प्रणाली आवश्यक हुन्छ । त्यसको लागि उत्पादनसित सबै नागरिकलाई जोड्नु पर्यो किनकि अहिले त्यो हुन सकेको छैन किनभने संसारभरिका मानिसहरु सुसम्पन्न जिउने कलामा ब्यस्त छन् तर नेपालमा भने राष्ट्रपति देखि सर्बसाधारण जनता र राजनीतिक दलका उच्चस्तरीय नेतादेखि शुभचिन्तक जनतासम्म कसरि बैभबशालि जिबन यापन गर्ने र आफुलाई कसरी आर्थिक सम्पन्नताबाट अगाडि बढाउने भन्ने चिन्तामा परेका छन् देश, जनता, पार्टी सबै भाडमा जाओस आफू बनेपछि संसारै पल्टेको अनुभब गर्ने दलाल मनोवृत्तिका कारणले पुँजीवादी राष्ट्रहरुमा यस्तो होडवाजी चल्नु त स्वाभाविकै ठानिएला तर नेपालजस्तो मुलुकमा यो कुरा सामान्य परिश्रमले राष्ट्रिय पुँजीलाई बिकास गर्न सकिने अवस्था छैन र यसका लागि सरकारको कुरा त अनिबार्य भइनै हाल्यो सामान्य भन्दा सामान्य जनताको पनि राष्ट्र परिबर्तनमा ठूलो त्यागको अनिवार्यता भएको छ ।

कमाऊ धन्दामा लागेका आजका जनप्रतिनिधि, सांसद,मन्त्री, राष्ट्र सेवक कर्मचारी, र राजनीतिक दलका शीर्ष नेता देखि कार्यकर्ताहरु सम्मका पदिय दायित्व भएका ब्यक्तिहरुलाई मात्र पहिलो खान तलासी गर्ने हो र कार्वाहीको दायरामा ल्याउने हो भने मात्र देशलाई दुई बर्षमा संसारको सबैभन्दा धेरै समृद्ध मुलुकको सुचिमा सुचिकृत बनाउन सकिन्छ ।


यहाँ त त्याग गर्नुको सट्टा झन उल्टै आफ्ना सन्तानलाई मात्र सुख सुविधा शक्तिशाली बनाउन अनेकन तिकडम गरिरहेको देखिन्छ भने अर्कोतिर त्यसकालागि कुन राजनीतिक दल सत्तामा छ उसैलाई भर्याङ बनाएर आफ्नो अनुकूलतामा कानुन निर्माण गर्न लगाउने काम गरेको देखिन्य । सका आधारहरु । जस्तै, माथी राष्ट्रपति कार्यालयमा कुनै सरकारी कामकाजको लागि जाँदा कमिसन लिने कुरामात्र आउछ, प्रधानमन्त्री कार्यालय जाँदा कमिसनकै कुरा आउँछ आजका सांसदहरुको त जनतामा ठूलो चर्चा छ  २० प्रतिशत अग्रिम भुक्तानी पछिमात्र योजना पहुँचवाला कर्मचारीको कुरा उस्तै प्रतिसत नभए भुक्तानी रोक्का अदालतमा जाने हो भने पैसाले न्याय किन्नु पर्ने सुलभ तरिकाले सर्बसाधारणले न्याय पाउनै गाह्रो सरकारी निकायका कर्मचारी सित मिलेर प्राइभेट वकिलहरुको दादागिरी जसलाई मुद्दा लाग्यो उसलाई मात्र थाहा हुन्छ जिल्ला प्रहरी कार्यालय जानुस त्यहि कमिसन बिना कुनै प्रहरी अधिकृतहरूले फायल अगाडि बढाउदैनन् ।

हुँदाहुँदा कुनै अपराध गरेर एक जना अभियुक्त थुनामा रहेका बेला हिरासत कक्षमा डिउटीमा रहेका प्रहरीहरुपनि एक कल फोन गराए बापत ५० रुपैयाँ माग्ने गरेको देखिन्छ । आजको अवस्थाम बाटो हिड्न मानिसले गाडी प्रयोग गर्नैपर्ने बाध्यकारी अवस्था आएको छ तर त्यसमा यात्रुको ढाड सेक्ने गाडिवाला र गाडिवालाको ढाड सेक्ने बुकिङ काउन्टरको नाममा दलाल तथा  ट्राफिक चेकजाँचको नाममा बाटोमा बैधानिक रुपमा संचालन गरिएका ट्राफिक प्रहरीका अधिकृत देखि जवानसम्म रु दश  देखि हजार रुपैयाँ बराबरको जरिवानाका नाममा लाखौं रुपैयाँ बराबरको कमाउने गरेको देखिन्छ आम सर्वसाधारण जनताले कसरी सुरक्षित हुने? जो रक्षक उहि भक्षक भएपछि  कसको के लाग्यो र  आफ्नो हात जगन्नाथ । मैले मेरो देशमा कसरी बाच्नु? 

(यो लेखमा मेरो दुई बर्षे राजद्रोहको मुद्दामा जेल जीवन देखिका हाल सम्म अनुभब र दलाल संसदीय ब्यवस्थाको समग्र बर्णन गर्न खोजेको छु)


लेखक देवदत्त अवस्थी बिप्लब नेतृत्वको नेकपाका बझाङ जिल्ला सचिवालय सदस्य हुन् ।